काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले दाङको घोराही उपमहानगरपालिका–१८ निवासी तुल्सीराम पन्थीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
Advertisement
पन्थीको ८४ वर्षको उमेरमा यही वैशाख ६ गते मृत्यु भएको थियो । महामन्त्री मोहनविक्रम सिंहले उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
‘का. पन्थी हाम्रो पार्टीको पुरानो सदस्य हुनुहुन्थ्यो र उहाँ लगातार हाम्रो पार्टीको आन्दोलनमा प्रतिवद्ध रहँदै आउनुभएको थियो’ सिंहले शोक विज्ञप्ति प्रकाशित गरी भन्नुभएको छ, ‘उहाँ पार्टीको इमान्दार, अनुशासित र कर्मठ सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।’