दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ५ स्थित महाकाली नदीको बीचमा फसेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।
Advertisement
सोही ठाउँ बस्ने करीब ३० वर्षिया ललिता ओड नदीमा बालुवा निकाली रहेको अवस्थामा पानीको बहाव बढ्न गई नदीको बीच भागमा फसेकी थिइन्।
सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐडीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उकुशल उद्वार गरेको हो।