जगदीश ढकाल, बाँके ।
एमसीसीविरुद्ध आन्दोलनरत बाँकेका विभिन्न ८ राजनीतिक दलले आज (मंगलबार) कोहलपुरमा विरोध प्रदर्शन गर्ने भएका छन् ।
Advertisement
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र साझा विवेकशील पार्टीले संयुक्त कार्यक्रमको आयोजना गरेका हुन् ।
बाँकेका ८ दलले २२ दलीय मोर्चाले केन्द्रमा आयोजना गरेको एमसीसीविरुद्ध संयुक्त कार्यक्रमलाई समर्थन गर्दै जिल्लामा पनि विरोध प्रदर्शनको आयोजना गरेको जनाएका छन् ।
सरकारले विवादित अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने उद्देश्यले आज (मंसिर २८ गते) संसदको बैठक बोलाएको छ ।
