दिनेश रैदास, दाङ ।
दाङको घोराहीमा एमसीसी सम्झौताका विरुद्ध अखिल (छैठौं) सहित विभिन्न विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले जुलुशसहित विरोध सभाको आयोजना गरेका हुन् ।
अखिल (छैठौं), नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र नेकम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा विरोधसभा सम्पन्न भएको छ हो ।
विरोध सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष लक्ष्मन विकले राष्ट्रघाती एमसीसी सम्झौता पास भए पनि कार्यान्वयन हुन नदिनको लागि संघर्ष गर्नुपर्ने बताउनुभयो । यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी का केन्द्रिय सचिवालय सदस्य दिपक बिष्ट र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका फ्याक्सन ईन्चार्ज उदयराज भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।