काठमाडौँ । जनता समाजवादी दलका नेता मोहम्मद इस्तियाक राईले एम.सी.सी. बारे संसदले गरेको १२ बुँदे व्याख्या झुटको पुलिन्दा भएको बताउनुभएको छ ।
Advertisement
पूर्वमन्त्रीसमेत रहेका राईले एम.सी.सी.ले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगर्ने दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै राईले यदि एम.सी.सी.ले १२ बुँदे स्वीकार गरेमा आफूलाई चारपाटा मुडेर नेपालगञ्जको नाका कटाउन चुनौतीसमेत दिनुभएको छ ।
राईले १२ बुँदेबारे प्रचण्डले झुटो बोलेर जनता झुक्याउन खोजेको आरोप पनि लगाउनुभएको छ ।
‘केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए, मैले संशोधन गरेर पास गराएँ’ भन्ने प्रचण्डको भनाइलाई ‘सफेद झुट’ को सङ्ज्ञा दिँदै राईले प्रचण्डले लाज मान्नुपर्ने बताउनुभएको छ ।