• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एम.सी.सी. विरुद्धको नेपालबन्द सानदार रूपमा सफल : नेकपा (मसाल)


  •   सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले एम.सी.सी. को विरुद्ध आठ दलले आयोजना गरेको फागुन १६ गतेको नेपालबन्द सानदार रूपमा सफल भएको निस्कर्ष निकालेको छ । त्यसका साथै पार्टीले नेपालबन्दको क्रममा गिरफ्तार साथीहरूको रिहाइको माग गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ फागुन १६ गते नै जारी प्रेसवक्तव्यमा फागुन १५ गते संसद्द्वारा एम.सी.सी. पारित हुँदा घोषणा गरिएको बहुमतलाई वास्तविक नभएको धारणा व्यक्त गरिएको छ । संसद्मा उपस्थित सांसदमाझ मतविभाजन नगरी खालि ध्वनिमतको आधारमा गरिएको मतदानबाट कुनै तथ्याङ्क नआउने भन्दै पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    गठबन्धनले एम.सी.सी. पारित गरेको दाबीको पनि मसालले खण्डन गरेको छ । एकातिर, एम.सी.सी. सरकारको न्यूनतम कार्यक्रम नरहेको र अर्कातिर, त्यसको बैठकमा गठबन्धनको एउटा घटक राजमोलाई नबोलाइएको तर्कका साथ पार्टीले यस्तो दाबी गरेको छ ।

    वक्तव्यमा माओवादी केन्द्र र एकीकृत समाजवादीले एम.सी.सी. बारे पूर्व अडान छाडेकोमा दुःख व्यक्त गर्दै पार्टीले त्यसभित्रका देशभक्त सांसदहरूलाई धन्यवाद दिनुका साथै उनीहरूसित आगामी दिनमा तालमेल गरेर काम गर्न सकिने जनाएको छ ।

    प्रतिगमनका विरुद्धको सङ्घर्ष अहिले पनि आवश्यक रहेकोमा चार दलले एम.सी.सी. पारित गरेपछि त्यो गठबन्धनमा राजमो बस्नु अनुचित भएको भन्दै आफूहरू त्यसबाट अलग भएको जानकारी प्रेसवक्तव्यमा गराइएको छ ।

    एम.सी.सी. को विरोध यथावत राख्दै पार्टीले संयुक्त आन्दोलनप्रति बाधा नपर्ने गरी फागुन १९ देखि २२ गतेसम्म देशव्यापी विरोधसभा गर्ने निर्णय भएको जानकारी वक्तव्यमा गराइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “आज बसेको उपलब्ध पी.बी.एम. सहितको नेकपा (मसाल) को केन्द्रीय कार्यालयको बैठकले प्रतिनिधि सभाले ध्वनिमतद्वारा हिजो पारित गरेको एम.सी.सी. सम्बन्धी प्रस्तावबारे छलफल गरेर तल लेखिएअनुसार निर्णय गरेको छ ।

    प्रतिनिधि सभाले ध्वनिमतद्वारा एम.सी.सी. लाई अनुमोदन गरेको कार्य असंवैधानिक हुनुका साथै देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण घटना हो । त्यसको नेकपा (मसाल) ले कडा शब्दमा आलोचना र भत्र्सना पनि गर्दछ । संसद्बाट पारित गर्न जुन प्रकारको पद्धति अपनाइयो, त्यो पनि सही रहेको छैन । सही तरिका यो हुन्थ्यो कि संसद्मा उपस्थित भएका सबै सांसदहरूको पक्ष र विपक्षमा मत विभाजन गरेर निर्णय गरिनुपर्दथ्यो । त्यसो भएको भए संसद्मा उपस्थित भएका सबै सांसदको मतको गणना गरेर यथार्थ निष्कर्ष आउन सक्दथ्यो ।
    सदनमा एमालेका सांसदहरूको पनि उपस्थिति थियो । मतविभाजन भएको भए उनीहरू त्यो मतदानमा सहभागी हुन्थे वा हुँदैनथे ? त्यो पनि निश्चित थिएन । उनीहरू मतदानमा सहभागी नभए पनि उनीहरूको उपस्थितिको हिसाब हुन्थ्यो र त्यो आधारमा एम.सी.सी. को पक्षमा बहुमत प्राप्त हुने कुरा निश्चित थिएन । एम.सी.सी. को प्रस्तावको माओवादी र एकीकृत समाजवादीका तर्फबाट पनि कडा विरोध भएको थियो । मतदान भएको भए उनीहरूले विपक्षमा मतदान गर्ने वा मतदानमा भाग नलिने पनि सम्भावना थियो । तर उनीहरूले मतदानमा भाग नलिए पनि एम.सी.सी. का पक्षमा परेको मत त्यो प्रस्ताव पारित गर्न मतदान नगर्ने सांसदहरूको पनि हिसाब गरेर बहुमत प्राप्त भएको वा नभएको कुराको निर्णय हुन्थ्यो । ती विभिन्न पक्षहरूमाथि विचार गर्दा एम.सी.सी. को पक्षमा बहुमत नहुने पनि धेरै नै सम्भावना थियो । तर सरकारले प्रजातान्त्रिक प्रक्रिया तोडेर भए पनि एम.सी.सी. को प्रस्तावलाई पारित गर्न चाहन्थ्यो । त्यसैले उनीहरूले मतदानको तरिकामा धाँधली गरेर एम.सी.सी. को पक्षमा बहुमत पु¥याउने काम गरे र त्यसरी त्यसलाई पारित गरे । त्यसरी एम.सी.सी. का पक्षमा भएको त्यो बहुमत वास्तविक बहुमत होइन ।

    यो कुरा पनि स्पष्ट छ कि एम.सी.सी. को प्रस्तावको पक्षमा जुन निर्णय भयो, त्यसमा पाँचदलीय गठबन्धनको सहमति थिएन । त्यसैले गठबन्धन वा गठबन्धनको सरकारको न्यूनतम कार्यक्रममा एम.सी.सी. लाई प्रस्तुत गरिएको थिएन । तर त्यसबारे अमेरिकाले नाङ्गो प्रकारले धम्की दिएपछि गठबन्धनभित्रका सत्तामा भएका चार घटकहरूले अमेरिकालाई पाच्य हुने प्रकारले सहमति जुटाउने कुनै मध्यमार्गी बाटो खोज्न थाले । स्पष्ट थियो कि राष्ट्रिय जनमोर्चा एम.सी.सी. बारे कुनै पनि प्रकारको अवसरवादी वा सम्झौतापरस्त बाटो अपनाउने पक्षमा थिएन । त्यसैले गठबन्धनका सत्तामा भएका घटकहरू राष्ट्रिय जनमोर्चालाई नबोलाइकन त्यसको अनुपस्थितिमा नै आफ्ना बैठक गर्न थालेका थिए । त्यसैले गठबन्धनमा जुन प्रकारको सहमति बन्यो, त्यसलाई पाँचदलीय गठबन्धनको सहमति थिएन ।

    हामीलाई यसका लागि धेरै दुःख लागेको छ कि माओवादी केन्द्र र एकीकृत समाजवादीले बिनासंशोधन वा परिमार्जन एम.सी.सी. लाई स्वीकार नगर्ने अडान लिँदै आएका थिए, अहिले उनीहरू यो अडानबाट हटेका छन् । उनीहरूले जुन १२ बुँदे ब्याख्या अगाडि सारेका छन्, त्यसको कुनै पनि औचित्यता छैन । त्यो वास्तवमा जनतालाई धोका दिने एउटा खेल मात्र हो । तर यसका लागि हामीले सन्तोष प्रकट गर्दछौँ कि माओवादी केन्द्र वा एकीकृत समाजवादीका कैयन् सांसदहरू दृढतापूर्वक एम.सी.सी. का विरुद्ध उभिएका छन् । हामीले उनीहरूलाई धन्यवाद दिन चाहन्छौँ । हामीलाई आशा छ, उनीहरूको नेतृत्व आÇनो पूर्वअडानबाट हटे पनि उनीहरूले एम.सी.सी. का विरुद्ध अहिले संसद्मा लिएको अडानबाट आगामी दिनहरूमा अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा मदत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ । उनीहरूसँग समझदारी बनेका विषयमा आपसमा तालमेल गरेर काम गर्ने पनि हाम्रो प्रयत्न हुने छ ।

    प्रतिगमनका विरुद्धको सङ्घर्षका लागि बनेको गठबन्धनमा एम.सी.सी. को विषयलाई लिएर बनेको फुटको स्थितिप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछौँ । उनीहरूको त्यस प्रकारको फुटपरस्त नीतिबाट प्रतिगामीलाई मदत पुग्ने कुरा स्पष्ट छ । तैपनि जुन प्रकारले उनीहरूले पाँचदलीय गठबन्धनमा फुट पार्ने नीति अपनाए, त्यो अवस्थामा त्यसमा रहनु अनावश्यक हुन गएको छ । त्यसैले हामीले पाँचदलीय गठबन्धनबाट अलग हुने निर्णय गरेका छौँ । तैपनि प्रतिगमनका विरुद्धको सङ्घर्षमा जोड दिने हाम्रो नीति कायम रहने छ ।

    ८ दलद्वारा आजका लागि घोषणा गरिएको नेपालबन्दको कार्यक्रम सानदारपूर्वक सफल भएको छ । त्यो बन्दको सिलसिलामा गिरफ्तार भएका विभिन्न पार्टीसँग आबद्ध सबै नेता तथा कार्यकर्ताहरूको हामीले रिहाइको माग गर्दछौँ ।

    आजको बैठकमा संयुक्त आन्दोलनका पछाडि घोषित हुने कार्यक्रमलाई कुनै बाधा नपुग्ने वा सहयोग पुग्ने गरी फागुन १९ गते देखि २२ गतेसम्म देशव्यापी रूपमा जिल्ला वा पालिका स्तरमा पार्टी र मोर्चाका तर्फबाट एम.सी.सी. का विरुद्ध विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ । उक्त सङ्घर्षका कार्यक्रमलाई सफल पार्न व्यापक रूपले समर्थन र सहयोग गर्न हामीले सम्पूर्ण जनतासित अपिल गर्दछौँ ।”

    सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.