महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले जिल्लाका दुई वटा स्थानीय तहमा आइतबार प्रमुख पदमा उम्मेदवारी दर्ता गरेको छ ।
Advertisement
जिल्लाको बेल्डाँडी गाउँपालिकामा राजमो जिल्ला सचिव अहिमान थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ भने शुक्लाफाँटा नगरपालिकामा जिल्ला सदस्य पृथ्वी केसीले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।
यस्तै, शुक्लाफाँटाको उपप्रमुखमा कोपिला कार्की (क्रान्ति चौधरी) ले उम्मेदवारी दिनुभएको छ । शुक्लाफाँटा नगरपालिकाकै वडा नं १ मा विष्णुदत्त पन्त, २ मा धर्मसिंह साउँद, ११ मा जनक कुँवर र १२ मा वीरबहादुर बोहराले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बाँकी पालिका र वडाहरुमा भोलि (सोमबार) मनोनयन दर्ता गरिने राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
- राजमो कञ्चनपुरद्वारा थप नौ जना वडाअध्यक्षका उम्मेदवार घोषणा
- राजमो कञ्चनपुरद्वारा चार पालिकामा १८ वडाअध्यक्षका उम्मेदवार घोषणा