• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अमेरिकाको चीन विरुद्धको नयाँ अंकुस अर्थात् “औकुस”


  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
  • सुशील पोखरेल ##
    औकुस अमेरिका, अस्ट्रेलिया र बेलायतबिच भएको रणनैतिक सुरक्षा प्याकेज हो । इन्डो–प्यासिफिक क्षेत्रका लागि बनाइएको यो सङ्गठन १५ सेप्टेम्बर २०२१ मा घोषणा गरिएको हो ।

    Advertisement

    अङ्ग्रेजी अक्षर AUKUS तीन देशको अङ्गे्रजी नामको सङ्क्षिप्त नामबाट नामकरण गरिएको छ; जसअनसार ए को अर्थ अस्ट्रेलिया, यू.के. को अर्थ युनाइटेड किङ्डम अर्थात् बेलायत र यू.एस. को अर्थ संयुक्त राज्य अमेरिका हो । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसिनले संयुक्त रूपमा हस्ताक्षर गरी यो सम्झौता सार्वजनिक गरिएको छ ।

    अस्ट्रेलियायाले यो समझदारी गर्दा उसको फ्रान्ससँगको सम्बन्धमा चिसोपन आएको छ । अमेरिका र बेलायतसँग समझदारी गर्नुपूर्व अस्ट्रेलियाले फ्रान्ससँग सैनिक पनडुब्बी बनाउन ५० बिलियन डलरको कर्जा लिने समझदारी सन् २०१६ मा गरेको थियो । अस्ट्रेलियाले धोका दिएपछि फ्रान्सले अमेरिका र अस्ट्रेलिया दुबै देशबाट राजदूतसमेत फिर्ता बोलाएको छ । फ्रान्ससँगको समझदारी तोडेको अस्ट्रेलियाले आणविक ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन बेलायत र अमेरिकाबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्ने छ ।

    अस्ट्रेलियाको चीनसँगको व्यापार प्रतिस्पर्धालाई क्यास गर्दै अमेरिकाले उसलार्ई आफ्नो इन्डो–प्यासिफिक रणनीति अगाडि बढाउने प्यादाको रूपमा प्रयोग गर्न खोज्दै छ ।

    अमेरिका र बेलायतले फ्रान्ससँग गरिएको समझदारी तोडाउँदै अस्ट्रेलियालाई किन सहयोग गर्दै छन् ? यसको सिधा उत्तर हुन आउँछ: अमेरिका एसियामा झन् हस्तक्षेपकारी रणनीतिका साथ आइरहेको छ । अस्ट्रेलियाको चीनसँगको व्यापार प्रतिस्पर्धालाई क्यास गर्दै अमेरिकाले उसलार्ई आफ्नो इन्डो–प्यासिफिक रणनीति अगाडि बढाउने प्यादाको रूपमा प्रयोग गर्न खोज्दै छ ।

    सोभियत सङ्घको विघटन भएपछि अमेरिकाले करिब दुई दशक विश्वमा दादागिरी चलाउँदै आएको छ । पछिल्लो समय चीनले आर्थिक तथा सैन्य दुबै क्षेत्रमा अभूतपूर्व प्रगति गरेपछि अमेरिकाको निद्रा हराएको छ । चीनको आक्रामक व्यापार रणनीतिका कारण अमेरिकाले विश्वमा बजार गुमाउँदै गएपछि चीनलाई रोक्न अमेरिकाले एसियाकेन्द्रित रणनीति बनाउँदै आएको छ । इन्डो–प्यासिफिक रणनीति एसियामा गुम्दै गएको पकड फर्काउन अमेरिकाले बनाएको सैन्य रणनीति हो । यो रणनीति सफल बनाउन औकुसभन्दा पहिले अमेरिकाले भारत, जापान र अस्ट्रेलियासँग मिलेर क्वार्ड नामको सैन्य समझदारी बनाएको थियो ।

    अमेरिकाले चीनका दुई शक्तिशाली छिमेकी जापान र भारतलाई समेट्दै क्वार्ड बनाएर चीनलाई दबाब दिँदै आएको थियो । जापानको विश्व व्यापार चीनका कारण खुम्चदै जानु तथा दक्षिण एसियामा एकलौटी हालीमुहाली गर्न चाहने भारत दुबैका लागि चीनको उदय सह्य भएको छैन । अर्कातिर पछिल्लो समय आर्थिक प्रगति गरेको अस्ट्रेलियाका लागि पनि चीन अवरोधका रूपमा उभिएपछि भारत, जापान, अस्ट्रेलिया र अमेरिकाबिच चीनलाई तह लगाउन क्वार्ड नामको सैन्य रणनीति बनाइएको थियो । क्वार्ड सैन्य रणनीतिले अपेक्षानुसार काम नगरेपछि अमेरिका बेलायतलाई र अस्ट्रेलियालाई एसियामा अगाडि सार्दै नयाँ रणनीति औकुस लिएर आएको छ ।

    क्वार्ड तथा औकुसको मुख्य रणमैदान दक्षिण चीन सागर भएको छ । आज विश्वका लागि दक्षिण चीन सागर सबैभन्दा महत्त्वपूर्ण रणनैतिक भूगोल बनेको छ । अमेरिका यो रणनैतिक सागरमा पकड जमाउन चाहन्छ ।

    चीनसँग युद्धमा हारेका भारत र जापान चीनको प्रगतिबाट क्रुद्ध भए पनि ऊसँग युद्ध गर्ने आँट गर्न सक्दैनन् । जापान र भारतमा चीनसँग मिलेर आर्थिक फाइदा लिने जनमत बढ्दै गएको देखिन्छ, जुन अमेरिकाका लागि प्रतिकूल सन्देश हो । दोस्रो विश्वयुद्धमा अमेरिकाले तहसनहस पारेको जापान तथा सयौँ वर्ष अङ्ग्रेजको शासन झेलेको भारतको जनमत अमेरिकाले चाहेको जस्तो छैन । तसर्थ क्वार्ड सैन्य रणनीति असफल बनेको हो । अमेरिका क्वार्डलाई पनि यथास्थितिमा सञ्चालन गर्दै औकुस सैन्य रणनीति अगाडि बढाउन चाहन्छ । चीनको कारण व्यापारमा प्रगति गर्न अप्ठेरो परेपछि अस्ट्रेलिया चीनका विरुद्ध युद्ध गर्नुपरे पनि तयार मनस्थितिका साथ क्वार्ड र औकुस दुबै रणनीतिको साझेदार भएको छ ।

    क्वार्ड तथा औकुसको मुख्य रणमैदान दक्षिण चीन सागर भएको छ । आज विश्वका लागि दक्षिण चीन सागर सबैभन्दा महत्त्वपूर्ण रणनैतिक भूगोल बनेको छ । अमेरिका यो रणनैतिक सागरमा पकड जमाउन चाहन्छ । संसारको ३३ प्रतिशत पानीजहाजले यो सागर प्रयोग गर्दछन् । पेट्रोलियम पदार्थ बोकेका ५० प्रतिशत जहाज यसै सागरबाट आवतजावत गर्दछन् । यो सागर ऊर्जा क्षेत्रको गेटवेका रूपमा प्रचलित भएको छ । यो सागरमार्फत तीन ट्रिलियन डलरको व्यापार हुन्छ । चीनको ८० प्रतिशत व्यापार यसै सागरमार्फत हुने भएकाले अमेरिका यो सागर कब्जा गरी उसलाई खुम्चाउन चाहन्छ ।

    प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थ प्रचूर मात्रामा भएको यो सागरमा अमेरिका ५० वर्षअघि देखि कब्जा जमाउन चाहन्थ्यो । आधा शताब्दीअघि भियतनाममाथि आक्रमण गरी यो क्षेत्रमा आधिपत्य जमाउने अमेरिकी प्रयासलाई भियतनामी जनताले लामो र कठिन सङ्घर्षमार्फत असफल बनाइदिएका थिए । प्रसान्त महासागरका एक महत्त्वपूर्ण हिस्सा दक्षिण चीन सागरमा चीनका साथै मलेसिया, ताइवान, फिलिपिन्स, भियतनामलगायतका देशले हकदाबी गर्दै आएका छन् ।

    चीनलाई साइजमा राख्ने इन्डो–प्यासिफिक रणनीतिको अहिलेको मुख्य उद्देश्य हो । यसलाई कार्यान्वयन गर्न क्वार्ड हुँदै अमेरिकाले औकुस जस्ता सैन्य रणनीति बनाएको छ

    अन्तर्राष्ट्रिय नियमानुसार जमिन सतहबाट २२ किलोमिटर सम्बन्धित देशको राजनैतिक तथा ३७० किलोमिटर क्षेत्रमा आर्थिक अधिकार भए पनि चीन यो क्षेत्रलाई आफ्नो विशेष अधिकार प्राप्त भूगोल मान्दछ । चीनको संसारमा व्यापार गर्ने मुख्य मार्ग दक्षिण चीन सागर भएको हुँदा उसले यसलाई पूर्ण पकडमा राख्न चाहन्छ भने अमेरिका यो मार्गमा चीनलाई डिस्टर्ब गरी चीनको व्यापार बिगार्न चाहन्छ । अमेरिकाले अहिले पनि चीनले यो सागरमा अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरेको आरोप लगाउँदै अनुगमनको नाममा आफ्नो नौसैनिक विमानवाहक जहाज राख्दै आएको छ ।

    चीनलाई साइजमा राख्ने इन्डो–प्यासिफिक रणनीतिको अहिलेको मुख्य उद्देश्य हो । यसलाई कार्यान्वयन गर्न क्वार्ड हुँदै अमेरिकाले औकुस जस्ता सैन्य रणनीति बनाएको छ । “फुटाऊ र शासन गर” रणनीति अँगालेको अमेरिका एसियाली शक्तिशाली देशहरू भारत र जापानलाई उनीहरूको छिमेकी चीन विरुद्ध उचालेर ब्याकफोर्सको रूपमा अस्ट्रेलिया र बेलायतलाई राख्ने रणनीति बनाएको छ । औकुस सैन्य रणनीतिका कारण दक्षिण चीन सागर युद्धको कारक बन्दै छ, जसले समग्र एसियामा युद्धको बादल मडारिरहेको आभास हुन थालेको छ ।
    औकुस सैन्य रणनीतिले तत्काल अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन सहयोग पुग्ने छ । यो रणनीतिअनुसार अस्ट्रेलियाले लामो दुरीमा प्रहार गर्ने आणविक क्षेप्यास्त्र बनाउन आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्ने छ । अस्ट्रेलियाका हवाइ, सामुद्रिक तथा थलसेना सशक्तीकरण गर्ने यो रणनीतिले स्पष्ट पारेको छ । यो रणनीतिअनुसार अस्टे«लियाले आर्टिफिसियल इन्टेलिजेन्समा समेत दक्षता हासिल गर्ने छ । व्यापारमा चीनसँग प्रतिस्पर्धा गर्न नसकेको अस्ट्रेलिया आणविक शक्तिसम्पन्न हुन समग्र एसियाका लागि राम्रो होइन ।

    वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यसलाई पास गर्नुपर्ने तथा यसका विरुद्ध अनावश्यक भ्रम फैलाउन नहुने भन्दै एमसिसीको पक्षमा वकालत गर्दै आएका छन् ।

    चीनका विरुद्दद्ध आक्रामक रणनीतिका साथ आएको अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिको एक अङ्ग एमसिसी परियोजना नेपालमा निर्णायक मोडमा छ । नेपालको आर्थिक उन्नतिभन्दा पनि चीनका विरुद्ध नेपालको भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसिसी परियोजना नेपालमा लागु गर्न अमेरिका चाहन्छ भन्ने प्रस्ट छ तर वर्तमान सत्ताधारी तथा प्रतिपक्षले यो परियोजना नेपालको संसद्बाट पास गर्न अमेरिकालाई आश्वस्त पार्दै आएका छन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यसलाई पास गर्नुपर्ने तथा यसका विरुद्ध अनावश्यक भ्रम फैलाउन नहुने भन्दै एमसिसीको पक्षमा वकालत गर्दै आएका छन् । पश्चिमा देशबाट विभिन्न लाभ लिँदै आएका केही बुद्धिजीवीले पनि यसको पक्षमा नेपालका सञ्चार माध्यमको प्रयोग गर्दै जनतामा भ्रम फैलाउदै आएका छन् । नेपालले आर्थिक प्याकेजलाई मात्र ध्यान नदिई समग्र अमेरिकी चरित्रका बारेमा तथा यस्ता सहयोगभित्र आएका अमेरिकाका अनेक रणनीतिका बारेमा सचेतना अपनाउँदै यसलाई फिर्ता पठाउने हिम्मत गर्नैपर्दछ ।

    बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी
    आशावादी हुन गुटेरेसको आग्रह
    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • २.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ३.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ४.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • ५.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ६.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ७.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ८.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.