• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संगठित गुटबन्दी वा वार्ताको अवमूल्यन गर्ने प्रयास ?


  •   शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर ##
    नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक (२०७८ भदौ २९ देखि ३१ गते) पछि असोज १ गते महामन्त्री मोहनविक्रम सिंहद्वारा सार्वजनिक गरिएको प्रेसवक्तव्यको तेह्रौँ बुँदामा भनिएको छ–

    Advertisement

    “यो कुरा स्पष्ट छ कि केही साथीहरूले सनियत नै पार्टीलाई फुटाउने प्रयत्न गरिरहेका छन् र महाधिवेशनको समयदेखि नै उनीहरूले त्यसो गर्न प्रयत्न गर्दै आएका छन् । यद्यपि प्रकट रूपमा उनीहरूले अहिले भर्खरै त्यो दिशामा केही पहल गर्न थालेका छन् तर पार्टीबाट निष्काशित वा फुटपरस्त सबै साथीहरूले सनियत नै त्यसो गरेका छन् र उनीहरू सबै बेइमान हुन् भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ । कतिपय साथीहरूले विभिन्न प्रकारको गलतफहमी वा कतिपय व्यक्तिगत कारणले त्यसो गरेको हुन सक्दछ । गतकालमा पार्टीको कारबाहीमा परेका, फुटेर गएका वा अन्य पार्टीमा समेत सामेल भएका कतिपय इमान्दार साथीहरू पुनः पार्टीमा फर्केर आएका र पार्टीको केन्द्रीय समितिसहित उच्च समितिमा रहेका पनि कैयौँ उदाहरण छन् । त्यसकारण अहिले विभिन्न कारणले पार्टीबाट अलग भएका वा फुटेर गएका साथीहरूप्रति हामीले कुनै पूर्वाग्रह राख्दैनौँ र हामीले उनीहरूप्रति ढोकाबन्दको नीति अपनाउँदैनौँ । त्यसैले अहिले पार्टीमा निष्काशित वा फुटेर गएका सबै इमान्दार साथीहरूलाई पुनः पार्टीमा ल्याउनका लागि पहलकदमी गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ । त्यसका लागि पार्टीले एउटा कार्यदलको पनि गठन गरेको छ । त्यसले पार्टीबाट निष्काशित वा फुटेर गएका साथीहरूसित भेटघाट वा वार्ता गरेर सबै इमान्दार साथीहरूलाई पुनः पार्टीमा ल्याउनका लागि पहलकदमी गर्ने छ । पार्टीमा त्यसरी पुनः प्रवेश गर्ने सबै साथीहरूको आफ्ना मतभेद कायम राख्ने र पार्टीका विधान र अनुशासनअन्तर्गत रहेर अन्तरसङ्घर्ष चलाउने अधिकार सुरक्षित रहने छ तर उनीहरूले पार्टीको आठौँ महाधिवेशनका निर्णयलाई स्वीकार गर्ने, पार्टीको अनुशासनलाई मान्ने, कुनै मतभेदलाई पार्टीभित्रका असम्बन्धित समिति वा सार्वजनिक रूपमा नलैजाने तथा सबै खुला र समानान्तर गतिविधि नगर्ने न्यूनतम सर्तलाई पालन गर्नुपर्ने छ, जो पार्टीका सबै सदस्यले पालन गर्नुपर्ने अनिवार्य नियम हुन् ।”

    यद्यपि सुरुमा नै को इमान्दार ? को बेइमान ? त्यो छुट्याउनु सम्भव नभएकाले सबैसित भेटघाट वा वार्ता गर्नुपर्ने हुन्छ । फेरि पनि पार्टीको अनुशासन मान्न तयार रहनेलाई इमानदार साथी मान्न सकिन्छ ।

    प्रेसवक्तव्यको प्रस्तुत उद्धरणबाट यी तथ्य प्रष्ट हुन्छन् :

    १. सनियत नै पार्टी फुटाउन चाहनेसित होइन, पार्टी फुटाउन नचाहने नेकपा (मसाल) प्रति इमान्दार साथीहरूसित पार्टीले गठन गरेको कार्यदलले भेटघाट वा वार्ता गर्ने छ । यद्यपि सुरुमा नै को इमान्दार ? को बेइमान ? त्यो छुट्याउनु सम्भव नभएकाले सबैसित भेटघाट वा वार्ता गर्नुपर्ने हुन्छ । फेरि पनि पार्टीको अनुशासन मान्न तयार रहनेलाई इमानदार साथी मान्न सकिन्छ ।

    २. विभिन्न प्रकारका गलतफहमीमा परेका वा कतिपय व्यक्तिगत कारणले फुटपरस्त गतिविधिमा लागेकासित समेत पार्टीले गठन गरेको कार्यदलले भेटघाट वा वार्ता गर्ने छ ।

    ३. गत कालमा जस्तै अहिले पनि पार्टीबाट निष्काशित वा फुटेर गएका इमान्दार साथीहरूप्रति पार्टीले कुनै पनि प्रकारको पूर्वाग्रह वा ढोकाबन्दको नीति अपनाउने छैन ।

    ४. पार्टीबाट निष्काशित वा फुटेर गएका साथीहरू पार्टीमा पुनः सामेल भएको खण्डमा आम पार्टीसदस्यले जस्तै यी सर्त पालना गर्नुपर्ने छ :

    क. आठौँ महाधिवेशनको निर्णयलाई स्वीकार गर्ने ।

    ख. पार्टीको अनुशासन मान्ने ।

    ग. मतभेदलाई असम्बन्धित समितिमा वा सार्वजनिक रूपमा नलैजाने ।

    घ. खुला र समानान्तर गतिविधि बन्द गर्ने ।

    प्रेसवक्तव्यमा उल्लिखित उपर्युक्त तथ्यबाट अहिले नेकपा (मसाल) को कार्यदलले पार्टीबाट निष्काशित वा अलग भएका व्यक्तिमध्ये कुन प्रकारको तप्कासित भेटघाट वा वार्ता गर्ने छ भन्ने प्रष्ट हुन्छ तर पार्टीबाट निष्काशित वा अलग भएका व्यक्तिहरूले भने विषयवस्तुलाई बेग्लै प्रकारले तोडमोड गर्ने प्रयास गरिरहेका छन् ।

    नेकपा (मसाल) ले कुनै पृथक् सङ्घसंस्थासित होइन, बरु पार्टीप्रति इमान्दार रहेर पनि विभिन्न कारणले पार्टीबाट निष्काशित भएका वा अलग भएका र अहिले फुटपरस्त गतिविधिमा लागेकासित भेटघाट वा वार्ता गर्ने हो । “राष्ट्रिय जागरण अभियान” लाई नेकपा (मसाल) ले भेटघाट वा वार्ताका लागि सम्बन्धित पक्ष मानेको छैन ।

    सामाजिक सन्जालमा प्रस्तुत भएका अभिव्यक्तिलाई आधार बनाउने हो भने ती सबै अभिव्यक्तिलाई यसरी बुँदाकृत गर्न सकिन्छ :

    १. पार्टीबाट निष्काशित वा अलग भएका व्यक्तिहरूमध्ये कतिपयले यो भेटघाट वा वार्तालाई दुई पृथक् अस्तित्वयुक्त सङ्गठनमाझ हुने क्रियाकलापको रूपमा प्रस्तुत गरिरहेका छन् । पहिले “राष्ट्रिय जागरण अभियान” ले प्रेसवक्तव्यमार्फत भेटघाट वा वार्तासम्बन्धी धारणा प्रस्तुत गर्नु र पछि पहिलो चरणको भेटघाट वा वार्ताबारे पुनः अर्को प्रेसवक्तव्यमार्फत् जानकारी दिनुले यही बताउँछ : वार्ता नेकपा (मसाल) र “राष्ट्रिय जागरण अभियान” माझ हुँदै छ । जबकि नेकपा (मसाल) ले कुनै पृथक् सङ्घसंस्थासित होइन, बरु पार्टीप्रति इमान्दार रहेर पनि विभिन्न कारणले पार्टीबाट निष्काशित भएका वा अलग भएका र अहिले फुटपरस्त गतिविधिमा लागेकासित भेटघाट वा वार्ता गर्ने हो । “राष्ट्रिय जागरण अभियान” लाई नेकपा (मसाल) ले भेटघाट वा वार्ताका लागि सम्बन्धित पक्ष मानेको छैन ।

    २. पार्टीबाट निष्काशित वा अलग भएका—जसमध्ये थुप्रै साथीहरू “राष्ट्रिय जागरण अभियान” मा सामेल छन्—ले नेकपा (मसाल) ले पार्टीमा पुनः सामेल हुनका लागि जुन सर्त निश्चित गरेको छ, त्यसलाई अस्वीकार गर्ने विचार व्यक्त गरेको पाइन्छ । उनीहरूका अनुसार वार्ता निःसर्त हुनुपर्दछ । जबकि नेकपा (मसाल) मा फर्कन चाहने व्यक्तिले आम पार्टीसदस्यले मान्ने सामान्य अनुशासन, विधि र प्रक्रिया मान्नुपर्दछ भन्ने प्रष्ट छ । उनीहरूका लागि आम पार्टीसदस्यलाई भन्दा बेग्लै र विशेष सहुलियत दिएर अराजकता फैलाउने छुट नेकपा (मसाल) ले दिन सक्दैन भन्ने पनि त्यत्तिकै प्रष्ट छ ।

    ३. उनीहरूमध्ये एकथरीले वार्ता वा भेटघाटलाई लेनदेन (गिभ एन्ड टेक) को रूपमा प्रस्तुत गरिरहेका छन्; उदाहरणका लागि सरकार र विद्रोहीमाझको वार्ता । जस्तो कि माथि नै उल्लेख गरियो, यो भेटघाट वा वार्ता दुई पृथक् अस्तित्वयुक्त पार्टी वा सङ्घसंस्थामाझको होइन, बरु यो त विभिन्न कारणले पार्टीबाट निष्काशित वा अलग भएका इमान्दार व्यक्तिलाई पुनः पार्टीमा प्रवेश गराउने सामान्य प्रयास मात्र हो ।

    ४. त्यस्तै, उनीहरूमध्ये कतिपयले भेटघाट वा वार्ताका लागि आफ्नै प्रकारले दुईओटा सर्त राखेका छन् : क. सम्पूर्ण अनुशासनका कारबाही फिर्ता हुनुपर्दछ; ख. विशेष महाधिवेशनको आयोजना गरिनुपर्दछ ।

    विशेष महाधिवेशन गैरपार्टी सदस्यले सडकबाट माग गर्ने विषय होइन । त्यसका लागि नेकपा (मसाल) को विधानमा स्पष्ट व्यवस्था छ । पार्टीबाहिर रहेका व्यक्तिले माग गर्ने महाधिवेशन नेकपा (मसाल) को विशेष महाधिवेशन हुन सक्दैन । विशेष महाधिवेशनको माग गर्ने अधिकार पार्टीसदस्यलाई मात्रै छ ।

    प्रष्टै छ, सम्पूर्ण अनुशासनका कारबाहीको प्रकृति एकै प्रकारको हुँदैन र अहिले पनि हुन सक्दैन । अनुशासनको कारबाही हुँदाको विषयवस्तुअनुुसार त्यसमा फरक गर्नुपर्ने हुन्छ ।

    जहाँसम्म विशेष महाधिवेशनको सन्दर्भ छ, त्यसका लागि बेग्लै व्यवस्था छ । विशेष महाधिवेशन गैरपार्टी सदस्यले सडकबाट माग गर्ने विषय होइन । त्यसका लागि नेकपा (मसाल) को विधानमा स्पष्ट व्यवस्था छ । पार्टीबाहिर रहेका व्यक्तिले माग गर्ने महाधिवेशन नेकपा (मसाल) को विशेष महाधिवेशन हुन सक्दैन । विशेष महाधिवेशनको माग गर्ने अधिकार पार्टीसदस्यलाई मात्रै छ । त्यसका विपरीत कसैले पार्टीबाहिरबाट यस खालको महाधिवेशन माग गर्छ भने त्यो जोकसैले कुनै पनि बेला गर्न सक्छ । त्यसकारण यस्तो माग अहिलेको भेटघाट वा वार्ताको विषयवस्तु बन्न सक्दैन ।

    यसरी पार्टीबाट निष्काशित वा अलग भएका व्यक्तिहरूले भेटघाट वा वार्तासम्बन्धी विषयवस्तुलाई तोडमोड गर्न खोजेको प्रष्ट हुन्छ । त्यस सम्बन्धमा सबैभन्दा गम्भीर विषय हो– अनुशासनविहीन व्यक्तिमाझको संस्थागत गुटबन्दीद्वारा त्यस्तो प्रयास गर्नु । त्यही कारणले गर्दा उनीहरूले व्यक्तिसित गरिने भेटघाट वा वार्तालाई संस्थागत गुटबन्दीको रूप प्रदान गर्ने प्रयास गरिरहेका छन् ।

    कम्युनिस्ट पार्टीमा मतभेद उत्पन्न हुनु सामान्य परिघटना हो । त्यसैगरी, आफ्ना व्यक्तिगत मतभेदका बाबजुद बहुमतको निर्णय मानेर जानु पनि अर्को सामान्य परिघटना हो तर यहाँ बहुमतको निर्णयलाई मानेर जाने सामान्य विषयवस्तुप्रति अरुचि मात्रै होइन, त्यसको खुल्लम्खुल्ला उल्लङ्घनसमेत गरिएको छ । यस खालको प्रवृत्तिलाई पार्टीबाट निष्काशित वा अलग भएका व्यक्तिहरूमध्येको एउटा तप्काद्वारा प्रोत्साहन गरिएको छ । फलस्वरूप परिणाम आएको छ, संस्थागत गुटबन्दी ।

    पार्टीबाट निष्काशित वा अलग भएकामध्ये एउटा तप्काले नेकपा (मसाल) को आठौँ महाधिवेशनयता भिन्नमत राख्नेहरूको माझमा समूह निर्माण गरिएको छ र त्यसलाई संस्थागत रूप दिने प्रयास जारी छ । त्यस क्रममा “राष्ट्रिय जागरण अभियान” जस्तो राजनीतिक संस्था नै निर्माण गरिएको छ । त्यो संस्थाले एकातिर आठौँ महाधिवेशनमा फरक मत राखेका साथीहरूमाझ कोअर्डिनेसन गरेर संस्थागत गुटबन्दी गरिरहेको छ भने अर्कातिर त्यसले गोप्य र सार्वजनिक दुवै प्रकारले मसाल विरोधी मोर्चाबन्दी निर्माण गर्ने प्रयास गरिरहेको छ; साथै त्यसलाई सुदृढ गर्ने प्रयास पनि गरिरहेको छ ।

    पार्टीबाट निष्काशित वा अलग भएकामध्ये एउटा तप्काले नेकपा (मसाल) को आठौँ महाधिवेशनयता भिन्नमत राख्नेहरूको माझमा समूह निर्माण गरिएको छ र त्यसलाई संस्थागत रूप दिने प्रयास जारी छ । त्यस क्रममा “राष्ट्रिय जागरण अभियान” जस्तो राजनीतिक संस्था नै निर्माण गरिएको छ । त्यो संस्थाले एकातिर आठौँ महाधिवेशनमा फरक मत राखेका साथीहरूमाझ कोअर्डिनेसन गरेर संस्थागत गुटबन्दी गरिरहेको छ भने अर्कातिर त्यसले गोप्य र सार्वजनिक दुवै प्रकारले मसाल विरोधी मोर्चाबन्दी निर्माण गर्ने प्रयास गरिरहेको छ; साथै त्यसलाई सुदृढ गर्ने प्रयास पनि गरिरहेको छ । त्यस क्रममा जसले नेकपा (मसाल) को सार्वजनिक रूपमा विरोध गर्दछ वा जो व्यक्ति मसालबाट अनुशासनको कारबाहीमा पर्दछन्, उनीहरूलाई उच्च प्राथमिकता दिने गरिएको छ । यस खालको तप्कालाई “राष्ट्रिय जागरण अभियान” र पार्टीको सम्पत्ति कब्जा गरेर सञ्चालनमा आएको “हाँक” साप्ताहिकले उच्च प्राथमिकता दिएको प्रष्टै छ ।

    नेकपा (मसाल) बाट निष्काशित वा अलग भएका व्यक्तिहरूमध्यले एकथरीले आठौँ महाधिवेशनद्वारा पारित प्रस्तावलाई दक्षिणपन्थी बताइरहेका छन् र महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अस्वीकार गरिरहेका छन्, त्यो पनि सार्वजनिक रूपमा । जुन व्यक्तिहरू कम्युनिस्ट पार्टीको अनुशासनमा बस्दछन्, उनीहरूले महाधिवेशनद्वारा पारित प्रस्ताव र नेतृत्वको समेत सार्वजनिक विरोध गर्न पाउँदैनन् भन्ने उनीहरूलाई थाहा नभएको विषय होइन । फेरि पनि उनीहरूले त्यही कर्म गरिरहेका छन् भने त्यो कार्य सनियत नै भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

    दुःखको विषय छ : यसरी मसाल विरोधी मोर्चाबन्दी गरिरहँदा उनीहरूले प्रष्ट राजनीति अगाडि ल्याएका छैनन् । उनीहरूसित खालि यो तर्क छ : आठौँ महाधिवेशनमा प्रस्तुत अल्पमतको प्रस्ताव र फरकमत नै हाम्रो राजनीतिक लाइन हो तर उनीहरूले जानिबुझिकन नै यो विषयलाई पृष्ठभूमिमा राखेका छन् : अल्पमतको प्रस्ताव र फरकमत आफैमा सिङ्गो र एकीकृत राजनीतिक लाइन हुन सक्दैन । अल्पमतको प्रस्ताव र फरकमत एउटै विषय होइनन् । त्यसमा कैयौँ भिन्नता छन् । त्यसलाई मूल राजनीतिक लाइनको रूप प्रदान गर्नका लागि एउटा विधि र प्रक्रियाबाट गुज्रिनुपर्ने हुन्छ । उनीहरू त्यो विधि र प्रक्रियाबाट नगुज्रिकन नै आफूहरूसँग प्रष्ट राजनीतिक लाइन भएको दाबी गरिरहेका छन् ।

    यस्तो दाबी गरिए पनि उनीहरूमाझ तात्कालिक राजनीतिक लाइनकै सन्दर्भमा फरकमत छ भन्ने बुझ्नका लागि यी केही उदाहरण नै काफी छन् :

    उनीहरूको तात्कालिक गतिविधि हेर्दा स्थानीयस्तरको समिति गठन गर्दै पछि केन्द्रीयस्तरको सङ्गठन निर्माण गर्न खोजेको देखिन्छ तर यसमा पनि विरोधभास छ अर्थात् आफूहरूले फरक पार्टी खोल्न नखोजेको, बरु आफ्नो पार्टी नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चा नै हो भन्ने दाबीसमेत गरिएको छ ।

    क. एकथरीले नेकपा (मसाल) को आठौँ महाधिवेशनले दक्षिणपन्थी दिशा लिइसकेको ठोकुवा गरेका छन् ।

    ख. अर्काथरीले तात्कालिक घटनाक्रम—जस्तो कि गण्डकी प्रदेशको कृष्ण थापा प्रकरण—लाई लिएर पार्टी दक्षिणपन्थी भासमा जान थालेको बताएका छन् र पार्टीलाई दक्षिणपन्थी दिशामा जान नदिनका लागि आफूहरूले अन्तरसङ्घर्ष गरिरहेको बताइरहेका छन् ।

    ग. उनीहरूको तात्कालिक गतिविधि हेर्दा स्थानीयस्तरको समिति गठन गर्दै पछि केन्द्रीयस्तरको सङ्गठन निर्माण गर्न खोजेको देखिन्छ तर यसमा पनि विरोधभास छ अर्थात् आफूहरूले फरक पार्टी खोल्न नखोजेको, बरु आफ्नो पार्टी नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चा नै हो भन्ने दाबीसमेत गरिएको छ ।

    घ. यता, मसालबाट निष्काशन भएपछि क. कृष्ण पौडेलले भिडियो अन्तर्वार्तामार्फत् वाम ध्रुवीकरणमा जाने विचार व्यक्त गर्नुभएको थियो ।
    यसरी उनीहरू सबैले आफूलाई आठौँ महाधिवेशनको अल्पमत पक्ष वा फरकमत पक्ष भने पनि आपसमै एकमत हुन नसकिरहेको चित्र हामीमाझ प्रस्तुत हुन्छ :

    क. नेकपा (मसाल) दक्षिणपन्थी भइसक्यो वा त्यो दिशातिर जाँदै छ ?

    ख. उनीहरू पृथक् पार्टी गठनको दिशातिर जाँदै छन् वा वाम ध्रुवीकरणतर्फ ? या अहिले पार्टी गठन गरेर वाम ध्रुवीकरणतर्फ जाँदै छन् ?

    अहिलेको यथार्थ हो : पार्टीबाट निष्काशित वा अलग भएकामध्य एउटा तप्काले नेकपा (मसाल) दक्षिणपन्थी भयो भन्दै आठौँ महाधिवेशनपूर्वको अल्पमत पक्ष वा फरकमत र त्यससित सम्बन्धित सम्पर्कसूत्रलाई प्रयोग गरेर संस्थागत गुटबन्दी गरिरहेका छन् ।

    अहिलेको यथार्थ हो : पार्टीबाट निष्काशित वा अलग भएकामध्य एउटा तप्काले नेकपा (मसाल) दक्षिणपन्थी भयो भन्दै आठौँ महाधिवेशनपूर्वको अल्पमत पक्ष वा फरकमत र त्यससित सम्बन्धित सम्पर्कसूत्रलाई प्रयोग गरेर संस्थागत गुटबन्दी गरिरहेका छन् । अब त्यो गतिविधि एक कदम अगाडि बढेको छ । उनीहरू खुला गतिविधि गरेर समानान्तर समिति गठन गर्न थालेका छन् । अहिले नेकपा (मसाल) ले भेटघाट वा वार्ताको निर्णय गरेपछि उनीहरूले त्यसलाई पनि त्यही संस्थागत गुटबन्दीकै माध्यमबाट उपयोग गर्ने कोसिस गरिरहेका छन् । यसरी उनीहरूले व्यक्तिको नेकपा (मसाल) मा पुनः सामेल हुन पाउने आत्मनिर्णयको अधिकारलाई अतिक्रमण गर्दै भेटघाट वा वार्ताप्रक्रियालाई संस्थागत गुटबन्दीद्वारा अवमूल्यन गर्ने प्रयास गरिरहेका छन् ।

    आवश्यकता यो छ– जुन साथीहरू आठौँ महाधिवेशनको राजनीति स्वीकार गर्दछन्, उनीहरू पार्टी अनुशासन मान्दै पार्टीमा पुनः सामेल होउन् तथा फरकमत राख्ने साथीहरू पनि सम्बन्धित च्यानलमार्फत प्रस्तुत होउन् । पार्टीको राजनीति र अनुशासन मान्ने/नमान्ने विषय पार्टीसदस्यका लागि व्यक्तिगत निर्णयको सवाल हो । पार्टीसदस्य आफू रहेको समितिप्रति जवाफदेही हुँदै गर्दा उसले राखेको फरकमतले विधि, प्रक्रियामार्फत् निकास पाउन सक्छ । त्यसकारण संस्थागत गुटबन्दी समस्याको सही समाधान होइन ।

    शुक्रबार, असोज २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.