नवीन बस्याल
Advertisement
देश छोडेर दिनहुँ बाहिरिने नेपाली देखेँ
युवा बिनाको देश मैले पुरै खाली देखेँ
रोजगारका कुरा गर्छ सरकार हर वर्ष
तर देश छोड्नेको भीड यसपाली देखेँ
छोरा छोरी परदेशमा दुःख गर्दै गर्दा
यहाँ बा आमाको हातमा कोदाली देखेँ
राष्ट्रको ढुकुटी खाएर सके सबै नेताले
मन बल्छ हिजो बिकेको महाकाली देखेँ
विदेशिने युवाहरुको घुइँचो छ एरपोर्टमा
तिनै युवा बेच्ने नेताको दलाली देखेँ
(स्वर्गद्वारी नपा २ प्युठान, हाल जापान)