गिरीप्रसाद बुढा, वीरेन्द्रनगर ।
राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन २०७८ फागुन ६ र ७ गतेका दिन सुर्खेतमा सम्पन्न भएको छ । राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
राजमो कर्णाली प्रदेशका सदस्य गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा अगाडि बढेको उद्घाटन कार्यक्रमका अन्य अतिथिहरूमा राजमो केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर परियार, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कृष्णा राना, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरा विक, अखिल नेपाल शिक्षक सङ्घका उपाध्यक्ष अजय गिरी, अखिल नेपाल बुद्धिजीवी सङ्गठनका केन्द्रीय सचिव भानुभक्त भारती, रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही, वरिष्ठ वामपन्थी नेता मोतीप्रसाद रेग्मी, जनआन्दोलनका घाइते जङ्गदेव शाही, सम्मानित व्यक्तित्व जानपुरा सञ्ज्याललगायत हुनुहुन्थ्यो ।
सहिदहरूप्रति एक मिनेट मौनधारणपश्चात गिरीप्रसाद बुढाले स्वागत मन्तब्य व्यक्त गर्नुभएपछि प्रमुख अतिथिले मैनबत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यसका साथै उहाँले उद्घाटन मन्तव्यमार्फत् सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बन्दशत्र कार्यक्रम
बन्दशत्र दोस्रो दिन बिहान ८ बजेदेखि सुरु भयो । राजमो उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीको आतिथ्यमा सुरु भएको बन्दशत्रमा शेरबहादुर परियार, गिरीप्रसाद बुढा र कृष्णा रावल रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरियो । बन्दशत्रको अध्यक्षता शेरबहादुर परियार तथा सञ्चालन गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुमा जिल्लाका प्रतिनिधिहरूले जिल्लाको रिपोर्टिङ पेस गर्नुभएको थियो । जसअनुसार सुर्खेतबाट लालबहादुर नेपाली, कालिकोटबाट कमलविक्रम शाही, जुम्लाबाट चन्द्रप्रसाद उपाध्याय, दैलेखबाट लोकपाल थापा, सल्यानबाट ढकनप्रसाद शर्मा र रुकुमबाट गिरीप्रसाद बुढाले रिपोर्ट पेस गर्नुभयो ।
जिल्लाका रिपोर्टपश्चात कर्णाली प्रदेश समितिको तर्फबाट रत्नविक्रम प्यासीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा छलफलका लागि हाउसबाट मिनबहादुर शाही (कालिकोट,) लालबहादुर नेपाली (सुर्खेत), अजय गिरी (कालिकोट), हिरा विक (सुर्खेत), भानुभझ भारती (सुर्खेत), सत्यनारायण श्रेष्ठ (रुकुम पश्चिम), चन्द्रप्रसाद उपाध्याय (जुम्ला), रणबहादुर शाही (कालिकोट), भूपेन्द्र नेपाली (सुर्खेत) र धर्म लम्साल (सुर्खेत) ले भाग लिनुभएको थियो । हाउसमा उठेका सल्लाह, सुझावबारे प्रतिवेदन प्रस्तोता रत्नविक्रम राना प्यासीले स्पष्टीकरण दिनुभएको थियो ।
त्यसैगरी, दोस्रो चरणको छलफलमा भानुभक्त भारती (सुर्खेत), मिनबहादुर शाही (सुर्खेत), हिरा विक (सुर्खेत), लालबहादुर विक (सुर्खेत), लोकपाल थापा (दैलेख) र चन्द्रप्रसाद उपाध्याय (जुम्ला) ले भाग लिनुभएको थियो भने प्रतिवेदन प्रस्तोताले पुनः स्पष्ट पार्ने काम भएको थियो । त्यस्तै, हाउसमा उठेका कतिपय नीतिगत विषयमा उपाध्यक्ष जनकराज शर्माले स्पष्ट पार्नुभएको थियो ।
साङ्गठनिक प्रतिवेदन पास भइसकेपछि आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनप्रसाद देवकोटाले प्रस्तुत गर्नुभयो । त्यसमाथि छलफलका लागि हाउसमा भानुभक्त भारती (सुर्खेत), लालबहादुर नेपाली (सुर्खेत), लोकपाल थापा (दैलेख), पदमसिंह विक (सुर्खेत), थानेश्वर तिवारी (सुर्खेत), चन्द्र उपाध्याय (जुम्ला), प्रतिभा सञ्ज्याल (सुर्खेत) ले भाग लिनुभएको थियो । उठेका विषयमाथि प्रतिवेदन प्रस्तोताले स्पष्ट पारेपछि पुनः दोस्रो चरणको छलफल चलाइएको थियो । त्यसमा पुनः भानुभक्त भारती, लालबहादुर नेपाली, पदमसिंह विक र थानेश्वर तिवारीले भाग लिनुभएको थियो । मिनबहादुर थापाले आर्थिक विषयमा थप स्पष्ट पार्नुभएको थियो ।
व्यापक छलफलपश्चात आर्थिक प्रतिवेदन पारित भइसकेपछि आलोचना–आत्मालोचनाको प्रक्रिया सुरु गरिएको थियो । प्रदेश समितिको तर्फबाट सिङ्गो समितिको आत्मालोचना उपाध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो भने समिति र समितिका पदाधिकारीको आलोचना गर्नका लागि हाउसबाट लालबहादुर नेपाली, मोतिप्रसाद मिदुन, भूपेन्द्र नेपाली र विष्णु शर्माले भाग लिनुभएको थियो । समितिको आलोचनालाई समितिको तर्फबाट गिरीप्रसाद बुढाले जवाफ दिनुभएको थियो भने सचिव रत्नबिक्रम प्यासीलाई गरेको आलोचना सम्बन्धमा उहाँले जवाफ दिनु भएको थियो
आलोचना–आत्मालोचनापछि प्रदेश समिति निर्माणको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो । त्यस क्रममा मिनबहादुर थापा, भानुभक्त भारती, अजय गिरी रहेको तीन सदस्यीय निर्वाचक मण्डल गठन गरिएको थियो । त्यसमा मुख्य निर्वाचन आयुक्तको रूपमा भानुभक्त भारती रहनुभएको थियो । निर्वाचन आयोगले आयोजकको निर्देशनबमोजिम १५ पूर्ण र ६ वैकल्पिक गरी २१ सदस्यीय कर्णाली प्रदेश समिति हुने गरी प्यानल प्रस्ताव हाउसमा प्रस्तुत गरेको थियो । हाउसका प्रतिनिधि र निर्वाचित सदस्यहरूमाझ छलफल भई निम्न पदाधिकारी चयन गर्दै नवनिर्वाचित कर्णाली प्रदेश समिति घोषणा गरिएको थियो ।
समितिको अध्यक्षमा गिरीप्रसाद बुढा (रुकुम पश्चिम), उपाध्यक्षमा कमलविक्रम शाही (कालीकोट), सचिवमा पूर्णबहादुर शाही (सुर्खेत) र कोषाध्यक्ष कृष्णा रावल (सुर्खेत) रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा भीमसिंह विष्ट (दैलेख), लालबहादुर नेपाली (सुर्खेत), ढकनप्रसाद शर्मा (सल्यान), मिनबहादुर शाही (कालिकोट), नरबहादुर सिंह (दैलेख), भीमबहादुर फौजा (सुर्खेत), पार्वती ठाडा (सुर्खेत), पदम विक (सुर्खेत), जितबहादुर घर्ती (सुर्खेत), गीता आचार्य (सुर्खेत) र शेरबहादुर परियार (सुर्खेत) रहनुभएको छ ।
त्यसैगरी वैकल्पिक सदस्यमा धर्म लम्साल (सुर्खेत), चन्द्रप्रसाद उपाध्याय (जुम्ला), पूर्ण बिसी (जाजरकोट) र जनपुरा सञ्ज्याल (कालिकोट) रहनुभएको छ । त्यस्तै मुगु र डोल्पाबाट दुई जना सदस्य पछि थप्ने गरी हाललाई रिक्त राखिएको छ ।
एवम् प्रकारले सल्लाहकारमा गोविन्दप्रसाद सुवेदी (सुर्खेत), कृष्णबहादुर शाही (कालिकोट), थानेश्वर तिवारी (सुर्खेत), प्रेम ठाडा (सुर्खेत) र जङ्गदेव शाही (कालीकोट) रहनुभएको थियो ।

समापन कार्यक्रम
२१ सदस्यीय प्रदेश समिति घोषणापश्चात हाउसमा सहभागी प्रतिनिधिको बिचमा नवनिर्वाचित प्रदेश समितिको तर्फबाट अध्यक्ष गिरीप्रसाद बुढाले प्रतिबद्धता मन्तव्य व्यक्त गरेलगतै बन्दशत्रको प्रक्रिया पूरा भएको थियो । अध्यक्ष मण्डलको तर्फबाट अध्यक्षले बन्दशत्र समापन गरेपश्चात प्रदेश सम्मेलनको तेस्रो चरण अर्थात समापन समारोहको कार्यक्रम अगाडि बढाइएको थियो ।
भूपेन्द्र नेपालीको अध्यक्षता तथा लालबहादुर नेपालीको सञ्चालन रहेको समापन कार्यक्रमको प्रमुख अतिथिमा उपाध्यक्ष जनकराज शर्मा हुनुहुन्थ्यो भने अर्का अतिथिमा केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी हुनुहुन्थ्यो । कार्यक्रममा मेस व्यवस्थापनको तर्फबाट हिरा विक, हाउसको तर्फबाट लोकपाल थापा र रणबहादुर शाही, उपाध्यक्ष जनकराज शर्मा, केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।