• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लक्ष्मी गुरुङको व्यक्तित्व र योगदानको बारेमा


  •   शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
  • रेम राना ##
    प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री का. चित्रबहादुर केसीज्यू, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का प्रवक्ता का. रामप्रकाश पुरीज्यू, अन्य भाइचारा सङ्गठन, राजनीतिक पार्टी र सङ्घसंस्थाबाट उपस्थित हुनुभएका प्रतिनिधि साथीहरू, दिवङ्गत लक्ष्मी गुरुङकी छोरा, बुहारी, दाजुलगायतका अन्य परिवारजनका साथै दिवङ्गत लक्ष्मी गुरुङसित प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्धित रही उहाँलाई श्रद्धाञ्जली दिन उपस्थित हुनुभएका सम्पूर्ण सहभागीप्रति म आयोजककोे तर्फबाट अभिनन्दन गर्न चाहन्छु ।

    Advertisement

    गत २०७८ कात्तिक २५ गतेका दिन भएको का. लक्ष्मी गुरुङको असामयिक निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । हामीले पार्टी र सङ्गठनप्रति प्रतिबद्ध, अनुशासित, उत्कृष्ट स्वरकी धनी, सबै कलाकारका अभिभावक एक होनहार प्रतिभालाई सधैँका लागि गुमाएका छौँ । उहाँको निधनले रक्तिम सांस्कृतिक अभियानका साथै नेपालको सिङ्गो जनवादी सांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति पुग्न गएको छ । यस दुखद घडीमा रक्तिम सांस्कृतिक अभियानलाई विगत तीन दशकदेखि अनवरत रूपमा पुराउनुभएको योगदानको उच्च सम्मान र मूल्याङ्कन गर्दै भावपूर्ण श्रद्धाञ्जली दिँदै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छौँ । यसका साथै विगतमा रक्तिम सांस्कृतिक अभियानमा आबद्ध रही हाम्रो अभियानलाई योगदान पुराउनुभएका दिवङ्गत अन्य कलाकार साथीहरू दलबहादुर भण्डारी, कमला सिँजाली, भक्त थापा, ध्रुव ज्ञवाली, धनकाजी गुरुङ आदि कलाकारलाई पनि यस घडीमा सम्झन चाहन्छौँ ।

    जन्म :
    सबै कलाकारका दिदी, आदरणीय लक्ष्मी गुरुङ (दुर्गा) को जन्म २०२३ साल कात्तिक २५ गतेका दिन बुबा कृष्णबहादुर गुरुङ र आमा गर्भी गुरुङको कोखबाट कास्की जिल्लाको भदौरे भन्ने गाउँमा भएको थियो । संयोगको कुरा भनौँ, उहाँको मृत्यु पनि ५५ वर्षको उमेरमा यही २०७८ साल कात्तिक २५ गते नै हुन गएको छ । उहाँको एक छोरा रबिन गुरुङ र बुहारी पूजा गुरुङ हुनुहुन्छ । उहाँहरू जागिरको सिलसिलामा बेलायत बस्ने भएता पनि अहिले यस कार्यक्रममा उहाँहरूलगायत अन्य परिवारजन उपस्थित हुनुभएकाले हाम्रो कार्यक्रमले पूर्णता पाएको महसुस गरिरहेका छौँ ।

    स्वभाव :
    उहाँको स्वभाव अत्यन्तै सरल, मिलनसार, अग्रजको आदर र नयाँ प्रतिभालाई संरक्षण गर्ने खालको थियो । सबै साथीहरूप्रति हार्दिकता, शिष्टता, अनुशासित, जस्तै कठिन परिस्थितिमा पनि विचलित नहुने धैर्यता, व्यावहारिकता र अभिभावकत्व प्रदान गर्ने क्षमता उहाँको स्वभावका विशिष्ट गुण थिए । कमजोर स्वास्थ्य अवस्थाका बाबजुद उहाँको स्वरमा मौलिक प्रकारको मिठास र अत्यन्त माझिएको उत्कृष्ट कर्णप्रिय स्वर थियो । जनवादी सङ्गीतको क्षेत्रमा मात्र नभएर बुर्जुवा फाँटमा समेत उहाँको स्वरले ख्याति र प्रशंसा पाएको थियो ।

    सङ्गठनमा आबद्धता :
    लक्ष्मी गुरुङ भैरहवाको बेलहियामा आफ्ना दाजुभाउजुसित बस्दै आउनुभएको थियो । पहिले उहाँ स्थानीय खुकुरी क्लबमा आबद्ध भई गायन क्षेत्रमा अघि बढ्नुभएको हो । २०४७ सालतिर धनकाजी गुरुङको सम्पर्कबाट रक्तिम अभियानसित जोडिनुभएको थियो । २०५४ सालमा सम्पन्न रक्तिम सांस्कृतिक अभियानको प्रथम राष्ट्रिय सम्मेलनले उहाँलाई केन्द्रीय समितिको सल्लाहकारमा चुनेको थियो । त्यस सम्मेलनमा विभिन्न जिल्लाका सांस्कृतिक टोलीहरूको बिचमा सांस्कृतिक प्रतिष्पर्धा भएको थियो । त्यसमा उहाँले रुपन्देहीको टोलीको नेतृत्व गरेर जानुभएको थियो । त्यस टोलीमा उहाँको छोरा रबिन गुरुङले पनि बाल कलाकारको रूपमा भाग लिनुभएको थियो । २०६३ भदौ १३–१४ गते बुटवलमा सम्पन्न रक्तिम अभियानको राष्ट्रिय भेलाबाट उहाँ केन्द्रीय सदस्य चुनिनुभएको थियो भने २०६७ वैशाख ९–१५ गतेसम्म बुटवलमा सम्पन्न राष्ट्रिय प्रशिक्षण भेलाले केन्द्रीय सल्लाहकार बनाएको थियो । त्यसैगरी २०७५ चैत्र २५–२६ मा सम्पन्न राष्ट्रिय भेलाले पनि केन्द्रीय सल्लाहकारमा चुनेको थियो । त्यसका साथै रुपन्देही जिल्लाको रक्तिमलाई पनि उहाँले नेतृत्व गरिरहनुभएको थियो ।

    सांस्कृतिक यात्रा :
    नेपालमा विशेष गरेर २०६२–६३ को महान् जनान्दोलनको सफलतापछि नै व्यापक रूपमा सांस्कृतिक जागरणको अभियान सुरु भएको हो । त्यस सिलसिलामा हामी दाङको भालुवाङबाट पैदल हिँडेर प्युठान पुगेका थियौँ । प्युठान जिल्लाको गाउँबस्तीमा चलेको एकमहिने सांस्कृतिक यात्राको क्रममा उहाँलाई कति ठाउँमा बोकेर र कतिपय ठाउँमा घोडामा सवार बनाएर कार्यक्रम स्थलसम्म पुराएको सम्झना ताजै छ । बागलुङको एउटा कार्यक्रममा स्थानीय काङ्ग्रेसीले आक्रमण गर्दा उहाँलाई सुरक्षा दिन हम्मेहम्मे परेको थियो । विभिन्न समयमा देशव्यापी चलेको सांस्कृतिक अभियानको दौरानमा का. लक्ष्मी कास्की, स्याङजा, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, दाङ, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, उदयपुर, सिराहा, सप्तरी आदि जिल्लामा सहभागी हुनुभएको थियो भने भारतमा दिल्ली, हरियाणा, पन्जाब र हिमाचल आदि जिल्लामा चलेको जिल्ला, क्षेत्र र केन्द्रीयस्तरका कार्यक्रममा सामेल हुनुभएको थियो । त्यसबाहेक रुपन्देही, कपिलवस्तु, काठमाडौँलगायत ठाउँमा आयोजना हुने सयौँ स्थानीय कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

    गीतसङ्गीतको पक्ष :
    उहाँले रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले प्रकाशित गरेको भाग १२ सम्मको गीतिएल्बमका साथै अन्य कैयौँ अतिरिक्त एल्बममा पनि आफ्नो उत्कृष्ट स्वर दिनुभएको छ । रक्तिम गीतिएल्बम भाग–४ मा “फेरि पनि हुकुमी शासन चल्दै छ”, “सुनबुट्टे रेशमी”, “यो मेरो जीवन”, “चौपारीमा बसेर”, “एक नयाँदिशामा”, “उठ उठ भोका बन्दी”; भाग–५ मा “कम्मरमा खुकुरी भिरी”, “पूर्व बग्ने सुनकोसी”, “रमाइलो बसन्तको गीत”, “नेपाली माटो”; भाग–७ मा “जनवादी सङ्गीत”, “उर्लियो भेल”, “जाग किसान मजदुर”, “फर्किदेऊ लाहुरे”, “मेचीकालीको आह्वान”; भाग–१० मा “तुवाँलोले आकाशै ढाक्यो”, “झर्झर झर्ने झरनाले”, “उत्तरबाट बादल आउँदा”; भाग–११ मा “आँधीखोला”, भाग–१२ मा “छेकेर छेकिन्न”, “सम्पूर्ण मुक्तियोद्धा” का साथै रुपन्देही जिल्लाले निकालेको “वर्गयुद्ध” एल्बममा “वर्गयुद्धको आँधी हो यो”, “सानो झोला काँधैमा”, “जुन जोगी आए नि”, “भोकै छौँ हामी”, “किन फुल्छ मखमली फूल”, “आउलान् हजार बाधाहरू”, “माक्र्सवाद जिन्दावाद”; त्यस्तै थारू भाषाको “गाउँ हमार” एल्बममा “गाउँ हमार हो”, “कुर्सी तोडनेवाले” “डाडु हो”, “सखियै हो”, “मितवारे भइया” जस्ता सयौँ गीतमा स्वर दिनुभएको छ । यसमध्ये “मेचीकाली हाम्रै हो” भन्ने गीतको रचना का. भैरव रेग्मीले गर्नुभएको थियो भने सङ्गीत लक्ष्मीजीले दिनुभएको थियो । उहाँले गाएको गीतमध्ये मणि थापाको रचना र जीवन शर्माको सङ्गीत रहेको “यो मेरो जीवन बर्बादै भयो” र “उत्तरबाट बादल आउँदा” देशविदेशमा अत्यन्त रुचाइएको र लोकप्रिय भएका गीत हुन् ।

    विचार पक्ष :
    कुनै पनि कलाकारका लागि कलात्मक क्षमता मात्र हुनु ठुलो कुरा होइन । वर्गीय समाजमा कुनै पनि कला वा साहित्य निश्चित विचार, सिद्धान्त र अनुशासनद्वारा निर्देशित भएको हुन्छ । त्यस्तो समाजमा कला कसका लागि भन्ने प्रश्नले प्रमुख महत्त्व राख्दछ । का. लक्ष्मी गुरुङ स्पष्ट रूपमा सर्वहारा वर्गीय दृष्टिकोण र अनुशासनद्वारा निर्देशित कलाकार हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नै सङ्गठनभित्र बेलामौकामा देखा पर्ने वैचारिक विचलन र भड्कावका विरुद्ध सशक्त रूपमा उभिनुभएको थियो । २०५३ सालमा आफ्नै सङ्गठनको शीर्षस्थ नेतृत्वबाट भएको कलाकारहरू पार्टीनीति र सिद्धान्तबाट स्वतन्त्र हुनुपर्छ भन्ने वैचारिक स्खलन र सङ्गठन विरोधी गतिविधिका विरुद्ध सङ्घर्ष गर्दै कलाकार पङ्क्तिलाई बचाउने काममा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । तत्कालीन नेतृत्वले उहाँप्रति गरेको उपेक्षा र तिरष्कार प्रवृत्तिको प्रतिवाद गर्नुभएको थियो । रक्तिम अभियानको यस प्रकारको वैचारिक सङ्घर्षको बिचबाट २०५४ फागुन १–३ गतेसम्म काठमाडौँमा सम्पन्न रक्तिमको प्रथम ऐतिहासिक सम्मेलनमा पनि उहाँको महत्त्वपूर्ण भूमिका र योगदान रहेको थियो ।

    पदक र सम्मान :
    जनवादी सङ्गीतको क्षेत्रमा उहाँको अमूल्य योगदानको कदर गर्दै २०६७ साउन ३१ गते नेपाल सरकारको सांस्कृतिक संस्थानद्वारा आयोजित हेमराज आश्रम एकल साँझको अवसरमा सांस्कृतिक संस्थान र नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीद्वारा संयुक्त रूपमा दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस कार्यक्रममा उहाँले “उत्तरबाट बादल आउँदा” लगायत अन्य गीत प्रस्तुत गर्नुभएको थियो र का. विमल पोखरेलले उहाँको जीवनी र साङ्गीतिक यात्राबारे प्रकाश पार्नुभएको थियो ।
    प्राकृतिक रूपमा उहाँमा शारीरिक अशक्तता भए पनि जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत नहारेर कष्ट र अभावको बिचमा पनि अदम्य साहसका साथ आफ्नो जीवनको रथलाई अधि बढाउँदै कुनै पद, प्रतिष्ठा र व्यक्तिगत महत्त्वाकाङ्क्षाबाट माथि उठेर उहाँले जीवनभर रक्तिम सांस्कृतिक यात्राको अभियानलाई निरन्तर अघि बढाउनुभयो । प्रत्येक वर्षको भैलोमा रुपन्देहीका सहर र गाउँबस्ती उहाँको सुमधुर स्वरले गुन्जिन्थ्यो । उहाँको निजी कोठा प्रायशः हाम्रो सङ्गठनको अफिससरह थियो । आज हामी सबैलाई उहाँको अभाव खट्किरहेको छ । हामीले उहाँलाई सधैँ सम्झिरहने छौँ र उहाँको पदचाप पछ्याइरहने छौँ ।

    अन्त्यमा, हामी उहाँले रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र सिङ्गो जनवादी सांस्कृतिक आन्दोलनलाई तीन दशकसम्म पुर्याउनुभएको अमूल्य योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । त्यसका साथै, उहाँले रचना, सङ्गीत गरेका र उहाँको स्वर रहेका गीतको अडियो, भिडियो निकाल्ने, रक्तिम अभियानको मुखपत्रको आगामी अङ्कलाई उहाँको नाममा समर्पित गर्ने, उहाँलाई सधैँ सम्झिरहनका लागि “लक्ष्मी गुरुङ स्मृति प्रतिष्ठान” स्थापना गर्ने र “लक्ष्मी गुरुङ अक्षयकोष” स्थापना गरेर नयाँ प्रतिभाको संरक्षण र सम्वर्धन गर्ने वाचासहित आदरणीय लक्ष्मी गुरुङलाई सम्पूर्ण कलाप्रेमीको तर्फबाट रक्तिम सलामी टक्राउँदै विदा हुन चाहन्छु ।

    (रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिद्वारा २०७८ मङ्सिर ११ गते बुटवलमा आयोजित “का. लक्ष्मी गुरुङ स्मृति तथा श्रद्धाञ्जली सांस्कृतिक कार्यक्रम” मा अध्यक्ष रानाद्वारा प्रस्तुत श्रद्धाञ्जली मन्तव्य)

    शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.