दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा, लमहीको निर्वाचन केन्द्रित भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले स्थानीय निर्वाचनमा पार्टीका एजेण्डा स्थापित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई वर्तमान सरकारले संसदबाट जालझेल गरी पारित गरेको बताउँदै यो मुद्दालाई जनताको माझमा भण्डाफोर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राजमो जिल्ला सचिव बसन्त शर्मा पौडेल, अखिल नेपाल शिक्षक संघ दाङ जिल्ला अध्यक्ष रुमाल प्रसाद बसेल, मूल प्रवाह अखिल भारत नेपाल एकता समाजका बाबुराम भट्टराई, ठाकुर प्रसाद भण्डारी, विष्णु बसेल, वसन्ता खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
राजमो लमही नगर अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता तथा सचिव लेखराज आचार्यको सञ्चालन र उपाध्यक्ष तारा खनालको स्वागतबाट शुरु भएको भेलाले आगामी स्थानीय निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ ।
जसमा वडा भेलाहरु, कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार छनौट प्रक्रियाहरुको थालनी गर्ने जनाइएको छ । भेलाले निर्वाचन परिचालन समिति, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको राजमो लमही नगरले जनाएको छ ।