• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सेवाको उद्देश्य र नाफाको उद्देश्य


  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    सेवाको उद्देश्य र नाफाको उद्देश्य परस्पर विरोधी उद्देश्य हुन् । सेवाको उद्देश्य नाफारहित सहयोगको उद्देश्य हो भने अरू उद्देश्य नाफासहितका उद्देश्य हुन् । समाजमा परपर विरोधी उद्देश्यका मान्छे भएको हुनाले कसले सेवाको उद्देश्य राखेको छ र कसले नाफाको उद्देश्य राखेको छ ? छुट्याउन अलि लामै समय परीक्षण गर्नुपर्ने हुन्छ । पैसाको नाफा, नेतृत्वको नाफा, आफ्ना मान्छेलाई उच्च बनाउने नाफा, सजिलो र लाभदायक रोजगारीको नाफा आदि विभिन्न किसिमका नाफाको उद्देश्य राखेर मान्छेले एकअर्कोलाई सहयोग गर्ने अथवा सहयोग गरेबापत् नाफा पुरस्कार लिने धेरै जना मान्छेको उद्देश्य हुन्छ । आफ्ना विरोधीलाई दबाउने काम पनि नाफाकै रूपमा लिने गरिन्छ । त्यसो गर्दा वर्ग र वर्गीय हितलाई कमै मान्छेले ख्याल गर्छन् ।

    Advertisement

    साँच्चै सेवा गर्ने हो भने खाना नखाइकन, लुगा नलगाइकन, घरमा नबसिकन काम गर्नुपर्छ, जुन सम्भव छैन । जब खाना खानुपर्छ; लुगा लगाउनुपर्छ; घरमा बस्नुपर्छ भने ती आवश्यकता पूरा गर्नका लागि काम गर्नुपर्छ, बरु नियम, कानुन व्यवस्थाको मातहतमा रहेर काम गर्नुपर्छ ।

    वर्गीय सेवा नाफारहित सेवा त्यतिखेरै हुन्छ, जतिखेर श्रमजीवी वर्गको पक्षमा आफ्नो योगदान थपिएको हुन्छ । सम्पन्न वर्गीय सेवाबिना परिश्रम अथवा परिश्रम गरेर पारिश्रमिक नलिएको अवैतनिक सेवा हो । यस्तो किन भन्नुपरेको हो भने सम्पन्न वर्ग शोषक वर्ग हो । उसले श्रम गरेर पारिश्रमिक लिएर होइन, शोषण गरेर जीवन जिइरहेको हुन्छ । उसले खेती गर्दैन, नोकरी गर्दैन, उद्योग गर्दैन, न त शारीरिक श्रम गर्छ, न बौद्धिक श्रम गर्छ । बौद्धिक श्रम गर्छ तर शोषणका लागि । आफ्ना दैनिक आवश्यकता पूर्तिका लागि होइन, अरूलाई श्रम गराएर आफूले सुविधा लिनका लागि छिटो अर्थमा शोषण गर्नका लागि । समाजसेवा गर्छु भन्ने मिठो खाने, राम्रो लगाउने, अरू उच्च सुविधा लिने, आफूले श्रम नगर्ने—त्यही हो शोषण ।

    साँच्चै सेवा गर्ने हो भने खाना नखाइकन, लुगा नलगाइकन, घरमा नबसिकन काम गर्नुपर्छ, जुन सम्भव छैन । जब खाना खानुपर्छ; लुगा लगाउनुपर्छ; घरमा बस्नुपर्छ भने ती आवश्यकता पूरा गर्नका लागि काम गर्नुपर्छ, बरु नियम, कानुन व्यवस्थाको मातहतमा रहेर काम गर्नुपर्छ ।
    काम गर्ने भने योग्यता, क्षमताअनुसार जति सकिन्छ, त्यति गर्ने हो । नियम कानुनअनुसार आफ्ना व्यक्तिगत आवश्यकता पूरा भएर समय बचाउन सकियो भने आफू जस्तै बहुसङ्ख्यामा रहेका श्रमजीवी वर्गको सङ्गठनमा आबद्ध भएर आफ्नो योगदान थप्ने हो, नत्र उद्देश्य नाफाको राख्ने काम नाफा कमाउन गर्ने भइजान्छ । दुनियाँको आँखामा छारो हाल्न समाजसेवा नामकरण गर्ने गरिन्छ । यो शोषणको र शोषकको तरिका हो । तटस्थ भन्ने दुनियाँमा छैन । कि सम्पन्न वर्गीय स्वार्थका लागि काम भएको हुन्छ । आफूले वैतनिक वा अवैतनिक रूपमा एउटा वर्गको पक्षमा र अर्को वर्गको विपक्षमा काम गरिएको र गरिरहेको मूल्याङ्कन हुन्छ । त्यो स्वाभाविक पनि हो ।

    मानव जीवन सर्वश्रेष्ठ जीवन हो । हामीले हाम्रो जीवनको पूरा उपयोग गर्नुपर्छ, दुरूपयोग गर्नुहुन्न । धनसम्पत्ति सामूहिक उत्पादन हो । सामूहिक श्रमको उपज हो । नियम, कानुन र व्यवस्थाले गर्दा व्यक्तिगत बनाइएको छ । यो सधैँभरि यस्तै रहिरहन्न ।

    श्रमजीवी वर्गको पक्षमा काम गर्ने भनेको आमूल परिवर्तनको लागि काम गर्ने हो । त्यसका लागि जनताको राजनैतिक चेतनास्तर उच्च बनाउनुपर्छ । सर्वसाधारण जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने काम भनेको पत्रिका प्रकाशित गर्ने, जनताको हातमा त्यो पत्रिका पुर्याउने, भाषण गराउने, आफ्ना नेताको भाषण धेरैभन्दा धेरै जनता जम्मा गरेर सुनाउने, आफ्ना पार्टीको प्रशिक्षक झिकाएर प्रशिक्षण गराउने, धेरैभन्दा धेरै कार्यकर्ता जम्मा गरेर प्रशिक्षणमा सहभागी बनाउने र श्रमजीवी वर्गको पक्षमा उनीहरूका गीत, नाटक, नाच आदि पुर्याउनु नै हो ।

    माथिका सबै काम एक्लाएक्लै गर्न सम्भावना छैन, सङ्गठन आवश्यक पर्दछ । समाजको सबैभन्दा ठुलो र सबैभन्दा शक्तिशाली सङ्गठन सत्ता हो । यो परम्परागत र प्रतिक्रियावादी प्रकारको हुने भएकाले त्यसमा आमूल परिवर्तनको आवश्यकता छ । सङ्गठित र अनुशासित व्यक्तिहरूको समूहले राजनैतिक आन्दोलनको नेतृत्व गर्नुपर्छ र गर्न सक्नुपर्छ । त्यस्तो अवस्था नहोउन्जेल त्यसैको आधार निर्माण गर्नुपर्छ, गर्दै जानुपर्छ । यो दीर्घकालीन प्रकृतिको काम हो । यो छोटो समय र एकै पुस्तामा सम्पन्न हुने काम होइन । धेरै पुस्तासम्म गर्नुपर्ने कामलाई एउटै व्यक्तिले छिटै पूरा गर्ने भन्ने दुस्साहस गर्दा राज्यसत्ता झन् बलियो भएको अथवा राज्यसत्तालाई बल पुगेर क्रान्ति झन् टाढा धकेलिएका धेरै उदाहरण छन् । त्यसकारण त्यसअनुसार सचेत भई सङ्गठित शक्ति प्रदर्शन गर्न सक्नुपर्छ ।

    एउटा क्रान्तिकारी व्यक्तिले गर्ने घटीभन्दा घटी काम गैरसत्ताधारी व्यक्ति भई जिउने कला सिक्ने हो । जीवनभर गैरसत्ताधारी व्यक्ति भई जिउन नसके राज्यसत्तासँग सम्झौता गरेर आफ्ना क्रान्तिकारी क्रियाकलाप स्थगित गर्नुपरेको सङ्गठन, नेता र त्यसमा सहभागी भएका व्यक्तिहरू संसारभर भएको मात्र होइन, हाम्रो देशमा पनि त्यस्तो सङ्ख्याको कमी छैन । श्रमजीवी वर्गको व्यक्तिले ख्याल गर्नुपर्ने पहिलो काम त्यही हो ।

    दोस्रो काम, आफ्नो योग्यता, क्षमताको ज्ञान आफैलाई हुनुपर्छ । बुढापुरानाले “कपाल काट्न सिक्ने काम कमाराको टाउकोबाट सुरु गर्नुपर्छ” भन्ने त्यो परम्परागत तरिका हो । कमारो भनेको समाजको सबैभन्दा उत्पीडित जनता हो । त्यस्तो काममा पनि आमूल परिवर्तन गर्नुपर्छ र गर्नु, सिक्नु र सिकाउनुपर्छ ।

    आफ्ना इन्द्रिय प्रयोग गरेर प्राप्त गरिने ज्ञानलाई इन्द्रियग्राह्य ज्ञान भनिन्छ । त्यहाँबाट उच्चस्तरको ज्ञान प्राप्त गर्न बुद्धिसङ्गत ज्ञान प्राप्त हुने हो । बुद्धिसङ्गत ज्ञान व्यवहारमा प्रयोग गर्दै जाँदा ज्ञानको स्तर उच्च हुँदै जाने हो ।

    मानव जीवन सर्वश्रेष्ठ जीवन हो । हामीले हाम्रो जीवनको पूरा उपयोग गर्नुपर्छ, दुरूपयोग गर्नुहुन्न । धनसम्पत्ति सामूहिक उत्पादन हो । सामूहिक श्रमको उपज हो । नियम, कानुन र व्यवस्थाले गर्दा व्यक्तिगत बनाइएको छ । यो सधैँभरि यस्तै रहिरहन्न । यसलाई सामूहिक स्वरूप दिनैपर्छ । व्यक्तिगत स्वामित्वमा धनसम्पत्ति थप्नु भनेको शोषण गरेर मात्र सम्भव छ । त्यसको मतलब खेती, उद्योग, जागिर गर्नुहुन्न भनेको होइन । शोषण गर्नुहुन्न भन्दा कुनै काम गर्न नहुने भन्ने अर्थमा होइन, नियम, कानुन र व्यवस्थाले दिएको काम गर्नुपर्छ । तर नियम, कानुन र व्यवस्था परिवर्तनशील छ । परिवर्तन भएको थियो, भइरहेको छ र भविष्यमा पनि परिवर्तन भइरहने छ ।

    हाम्रो आवश्यकता प्रकृति विरुद्ध सङ्घर्ष गर्ने एउटा हो । त्यो भनेको खेती गर्ने, उद्योग गर्ने र नोकरी गर्ने तीनओटै हुन् । हामीले खेतीको काम गर्दा पनि, सेवाको काम गर्दा पनि र उद्योगको काम गर्दा पनि कामको प्रकृति सामूहिक प्रकारको छ । त्यसकारण काम त गर्नैपर्छ । प्रकृति विरुद्ध सङ्घर्ष गरेर मात्र हाम्रो जिम्मा पूरा हुन्न । सामूहिक श्रम खर्च गरेर उत्पादन गरेका वस्तुहरू व्यक्तिगत स्वामित्वमा बनाउनको सट्टा सामूहिक स्वामित्वमा बनाउन पनि हामीले श्रम खर्च गर्नैपर्छ । त्यो भनेको शोषण गर्न छुट दिने व्यवस्था र शोषण गरेर व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन थप्दै जाने शोषक व्यक्तिका विरुद्ध पनि सङ्घर्ष गर्दै जानुपर्दछ । त्यसको अर्थ नाफा कमाउने उद्देश्यले होइन, आफ्नो योगदान सामूहिक स्वामित्वका लागि थप्न पनि काम गर्नैपर्छ । यही दोहोरो जिम्मेवारी बहन गर्न नसकेका कारण जीवनको दुरूपयोग हुन्छ ।
    मान्छेले व्यक्तिगत आवश्यकता पूरा गर्नका लागि काम गर्नुपर्छ । काम गर्नलाई योग्यता चाहिन्छ । त्यसका लागि ज्ञान प्राप्त गर्नुपर्छ । ज्ञान प्राप्त गर्नु भनेको योग्यता हासिल गर्नु हो । योग्य बन्नु हो ।

    आफ्ना इन्द्रिय प्रयोग गरेर प्राप्त गरिने ज्ञानलाई इन्द्रियग्राह्य ज्ञान भनिन्छ । त्यहाँबाट उच्चस्तरको ज्ञान प्राप्त गर्न बुद्धिसङ्गत ज्ञान प्राप्त हुने हो । बुद्धिसङ्गत ज्ञान व्यवहारमा प्रयोग गर्दै जाँदा ज्ञानको स्तर उच्च हुँदै जाने हो । सेवाको उद्देश्यले काम गर्ने भनेको आफ्ना निम्नतम आवश्यकता पूरा भएपछिको समयमा मात्र हो । आफ्ना निम्नतम आवश्यकता पुरा नभइकन कसैले पनि काम गर्न सक्दैन अथवा खाने, लाउने, बस्ने शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्न सबभन्दा पहिले रोजगार हुनुपर्छ । ती समस्या समाधान गर्ने ठाउँ नै रोजगार हुन नदिने गरी नाफा कमाउने प्रतिस्पर्धामा छन् । त्यसैले यो बेरोजगार सृजना गर्ने व्यवस्थामा आमूल परिवर्तन गरेर अनिवार्य रोजगारी सृजना गर्न आवश्यक छ । यो व्यवस्थाका कारणले अथवा नाफा कमाउन छुट भएका कारणले धेरै जनता एकातिर पूरा रोजगारी नहुने, अर्कोतिर स्वर्ग, नर्क, इश्वर, अर्को जुनी आदि अलौकिक शक्तिको पूजा गर्नुपर्ने परपम्पराले गर्दा नाफा कमाउन खोज्ने प्रवृत्ति छ । न नाफा कमिन्छ, न समस्याको सही समाधान हुन्छ, न जीवनको सदुपयोग हुन्छ । तीनओटै पक्षबाट असफलता प्राप्त हुन्छ । यसको दोष राज्यसत्ता र व्यवस्थालाई दिनुपर्ने ठाउँमा आफू जस्ता धेरै सङ्ख्यामा भएका श्रमजीवी वर्गका कार्यकर्ता र नेतालाई दिन पुग्छन्, जुन सरासर गलत काम हो । सम्पन्न वर्गका मान्छेले फाइदा उठाउन सक्ने तरिका प्रयोग गर्दा सर्वसाधारण मिहिनेतकस जनताको जीवनको दुरूपयोग भएको हुन्छ ।

    मानव चिन्तन मानव समाजको उत्पत्तिसँग सम्बन्धित छ । उत्पत्तिदेखिको चिन्तन परम्परागत हिसाबले पुस्तान्तरण हुँदै हाम्रो पुस्तासम्म आइपुगेको हो ।

    आफ्नो जीवनको सदुपयोग गर्न सङ्घर्ष गर्नुपर्छ । सङ्घर्ष गर्ने भनेको विरोधी विरुद्ध लड्ने भनेको हो । सबैभन्दा ठुलो विरोधी परम्परागत विश्वदृष्टिकोण हो । आफ्नो चेतनामा अथवा चिन्तनमा आमूल परिवर्तन गर्नु पहिलो कर्तव्य हो । त्यसैका लागि सङ्घर्ष गर्नुपर्छ । हाम्रो चिन्तन हाम्रो पुस्ताबाट, हाम्रो पुस्तामा मात्रै र हाम्रो पुस्तासँग मात्रै सम्बन्धित हुन्न ।

    मानव चिन्तन मानव समाजको उत्पत्तिसँग सम्बन्धित छ । उत्पत्तिदेखिको चिन्तन परम्परागत हिसाबले पुस्तान्तरण हुँदै हाम्रो पुस्तासम्म आइपुगेको हो । आदिम जङ्गली युगका अवशेष राउटे समाज, दासत्व स्वीकार गरेर दास जीवन बिचाइरहेका विभिन्न किसिमका दास, सामन्ती युगका राजारजौटा र खानदानिया र पुँजीवादी युगका पुँजीपति सबै हाम्रो समाजमा भेटिन्छन् र तिनीहरूको चिन्तन समाजमा व्याप्त छ । त्यही चिन्तन प्रकृयाबाट विश्वदृष्टिकोणको निर्माण हुने हो । त्यो सजिलै र सबैमा आमूल परिवर्तन हुन सक्दैन ।

    पहिलो सङ्घर्ष आफ्नो चिन्तनमा सर्वहारा विश्वदृष्टिकोण बनाउनका लागि गर्नुपर्छ । त्यो परम्परागत चिन्तनको विरोधी किसिमको सोचाइ हो । जसले आफ्नो सोचाइमा, आफ्नो चिन्तनमा र आफ्नो विश्वदृष्टिकोणमा आमूल परिवर्तन गर्न सक्दैन, उसले आफ्नो जीवनको सदुपयोग गर्न सक्दैन । परम्परागत चिन्तनले व्यक्तिगत सम्पत्ति थपेर अरूलाई बाध्यतापूर्वक काम गराउनुलाई आफ्नो जीवनको उद्देश्य बनाउन लगाउँछ । जबकि आवश्यकता व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन थप्ने होइन कि आफ्नो योग्यता, क्षमताको पूरा उपयोग गरेर सामूहिक स्वामित्वमा रूपान्तरण गर्ने हो । भर्खरै त्यो काम पूरा हुन सक्दैन भने सामूहिकताका लागि आधार निर्माणमा आफूले आफ्नो योगदान थप्ने हो ।
    समाजका धेरै मान्छेहरूले नाफाका लागि सङ्गठन बनाउँछन् तर क्रान्तिकारीहरूले वर्गीय हितका लागि सङ्गठन बनाउनुपर्छ । घर, सडक, विद्युत आदि चिज बनाएर बने जस्तै सङ्गठन पनि बनाएर बन्छ । फाइदा उठाउन धेरै मान्छे मात्र लागिपर्छन् । यो कठिन काम हो । एकछिन कस्सिएर अथवा लामो समय लागे जस्तो गरेर सङ्गठन बन्दैन । लगातार ध्यानचेष्टा गर्नुपर्छ ।

    सङ्गठन आफूलाई बनाउने अथवा अरू कुनै नेतालाई बनाइदिने होइन । वर्गीय स्वार्थका लागि वर्गलाई सचेत पार्न गरिने काम हो ।

    पुँजीपतिहरूको शक्ति धनपैसामा हुन्छ भने क्रान्तिकारीको शक्ति सङ्गठनमा हुन्छ । सङ्गठन आफूलाई बनाउने अथवा अरू कुनै नेतालाई बनाइदिने होइन । वर्गीय स्वार्थका लागि वर्गलाई सचेत पार्न गरिने काम हो । सङ्गठनमा लागेका सबैले सङ्गठन बनाउने भए आजसम्म धेरै मान्छे सङ्गठनमा आए, सङ्गठनबाट गए तर सङ्गठन बनाएनन् । आफ्नो जीवनको सदुपयोग गर्ने सिलसिलामा नगरी नहुने काम सङ्गठन निर्माण हो । यो वर्गसङ्घर्षको महत्त्वपूर्ण काम हो । पैसा दिएर, पैसा लिएर, सहयोग गरेर, सहयोग लिएर जेसुकै गरेर भए पनि सङ्गठन निर्माण गर्ने काम पनि व्यक्तिको कलाअन्तर्गत पर्ने काम हो । लगातारको चेष्टा आवश्यक पर्दछ । व्यक्तिलाई निर्देशन गरेर मात्र पनि हुन्न भने नगरिकन आफै हुने पनि कुरा हुन्न । जतिखेर सुकैको सहकार्यबाट आवश्यकता महसुस गराउन सक्नुपर्छ । हरेकले एक अर्काको सहयोग महसुस गर्न लागेको अवस्था सङ्गठन निर्माण भएको अवस्था हो ।

    सङ्गठनको महत्त्व व्यावहारिक रूपमा महसुस गर्न÷गराउन लागि पर्नुपर्छ । बिनास्वार्थ भनिए पनि सङ्गठित शक्ति सबैको स्वार्थ सम्बोधन हुने गरी काम गर्न सकिन्छ र गर्नु पनि पर्दछ । त्यो वर्गीय स्वार्थको एउटा भाग भएको महसुस गर्नु गराउनुपर्दछ । नाफा कमाउने होइन कि शोषण हटाउन सङ्गठनको निर्माण गरेको औचित्य पुष्टि गर्न सक्नुपर्छ ।

    शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • २.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ३.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ४.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ५.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • ६.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ७.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ८.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.