• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गुण्डागर्दी बन्द गर्न कांग्रेसलाई राजमो बागलुङको चेतावनी


  •   बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले नेपाली कांग्रेसलाई गुण्डागर्दी बन्द गर्न चेतावनी दिएको छ । आफ्नो पार्टीका कार्यकर्ता बागलुङ जिल्ला जैमिनि नगरपालिका–१० राङखानी ओखका लक्ष्मण श्रीसमाथि कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै जनमोर्चाले गुण्डागर्दी बन्द गर्न चेतावनी दिएको हो ।

    Advertisement

    जिल्ला सचिव भीमलाल पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गरी मेला हेर्न गएका आफ्ना कार्यकर्तालाई बिनाकारण कांग्रेसले आक्रमण गरी घाइते बनाएको आरोप लगाउनुभएको छ ।

    साथै, कांग्रेस नेता रोहित थापाको समूहले लक्ष्मण श्रीसको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उदेश्यले गुण्डागर्दी शैलीमा घरबाट बाहिर निकाली उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरेको राजमोले जनाएको छ ।

    साथै, राजमोले आफ्ना कार्यकर्तालाई संयम रहन आग्रह गर्दै कांग्रेसले आफ्ना अराजक गतिविधि जारी राखे अर्को जैमिनी काण्ड दोहोरिन सक्ने चेतावनीसमेत जनमोर्चाले दिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, यहि मिति २०७८ माघ १ गते बागलुङ जिल्ला जैमिनी नगरपालिका कुश्मिशेरामा चलिरहेको जैमिनी महोत्सवको सन्दर्भमा नेपाली कांग्रेसका कार्यकर्ताद्धारा घटाइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    माघ १ गते मेला हेरिरहेको बेलामा हाम्रा पार्टीका कार्यकर्ता बागलुङ जिल्ला जैमिनि नगरपालिका वार्ड नं.१० राङखानी ओखले निवासी लक्ष्मण श्रीस माथि नेपाल तरुणदल जैमिनीका अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधी जैमिनी–४, सर्कुवा गाउँका रोहित भनिने लेख बहादुर थापा लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको समूहले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए ।

    घाइते लक्ष्मण श्रीसले आफुलाई साझ ५ः३० बजे आक्रमण भएको प्रहरीलाई जानाकारी गराउदा प्रशासनले वेवास्ता गर्नु खेदजन्य छ । सोही दिन राती पुन आक्रमण गर्न लेख बहादुर थापाको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरु जैमिनी–५, बिनामारेका ठग बहादुर क्षेत्री र टंक बहादुर विक जैमिनी–४, सर्कुवाका नविन थापा, किरण थापा, अस्मित उचै ठकुरी, अशोक उचै ठकुरी र मनिष शाही जैमिनी–१, कुश्मिशेराका विकास शर्मा र अशोक शर्मा लगायतका अराजक समुहले जैमिनी–१, कुश्मिशेराका गाडी मालिक बालकृष्ण शर्माको ग३ ख५८८८ नम्वरको गाडी लिएर हो–हल्ला गर्दै राङखानी ओखले गाउँमा पुगेर सुतेका मान्छेलाई थर्काउने, ढुङ्गामुढा गर्ने, घरगोठको खर च्यातेर आगो बाल्ने जस्ता अराजक गतिबिधी गर्दै लक्ष्मण श्रीसको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उदेश्यले गुण्डागर्दी शैलीमा घरबाट बाहिर निकाली उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरेका थिए ।

    घटनाको छलफल गर्न माघ ५ गते जिल्ला प्रहरी कार्यालय बागलुङको निर्देशनमा कुश्मिशेरा प्रहरी चौकीमा बोलाएको थियो तर उनीहरु छलफलमा जानुको सट्टा जैमिनीका विभिन्न वडाहरुमा गएर राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुको नामथर हुलिया सोध्दै आतंकित पार्ने काम गरिरहेका छन् ।

    यो गतिबिधीले सत्ताको आडमा घटाईएको २०४८ को जैमिनीघाट काण्ड पुनाराबृत्ति हुने सम्भावनालाई नकार्न सकिदैन । घटनाको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला नेतृत्वसंग सम्वाद तथा छलफल गर्दा यो बिषयलाई राजनैतिक रंग नदिने कुराको सहमति भएपनि मेलामा घटना घटाउने, गाउँमा आतंक मच्चाउने समुहलाई संरक्षण गर्दै नेपाली कांग्रेस बागलुङले घटनालाई राजनितीकरण गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    हामीले मेला हेर्ने सन्दर्भमा र राती सुतेको बेला गुण्डागर्दी शैलीमा घटाइएको घटनाप्रति खेद प्रकट गर्दै भत्सना गर्दछौं साथै घटनामा संग्लग्न अपराधी ब्यक्तिहरुलाई अविलम्व कानुनी दायरामा ल्याउन र जनतालाई शान्ति सुरक्षा दिलाउन प्रशासन समक्ष माग गर्दछौं । यस घटनालाई अतिरञ्जीत गरी पुर्वाग्रहको राजनिती गर्दा उत्पन्न हुने परिथितीको जिम्मेवार सम्बन्धित पक्ष हुनु पर्ने छ । त्यसैले संयमित हुन सबैमा अनुरोध गर्दछौँ ।

    बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.