महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले जिल्लाका विभिन्न चारवटा पालिकामा १८ जना वडाअध्यक्षको टुंगो लगाएको छ ।
राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी वडाअध्यक्षहरूको घोषणासहति राजमोलाई जिताउन अपील गर्नुभएको छ ।
घोषित उम्मेदवारहरूमा सदरमुकाम भीमदत्त नगरपालिकामा ११ जना, लालझाडी गाउँपालिकामा दुई जना, बेलौरी नगरपालिकामा दुई जना र शुक्लाफाँटा नगरपालिकामा तीन जना रहेका छन् ।
बाँकी वडाहरुमा उम्मेदवार पछि घोषणा गरिने राजमो कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा गठबन्धन दलहरुबीच तालमेलको विषयमा छलफल चलिरहे पनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।
जिल्ला तहको संयुक्त संयन्त्रले पालिकाहरुको बाँडफाँट गर्ने जिम्मा प्रदेश संयन्त्रलाई दिएको छ ।
राजमोले गठबन्धनमा सहमतिको प्रयास गर्ने र नभएमा विभिन्न पालिका र बाँकी वडामा पनि उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।
