• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गणतन्त्रविरुद्ध एमाले, राजावादी र भारतीय साम्राज्यवादीबीच अघोषित गठजोड छ : केसी


  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • भैरहवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान पुँजीवादी गणतन्त्रबाट जनताका आधारभूत समस्या समाधान हुन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    शनिबार रुपन्देहीको सिद्धार्थनगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले अहिले प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशता जस्ता उपलब्धिलाई जोगाउँदै थप अधिकारका लागि अझ धेरै संघर्ष गर्नुपर्ने बताउनुभयो ।

    ‘अहिलेको गणतन्त्र पुँजीवादी गणतन्त्र हो । यसले जनताका अधारभूत समस्या समाधान गर्न सक्दैन’ केसीले भन्नुभयो, ‘तर, यो गणतन्त्र पनि त्यसै आएको होइन । जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउँदै थप अधिकारका लागि संघर्ष अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’

    अध्यक्ष केसीले यो गणतन्त्रलाई समाप्त पार्न देशभित्रका प्रतिक्रियावादी शक्ति, राजावादी र भारतीय साम्राज्यवादी शक्ति लागि परेको बताउनुभयो । उहाँले गणतन्त्र विरुद्ध वामपन्थी संकीर्णवादी कोणबाट समेत आक्रमण भइरहेको बताउनुभयो ।

    उहाँले एमाले अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद विघटन गरेको स्मरण गर्दै अहिले पनि गणतन्त्रविरुद्ध एमाले, राजावादी र भारतीय साम्राज्यवादीबीच अघोषित गठजोड रहेको बताउनुभयो ।

    अध्यक्ष केसीले देशमा राष्ट्रियता थप कमजोर बन्दै गइरहेको टिप्पणी पनि गर्नुभयो । उहाँले एमसीसी जस्तो राष्ट्रघाती प्रावधानलाई अर्थहीन व्याख्यात्मक घोषणा गरेर पारि गर्नु गलत भएको बताउनुभयो । सोही कारण सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिएको उहाँले बताउनुभयो ।

    अध्यक्ष केसीले पुँजीवादी चुनाव निकै खर्चिलो हुने भन्दै सत्ताधारीहरुले राष्ट्रको सम्पती दुरुपयोग गरेर चुनावमा खर्च गर्ने गरेको बताउनुभयो । उनीहरुका विरुद्ध क्रान्तिकारी चेतना, विचार र राजनीति लिएर उच्च मनोबलका साथ जनतामा जान कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    सो चुनावी भेलालाई कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य र राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलमले शुभकामना दिनुभएको थियो । कार्यक्रममा राजमो नेता दयारामले चुनावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    भेलाले नेत्रप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन समिति र २५ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
    राजमो सिद्धार्थनगर नगर समितिका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता र बुद्धिजीवी संघका हिरालाल धामीको सञ्चालनमा अघि बढेको कार्यक्रममा महिला नेत्री दुर्गा शर्मा आचार्यले स्वागत गर्नुभएको थियो ।

    देवदह नगरस्तरीय भेला
    यसैगरी राष्ट्रिय जनमोर्चा देवदह नगरपालिकामा चैत १२ गते नै स्थानीय निर्वाचन सम्बन्धी कार्याकर्ता भेला सम्पन्न भएको छ । बागबिर पुनको अध्यक्षता र धनु पाण्डेको सञ्चालनमा सम्पन्न भेलामा जातीय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य तुल प्रसाद विस्वर्कमाको प्रमुख आतिथ्यतामा रहेको थियो ।

    भेलामा राजमो जिल्ला सचिव टानबहादुर केसी, राजमो बुटवल कार्यालयका भिमलाल न्यौपाने, जनजाति सम्मेलनक जिल्ला अध्यक्ष नारायण पुन र देवदह नगर समितिका अध्यक्ष हरि केसीले देशको समसामयिक विषयमा आफ्ना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा वैसाख ३० गतेको स्थानीय निर्वाचनलाई सफल पार्न ७ सदस्यीय निर्वाचन परिचालन समिति, ९ सदस्यीय आर्थिक व्यवस्थापन समिति र ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ ।

     

    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.