काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकीका पिता जसबहादुर बुढाथोकीको निधन भएपछि शोकसभा सम्पन्न गरिएको छ ।
Advertisement
२०७८ फागुन १६ गते टिचिङ अस्पतालमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवम् प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले शोक मन्तव्य राख्नुभएको थियो ।
नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पी.बी.एम. रामसिंह श्रीसले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको पूर्वार्धमा मृतकको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।
ढोरपाटन नगरपालिका–४ तोसबाङ निवासी ९७ वर्षीय जसबहादुर बुढाथोकीको ह्याम्स र टिचिङ अस्पतालमा उपचार गराउँदै गर्दा गत फागुन १० गते टिचिङ अस्पतालमा निधन भएको थियो ।
