काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार भएको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबराले नै अहिलेको संकटको निकास दिनुपर्ने निर्णय गरेको हो ।
तीन घण्टा भन्दा धेरै लामो छलफलपछि न्यायाधीशहरुले प्रधानन्यायाधीशले नै अहिलेको समस्याको निकास दिनुपर्ने निचोड निकालेका हुन् । अहिलेको संकटको कारण नै प्रधानन्यायाधीश भएकाले उनले राजीनामा दिनु नै उचित हुने उनीहरुको मत रहेको छ। यसबारेमा भोलि प्रधानन्यायाधीशलाई भेटेर धारणा सुनाउने स्रोतले जनाएको छ ।
न्यायाधीशहरुले सोमबार इजलाससमेत बहिष्कार गरेर छलफलमा जुटेका हुन् । न्यायाधीशहरु आफ्नो च्याम्बरमा गए पनि कोही पनि इजालसमा सहभागी भएका छैनन्।
सोमबार दिउँसो साढे १ बजे बस्ने भनिएको ‘फुलकोर्ट’ समेत बहिष्कार गरेका न्यायाधीशहरूको अलग्गै बैठकले प्रधानन्यायाधीशविरुद्ध अझै कडा कदम चाल्ने तयारी गरेका छन् ।