बागलुङ । बागलुङका विभिन्न स्थानीय तह अन्तर्गत वडा र टोल तहसम्म राष्ट्रिय जनमोर्चाको चुनावी भेला जारी छन् । राजमोले जिल्लाका अधिकांश स्थानीइ तहमा भेला सम्पन्न गरेको छ भने टोल–टोलमा भेला तथा प्रशिक्षणका कार्यक्रम जारी रहेको नेता तिलक थापाले जनाउनुभएको छ ।
सोही क्रममा गल्कोट नगरपालिका वार्ड न.९ रिश्मी छिसको टोल भेला सम्पन्न भएको छ । चैत १५ गते भएको उक्त भेलाले अग्निधर सापकोटाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटाले राजनैतिक, साङठनिक तथा निर्वाचन सम्बन्धी विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।
राजमो वडा समितिका अध्यक्ष रुमाकान्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा समितिका उपाध्यक्ष नारायण सापकोटा र स्वागत अखिल (छैठौं) बाग्लुङका अध्यक्ष गणेश सापकोटाले गर्नुभएको थियो ।
त्यसै गरी चैत १६ गते गलकोट नगरपालिका– ८काँडेबासको निर्वाचन सम्बन्धी भेला सम्पन्न भएको छ ।
भेलाले श्याम सुनुवारको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । कार्यक्रमलाई राजमो गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, अखिल नेपाल शिक्षक संघ बागलुङका सचिव पुष्कर सापकोटा, र शिक्षक संघका जिल्ला सदस्य जयलाल चालिसेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन चुरामणि कँडेलले गर्नुभएको थियो । त्यसैगरी अध्यक्षता श्याम सुनुवार, स्वागत भीम बहादुर केसीले गर्नुभएको थियो ।
त्यसैगरी सोही दिन राजमो गल्कोट नगरपालिका–९ बाङ्गेसल्लामा निर्वाचन प्रचार प्रसार सम्बन्धी टोल भेला सम्पन्न गरिएको छ । उक्त भेलामा भबिलाल विकको संयोजकत्वमा ९ सदस्यीय प्रचार प्रसार समिती गठन गरिएको छ ।
भेलामा गल्कोट नगरपालिका ९ राजमो वडा समितिका अध्यक्ष रुमाकान्त गौतम र उपाध्यक्ष नारायण सापकोटाको विशेष उपस्थिति रहेको थियो ।