वीरेन्द्रनगर (सुर्खेत) । राष्ट्रिय जनमोर्चा वीरेन्द्रनगरको नगर सम्मेलन सम्पन्न भएको छ । उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०७८ पुस २२ गते सम्मेलन सम्पन्न भएको हो ।
उपाध्यक्ष शर्माले उद्घाटन गर्नुभएको सो सम्मेलनले विष्णुप्रसाद शर्माको अध्यक्षतामा १३ पूर्ण र तीन वैकल्पिक सदस्य रहेको राजमोको नगर समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राजकुमारी सुनार, सचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा मणिराम देवकोटा र सहसचिवमा पूर्णप्रसाद तिवारी रहनुभएको छ । त्यस्तै, सदस्यमा मोतिसरा राना, प्रतिमा सञ्ज्याल, शिव नेपाली, भीमबहादुर थापा र लक्ष्मीप्रसाद जैसी रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नं. २ का पूर्णबहादुर शाही र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारतीले शुभकामना दिनुभएको थियो ।
हेमराज शर्माको सञ्चालन, पूर्णा तिवारीको स्वागत तथा विष्णुप्रसाद शर्माको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनको बन्दशत्रमा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णा रावल शुभकामना दिनुभएको थियो । बन्दशत्रको अध्यक्ष मण्डलमा मीनबहादुर थापा, लालबहादुर नेपाली र कृष्ण रावलले गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासीले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।