अछान । अछाममा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम मंगलसेनबाट कैलालीको टिकापुरका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै मंगलबार दिउँसो दुर्घटना भएको हो ।
Advertisement
मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१ का एगेन्द्र थापा र वडा नं १४ का टंक भण्डारी रहेका अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।
३८ जना यात्रु सवार बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसेन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको प्रजिअ मल्लले बताउनुभयो ।