दुर्गानाथ खरेल ##
राजनीति र चुनाव पर्यायवाची शब्द जस्तै भएका छन् । हरेक पार्टीका नेतागण नेताको रूपमा रहने र रहिरहने चुनावबाटै हो । हाम्रो देशमा संसदीय व्यवस्थाअन्तर्गत देशको शासन सञ्चालन हुन्छ । धेरैओटा पार्टी छन् । प्रत्येक पार्टीका जनवर्गीय सङ्गठन पनि छन् । जनवर्गीय सङ्गठनहरूको सम्मलेन हुन्छ । त्यसमा नेतृत्व छनौटको प्रकृया चुनाव नै हो । पार्टीका राष्ट्रिय सम्मेलनमा र महाधिवेशन हुन्छन् । त्यहाँ पनि नेतृत्वपङ्क्ति विजयी बन्ने चुनावबाट नै हो । त्यसैले राजनीतिक सत्ता र चुनाव दुवै सम्बन्धित छन् ।
पार्टीहरूको विधान महाधिवेशन हुन्छ । विधान पास गर्ने र यतिसम्म कि नीतिनिर्माण गर्ने केन्द्रीय समितिमा पक्षविपक्षको प्रस्ताव बहुमतबाट पास हुन्छ, त्यो पनि एक किसिमको चुनावको एउटा हिस्सा हो । पार्टीका लागि चुनाव, जनवर्गीय सङ्गठनका लागि चुनाव, सरकार सञ्चालनका लागि चुनाव—जताततै चुनाव गरेको देख्दा चुनाव नगरे के हुन्छ र ? किन चुनाव गर्नुपर्छ ? यस्तो प्रश्न गर्दा चुनाव नगरेर के गरेर नेतृत्व छनौटको तरिका सही हुन्छ भन्ने सहज प्रश्न उभिन्छ । एउटा न एउटा तरिका त गर्नैप¥यो । नेतृत्व सही हो अथवा गलत हो ? इमान्दार हो अथवा बेइमान हो ? थाहा पाउने मूल्याङ्कनको तरिका चुनाव नै हो । त्यो बाहेक अर्काे उत्तम तरिका अहिलेसम्म भेटिएको, पत्ता लगाइएको छैन । त्यसकारण सबै पार्टी, सबै जनवर्गीय सङ्गठन र सबै प्रस्तावको निर्णय गर्ने अथवा मूल्याङ्कनको नतिजा प्रकाशन गर्ने तरिका मतदान हो । सबै ठाउँमा त्यसकारण मतदान हुने गर्दछ ।
जताजतै चुनाव गरिने भए पनि चुनावको उद्देश्य एउटै भने हुन्न । नेतृत्वको छनौट गर्ने भने पनि कस्तो नेतृत्व छनौट गर्ने भन्ने विषयमा स्पष्ट विरोधी मत छन् । धनीको पक्ष लिने, गरिबको पक्ष लिने, सत्य पत्ता लगाउने, सत्यलाई ढाकेर झुटलाई अगाडि ल्याउने आदि परस्पर विरोधी छनौट गर्न गरिने मूल्याङ्कनका तरिका हुन् ।
वर्तमान राज्यसत्ता जनताको पिछडिएको राजनैतिक चेतनास्तरबाट फाइदा उठाउने तरिका प्रत्यक्ष उदाहरण हो । जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउन एक्लै वा एउटा शक्तिबाट मात्र सम्भव हुन्न, संयुक्त प्रयत्नको आवश्यकता पर्दछ ।
राजनीतिमा कामकारबाही अगाडि बढ्छन् । एउटा जनताको राजनैतिक चेतनास्तर उठाउन गरिने प्रयत्न र दोस्रो जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउन गरिने प्रयत्न—यी दुवै तरिका समाजमा प्रचालित छन् । वर्तमान राज्यसत्ता जनताको पिछडिएको राजनैतिक चेतनास्तरबाट फाइदा उठाउने तरिका प्रत्यक्ष उदाहरण हो । जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउन एक्लै वा एउटा शक्तिबाट मात्र सम्भव हुन्न, संयुक्त प्रयत्नको आवश्यकता पर्दछ ।
राज्यसत्तामा चारओटा शक्तिको संलग्नता रहन्छ । सबैभन्दा पहिलो र सबैभन्दा शक्तिशाली शक्ति सेना हो । त्यो हातहतियारले सुसज्जित हुन्छ । त्यो परम्परागत निर्देशनअनुसार सञ्चालित हुन्छ । दोस्रो शक्तिशाली शक्ति प्रहरी हो । यो हातहतियारसहित र लौरोसहित जनताको बिचमा काम गर्छ । तेस्रो शक्ति कर्मचारी हो । यसले राज्यसत्तामा रहेर प्रशासनिक र प्राविधिक काम गर्छ । यी तीनओटा शक्तिहरूको नियुक्ति चुनावबाट अथवा सम्मेलनबाट हुन्न, परम्परागत तरिकाबाट नै हुने गर्दछ । चौथो शक्ति नेतागण हो । यो शक्ति जनताको मतदानबाट अथवा चुनावबाट विजयी वा पराजयी हुन्छ । नेतागणबाट राजनीति सञ्चालन हुन्छ भने पनि राजनीति अरू तीनओटा स्थायी शक्तिसँग नेतागण सहभागी भई संयुक्त रूपमा राज्यसत्ता सञ्चालन हुने हो वा नेताहरू स्थायी शक्तिमा मिल्ने हुन् ।
वर्तमान व्यवस्थाका दुईओटा खराबी छन् । एउटा निर्णय एउटा शक्तिले गर्छ तर त्यसको कार्यान्वयन अर्काे शक्तिले गर्दछ । त्यसैले गर्दा निर्णय र कार्यान्वयनमा एकरूपता हुन सक्दैन । कार्यान्वयन गर्ने शक्तिले निर्णय गर्न पाउन्न । आफूले कार्यान्वयन गर्दा निर्णय गर्ने शक्तिले कर्म र भावनाअनुकूल नभई शोषण, भ्रष्टाचार र अराजकता बढी हुन्छ । अर्काेतिर, निर्णय गर्ने शक्तिले जतिसुकै राम्रो, सही र वास्तविकतामा आधारित भएर निर्णय गरेको भए पनि कार्यान्वयन गर्ने शक्तिले आफ्नो तरिकाले र आफ्नो मनपर्दी किसिमले कार्यान्वयन गर्दा उद्देश्य एकै भए पनि तरिका फरक पर्दा विपरीत हुन जान्छ । दोस्रो– हाम्रा आवश्यकताका वस्तु उत्पादन गर्ने उत्पादनका साधन व्यक्तिको नाममा दर्ता गराइएका हुनाले अनिवार्य रूपमा शोषणलाई प्राथमिकता दिएर काम गरिरहेका छन् । त्यसकारण यी दुईओटै खराबीलाई हटाउन कम्युनिस्ट पार्टी गठन गर्न आवश्यक छ ।
कम्युनिस्ट पार्टी यी दुईओटै कमजोरी हटाउनलाई गठन गरिने संस्था हो । यो वर्गसङ्घर्ष सञ्चालन गर्ने उद्देश्यले गठन गरिन्छ । वर्गसङ्घर्ष सञ्चालन गर्नलाई वर्ग चाहिन्छ । एउटा वर्गले व्यक्तिले विरोधी वर्गको मुक्तिका लागि काम गर्दैन । गर्न मन लागे पनि व्यवहारमा मेल खान्न ।
गरिबको पार्टीले गर्ने सम्मेलन र चुनाव गरिबका आवश्यकता पूरा गर्ने र गर्न सक्ने अथवा जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन आवश्यक योगदान थप्न सक्ने नेतृत्वको टिम बनाउन हो भने धनीको पार्टीले गर्ने सम्मेलन र चुनाव शोषण र भ्रष्टाचारलाई नाफा कमाउन छुट दिँदासाथ आउने नतिजा त्यही हो ।
हाम्रा आवश्यकता खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार हुन् । यी आवश्यकता पूरा गर्नलाई श्रम गर्नुपर्छ । श्रम नगरिकन ती आवश्यकता पूरा हुने व्यक्तिका लागि शोषणप्रधान व्यवस्थाले नै आवश्यकता पूरा गरिदिन्छ । उसले एकातिर, सङ्घर्ष गर्नुपर्दैन भने अर्काेतिर, उसलाई अब नाम, प्रशस्तिको आवश्यकता परेको हुनाले उसले काम आवश्यकता पूरा गर्नका लागि होइन, समाजसेवाको नाममा शोषण बढाउँदा मात्रै ठिक हुन्छ । त्यसकारण उसले समाजसेवा गर्छ, सङ्घर्ष गर्दैन ।
गरिबको पार्टीले गर्ने सम्मेलन र चुनाव गरिबका आवश्यकता पूरा गर्ने र गर्न सक्ने अथवा जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन आवश्यक योगदान थप्न सक्ने नेतृत्वको टिम बनाउन हो भने धनीको पार्टीले गर्ने सम्मेलन र चुनाव शोषण र भ्रष्टाचारलाई नाफा कमाउन छुट दिँदासाथ आउने नतिजा त्यही हो । त्यो नतिजा आउन नदिनलाई उत्पादनका साधन सामूहिक बनाएर काम सबैले काम गर्ने र आफ्नो योग्यता, क्षमताअनुसार पारिश्रमिक बुझेर आफ्ना आवश्यकता भयो भने सबैले आफ्ना व्यक्तिगत समस्या समाधान गर्न व्यक्तिगत रूपमा नै श्रममा सहभागी हुनैपर्दछ ।
बालक, बिरामी, वृद्धवृद्धा, असक्त, अपाङ्गहरू समाजका विशेष अवस्था हुन् । तिनीहरूको व्यवस्थापन गर्नलाई नै सम्मेलन र चुनावको आवश्यकता परेको हो । त्यो नेतृत्वको टिमले गर्ने काम तिनीहरूको व्यवस्थापन हो । शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा नाफा कमाउनु छुट दिएपछि कसैले पनि तिनीहरूको व्यवस्थापन गर्न सक्दैन र गर्ने कुरा पनि हुन्न । आफूले नाफा नकमाउने लोभले आफ्नै विचल्ली हुन्छ, अनि कसले अर्काका लागि सोच्ने समय खर्च गर्न सक्छ ? यसैले विश्वदृष्टिकोणमा आमूल परिवर्तन गर्नु पछिल्लो आवश्यकता हो ।
मान्छे सबै जीवमध्ये सर्वश्रेष्ठ जीव हो । मान्छेहरू आपसमा शोषणमा व्यस्त भएर होइन, आपसमा मिलेर प्रकृतिका अरू जीव र अरू प्राकृतिक श्रोतसाधनको उच्चतम उपयोग सम्पूर्ण मानवजातिकै लागि गर्नुपर्ने हो । त्यसका लागि प्रकृतिले सित्तैमा दिएका कुनै पनि श्रोतसाधन व्यक्तिको नाममा दर्ता गर्न नपाइने नियम नबनाई नहुने नियम हो । साथै सामूहिक श्रम खर्च गरेर निर्माण भएका चिज सामूहिक नै बनाइनुपर्दछ । चुनाव र सम्मेलनमा यो कुराको ख्याल गरिन्न, केवल आफू नेता हुने र अरू सहभागीलाई धेरै आश्वासन र सुविधाका कुरा भट्याउने गरिन्छ ।
नेतृत्व छनौटमा फाइदा उठाउने काम भएको छ अथवा छैन ? त्यसको पनि मूल्याङ्कन गर्दा त्यो कुन वर्गको व्यक्ति हो ? त्यसबाट छुट्याउनुपर्छ । फाइदा उठाउने वर्गको मान्छे हो अथवा श्रम गरेर आफ्नो योगदान थप्ने व्यक्ति हो ? त्यसैलाई आधार बनाएर सही छनौट गर्ने परम्परा बसाल्नुपर्दछ ।
नेतृत्व भनेको सहभागीको नेतृत्व हो । सहभागीका चेतनाको स्तर जहाँ छ, त्यसैको नेतृत्व हुने हो । समाजमा पिछडिएको चेतनाबाट फाइदा उठाउने व्यापक चलन छ । मूल्याङ्कन गर्ने निकाय तिनीहरूभन्दा माथिल्लो स्तरको नभएसम्म सम्मेलन र चुनावले सही परिणाम दिन सक्दैन । त्यो माथिल्लो स्तर भनेको वर्गीय प्रतिनिधिको एउटा पक्ष हो भने राजनैतिक आन्दोलनमा लामो समयको अनुभव प्राप्त गरी खारिएको नेतृत्व हुनु दोस्रो पक्ष हो । यी दुईओटै योग्यता समावेश भएको टिमबाट हुने मूल्याङ्कनले मात्र सही नतिजा दिन सक्दछ तर हाम्रा राजनैतिक पार्टीमा त्यही चिजको खडेरी छ । न त सर्वहारा वर्गका व्यक्ति हुन्छन्, न लामो अनुभवबाट खारिएर आफ्नो भनाइ र गराइमा एकरूपता भएका हुन सक्छन् । ठुला ठुला गफ गरेका, भौतिक परिस्थितिसँग मेल नखाएपछि प्रतिकृयावादी संस्था अथवा राज्यसत्तासँग सम्झौता गरेर कहिल्यै उम्किन नसक्ने गरी दलदलमा फसेको अनुभवसहितका अवसरवादी नेतृत्व छन् । तिनीहरूको मातहतमा रहेर न क्रान्तिकारिता प्रदर्शन हुन सक्छ, न त निर्णायक घडीमा गुणात्मक फड्को मार्ने सम्भावना नै रहन्छ । दुवै कुरा समाप्त पारेर किन फोस्रा काममा अल्मलिरहनुपर्यो ? आफ्नै योग्यता र अनुभव बढाएपछि नै धेरै उच्च शिखर चुम्न सक्ने उत्तम सम्भावना बरु बाँकी रहेकै हुन्छ । धेरै मान्छे अवसरवादको दलदलमा फस्ने कारण पनि त्यही हो । आश्वासन र सुखसुविधाका उधारा कुरामा धेरै मान्छे अल्मलिन्छन् ।
चुनाव गर्ने तरिका मतदान हो । गोप्य मतदान, खुला मतदान, हात उठाएर गिन्ती गर्ने मतदान, ठिक छ/बेठिक छ भनेर आवाजको मतदान, ताली बजाएर बहुमत–अल्पमत छुट्याउने आदि विभिन्न तरिका प्रयोग गरेर नेतृत्वको मूल्याङ्कन अथवा छनौट गरिन्छ । नेतृत्व छनौटमा फाइदा उठाउने काम भएको छ अथवा छैन ? त्यसको पनि मूल्याङ्कन गर्दा त्यो कुन वर्गको व्यक्ति हो ? त्यसबाट छुट्याउनुपर्छ । फाइदा उठाउने वर्गको मान्छे हो अथवा श्रम गरेर आफ्नो योगदान थप्ने व्यक्ति हो ? त्यसैलाई आधार बनाएर सही छनौट गर्ने परम्परा बसाल्नुपर्दछ ।
राज्यसत्ताको कुरा गर्दा नेतागणको मात्र चुनाव गर्दा अपुरो हुन्छ । चुनाव गर्ने हो भने चारओटै शक्ति चुनावबाट नियुक्त हुने गरी चुनाव गर्नुपर्छ अथवा पहिले राज्यसत्तामा संलग्न हुनका लागि एकमुष्ठ चुनाव गर्ने, अनि योग्यताअनुसार सेना, प्रहरी, कर्मचारी र नेतृत्वपङ्क्ति हुने गरी काम विभाजन गरेर जिम्मा पूरा गर्ने परम्पराको सुरुवात गर्नुपर्छ । एकैकिसिमको अधिकारप्राप्त पदमा कोही चुनाव लडेर मात्र पुग्ने, कोही परम्परागत तरिकाले पुग्ने गर्दा चुनाव लड्नुको अर्थ र महत्त्व कम हुन्छ । त्यस्तो हुनुपर्नेमा धुमधामसँग प्रतिनिधिको चुनाव गर्ने काम गर्ने समयमा उनीहरू नै अल्पमतमा पर्ने—यो कृत्रिम र देखावटी तरिका प्रयोग गरेका कारणले चुनाव जिताएर पठाएका नेतागण पनि भ्रष्टाचारमा सहभागी नभई नहुने अवस्था—जुन अहिलेको प्रमुख समस्या हो—आइलाग्छ ।
जनताको बिचमा काम गर्न जानकै लागि करोडौँ रुपियाँ खर्च लाग्ने अवस्था निर्माण भएकाले भ्रष्टाचार र बेरोजगारी बढेकोबढ्यै भएको छ । राज्यसत्ताको एकमुष्ठ चुनाव गर्ने भएको भए अर्काे अवधिका लागि चुनाव जित्न सबै शक्ति सतर्क हुनुपर्ने हुनाले सबैको काम, मूल्याङ्कन सही तरिकाले गर्न पाउने जनताको अधिकार सुरक्षित हुने थियो ।
अर्काेतिर, जनताको बिचमा काम गर्न जानकै लागि करोडौँ रुपियाँ खर्च लाग्ने अवस्था निर्माण भएकाले भ्रष्टाचार र बेरोजगारी बढेकोबढ्यै भएको छ । राज्यसत्ताको एकमुष्ठ चुनाव गर्ने भएको भए अर्काे अवधिका लागि चुनाव जित्न सबै शक्ति सतर्क हुनुपर्ने हुनाले सबैको काम, मूल्याङ्कन सही तरिकाले गर्न पाउने जनताको अधिकार सुरक्षित हुने थियो ।
राज्यसत्ताको चुनाव गर्दा नेता थोरै हुने, रोजगारीका लागि चुनाव हुने र कसैलाई बेरोजगार बनाउन नपाइने तीनओटै कामको एकमुष्ठ समाधान निस्कने थियो; समानताको अवस्था सिर्जना हुने थियो र भ्रष्टाचार घट्ने थियो । साथै विकासको गति बढ्ने थियो । आवश्यकता पूरा गर्ने तरिका बेठिक भएकाले एकातिर सम्पन्नता बढ्दै जाने, अर्काेतिर, विपन्नता पनि बढ्दै जाने दुवैको बिचमा भएको दुरी फराकिलो हुँदै जाने कारणले नेतृत्व छनौटमा नै समस्या छ । एउटा सामान्य प्रस्तावलाई निर्णय गर्न त मतदान गर्नुपर्ने हुन्छ भने स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या समाधानको तरिका पनि मतदानबाट नै समाधान हुने हो तर त्यो निर्वाचित समूहले समस्या समाधानमा पूरै आफ्नो योग्यता हासिल गर्नमा र अनुभव थप्नमा प्रयोग गर्न पाउनुपर्छ ।
नेतृत्वको काम खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारका समस्या समाधान गर्ने नै हुनुपर्छ । भ्रष्टाचार निर्मूल गर्नेमै हुनुपर्छ । जनताका समस्या समाधान गर्ने काममा अवरोध खडा गर्ने काम नाफा कमाउन छुट भएको कारणले हो । त्यसले गर्दा धेरै मान्छे बेरोजगार हुनुपरेको छ । थोरै सङ्ख्याका व्यक्तिसँग सम्पत्ति थुप्रिएको छ । बहुमत जनसङ्ख्या त्यही नाफा कमाउने होडबाजीमा अल्झिएका हुनाले विकास, निर्माण र स्तरोन्नतिमा अवरोध खडा भएको छ । यो तरिकाले एउटा देशको सम्पन्नता कायम गर्न अर्काे देशकाट नाफा कमाउने गर्दा सम्पूर्ण विश्वमा नै नाफा कमाउने प्रतिस्पर्धा भएका कारण आफ्नो देशमा साधनश्रोत भएर पनि अर्काे देशले नाफा कमाउने धन्दा गर्ने हुनाले गरिबीको मार खप्न बाध्य हुनुपरेको छ । त्यसकारण सम्मेलन गर्ने र चुनाव गर्ने तरिकामा आमूल परिवर्तन गर्न आवश्यक छ । सबैको ध्यान त्यतैतिर जाओस् ।