अर्घाखाँची । अखिल (छैठौं) ले सञ्चालन गरेको ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’ अभियान अन्तर्गत अर्घाखाँचीमा संगठन निर्माणसँगै विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको छ । सोही क्रममा अखिल (छैठौं) विश्व माध्यमिक विद्यालय मूल इकाई समिति ढाकावाङले विद्यालय परिसरमा सरसफाइ गरेको छ।
भूमिकास्थान नगरपालिकाको ढाकावाङमा रहेको विश्व मावि विद्यालय परिसर र पिपलनेटा बजार क्षेत्र सरसफाइ गरिएको अखिल (छैठौं) विश्व मावि मूल इकाई समितिका अध्यक्ष प्रशंसा खनालले जानकारी दिनुभयो ।
अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली र राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य टेकराज भुसालको अगुवाईमा सो कार्यक्रम गरिएको हो ।
अखिल (छैठौं) ले देशब्यापीरुपमा सञ्चालन गरेको ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’ अभियान अन्तर्गत अर्घाखाँचीका विभिन्न शैक्षिक संस्थाहरुमा संगठन निर्माण कार्य जारी रहेको छ ।
अखिल (छैठौं) जिल्ला समिति अर्घाखाँचीले गएको मंसिर १५ गतेदेखि ‘विद्यालय देखि विश्वविद्यालय’ विशेष संगठनात्मक अभियानको सुरुवात गरेको हो । संगठनको केन्द्रीय समितिको निर्णय अनुसार मंसिर १५ देखि पुस ३० गतेसम्म विशेष संगठनात्मक अभियान सञ्चालन भइरहेको जिल्ला अध्यक्ष जीवन नेपालीले जानकारी दिनुभयो ।