बागलुङ । राष्ट्रिय जनमोर्चाको जैमिनी दमेकमा प्रशिक्षण भेला सम्पन्न भएको छ । वडा समितिका अध्यक्ष थम्मन श्रीसको अध्यक्षतामा सोमबार जैमिनी–३ को दमेकमा प्रशिक्षण भेला सम्पन्न भएको हो।
राजमो जिल्ला सदस्य ठाकुर शर्माको विशेष उपस्थितमा अगाडी बढेको कार्यक्रममा प्रशिक्षक नरबहादुर पुनले माक्र्सवादी दुष्टिकोण र संजाल शर्माले समसामयिक राजनैतिक विषयमा प्रशिक्षण दिनुभएको थियो। खिमबादुर परियारको सञ्चालनमा सुरु भएको प्रशिक्षण भेलाको स्वागत दुर्गा पुनले गर्नु भएको थियो।
यसै अवसरमा अखिल नेपाल युवक संघका प्रदेश सचिव संजाल शर्माको विशेष उपस्थितिमा दलबहादुर पुनको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक संघको वडा समिति निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा देवबहादुर बहिक, सचिव धनराज परियार, सह–सचीव उमा विक र कोषाध्यक्षमा होमबहादुर श्रीस चयनहुनु भएको छ ।
सदस्यहरुमा नेत्र थापा, खिमबहादुर घम, रनबहादुर घम, मोहन पुन, अमृत श्रीस, गंगा पुन, प्रकाश सापकोटा, सृजना पुन रहनु भएको छ। युवक संघ जैमिनी–३ का वडा अध्यक्ष दुर्गा पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन धनराज परिवारले गर्नु भएको थियो।