• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान जारी, एकै दिन ६ ठाउँमा प्रशिक्षण


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा, बागलुङले सञ्चालन गरेको संगठनात्मक  अभियान उत्साहका साथ अघि बढेको छ । शनिबार जिल्लाको विभिन्न ६ स्थानमा प्रशिक्षण भेला सम्पन्न भएको राजमो बागलुङले जनाएको छ ।

    Advertisement

    अभियान अन्तरगत गलकोट नगरपालिका–५ हरिचौरमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले सम्बोधन गर्दै जनताको चाहना र एजेन्डालाई उपेक्षा गर्दै राष्ट्रियता र जनजीविकाका मुद्दालाई पटक–पटक कुठाराघात गर्ने पार्टीलाई नेपाली जनताले पहिचान गरेको बताउनु भयो । उहाँले राष्ट्रहित बिपरितको एमसीसी परियोजना पारित हुन नदिन जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताउनु भयो ।

    कार्यक्रममा राजमो बागलुङका अध्यक्ष अमर थापा, गण्डकीका सचिव बेदिलाल सापकोटा, जिल्ला सल्लाहकार टंक केसी, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल शिक्षक संघका बद्री ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    त्यस्तै, राजमो जिल्ला सदस्य पदम श्रेष्ठ, विष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य सुनमाया ढकाल, जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल महिला संघका देबि खत्री, जापान नेपाली एकता समाजका नारायण कडेल लगायतको पनि आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षता, खडक बिकको सञ्चालन र तम बहादुर कार्कीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    यसैगरी, आजै जैमिनी नगरपालिका– ६ अर्जेवामा पनि राजमोको वडा प्रशिक्षण भेला कुखानीमा सम्पन्न भएको छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सचिव सञ्जाल शर्मा, राजमो जैमिनी नगर सदस्य मिना थापा लगायतले मन्तव्य राख्नु भएको थियो।

    कार्यक्रम राजमो वडा समितिका अध्यक्ष गोपिलाल थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत तुल बहादुर राना गर्नु भएको थियो भने सञ्चालन नरिश्वर आचार्यले गर्नु भएको थियो।

    यता, बागलुङ बजारमा राजमोको जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राजमोका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा,राजमो जिल्ला सदस्य थानेश्वर सुवेदी लगायतको सहभागिता रहेको थियो ।

    यसैगरी वडिगाड गाउँपालिका–२ सक्न्यारमा राजमो वडा प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, नेकपा ९मसाल० बागलुङका प्रवक्तक्ता मेकबहादुर पाईजा, राजमो बागलुङका सदस्य बोम बहादुरथापा, जलजलाका अध्यक्ष विमल श्रीस, देव बहादुर सलामी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा दुर्गा अर्याल, बेलु गिरीको आतित्थ्यता रहेको थियो । प्रेम पुनको अध्यक्षता, अनिल वनको सञ्चालन र धन बहादुर बुढाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    यसैगरी राजमो ढोरपाटन नगरपालिका– ४ रिखुवा को वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय राजमोका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धनबहादुर कुवर,राजमो ढोरपाटन नगर अध्यक्ष दिपक थापा, रक्तिम सास्कृतिक अभियानका जिल्ला सचिव शहविन अर्गेजा, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अखिल (छैठौं) बागलुङका सचिव विवश छन्त्याल जीवन बुढाथोकी, ललित गोतामे गौरीश्वर अर्गेजा लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा ढोरपाटन ४ का अध्यक्ष खडक बहादुर कुवरको अध्यक्षता, सचिव कुल बहादुर छन्त्यालको सन्चालन र राम बहादुर अर्गेजाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    त्यस्तै, काठेखोला–३, धम्जामा राष्ट्रिय जनमोर्चाको टोल प्रशिक्षण भेला सम्पन्न भएको छ । भेलामा राजमो बागलुङका जिल्ला सदस्य लक्षमण पुन, काठेखोलाका सदस्य रिमबहादुर थापाले मन्तव्य राख्नु भएको थियो । कर्णबहादुर खत्रीको अध्यक्षता र बरुण बिकको सञ्चालनमा सुरु भएको भेलाले डोलेन्द्र केसीको अध्यक्षता १७ सदस्यीय राजमो धम्जा उपल्लो टोल समिति चयन गरेको छ ।

    यो पनि…..राजमो बागलुङको विशेष संगठनात्मक अभियान : जैदी र नारायणस्थानमा भेला सम्पन्न

    बागलुङमा राजमोको संगठनात्मक अभियान जारी, छिस्ती र अमलाचौरमा प्रशिक्षण

    विशेष संगठनात्मक अभियान राङखानीमा

    बागलुङमा राजमोका विशेष संगठनात्मक अभियान जारी

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.