• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) को सम्मेलन र भगौडाका झुटको खेती


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • सुवाश जिसी ##
    भव्य उद्घाटन सत्र
    अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन २०७८ असोज २२, २३ र २४ गते भव्य र सानदार रूपमा सम्पन्न भएको छ । सर्वप्रथम अखिल (छैठौं) को सम्मेलन सम्पन्न गर्न अहोरात्र खट्नुहुने सम्पुर्ण विद्यार्थी कमरेड, पार्टीपङ्क्ति, सहयोगदाता, अतिथि, स्वयम्सेवक र आयोजना स्थलका कारण अनवरत खट्नुहुने अखिल (छैठौं) रुपन्देही जिल्लाका सम्पूर्ण साथीहरूप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु ।

    Advertisement

    हाम्रो सम्मेलनको उद्घाटन समारोह असोज २२ गते वुटवलको बेलवासमा सम्पन्न भएको थियो । सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष वोमबहादुर खत्री, अखिल (छैठौं) का पूर्व अध्यक्ष कृष्ण अधिकारी, तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष वद्रे आलम, जातीय समता समाजका अध्यक्ष राजेश विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, लुम्बिनी प्रदेशक राजमो सांसद तारा जिसी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कार्यवाहक अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल महिला सङ्घका महासचिव सकुन्तला राना, अखिल नेपाल शिक्षक सङ्घकी उपाध्यक्ष कमला बन्जाडे, रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रम, अखिल नेपाल कानुन व्यवसायी सङ्घका सदस्य हेमराज शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज पौडेल, प्रगतिशिल पत्रकार सङ्घका डिआर बन्जाडेलगायत उपस्थित भई शुभकामना मनत्व्य दिनुभएको थियो ।

    सम्मेलन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । प्रतिनिधि र पर्यवेक्षकले छलफलमा जनवादको राम्रो प्रयोग गर्नुभएको थियो । त्यहाँ कसैको असहमति र विमति थिएनन् । सम्भवतः यो सम्मेलन अहिलेसम्मकै व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा व्यापक एकताको सन्देशसहित सम्पन्न भएको थियो ।

    कार्यक्रममा शुभकामना दिन नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, नेकपा (एमाले) निकट अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे, नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष मुक्तिराज पौडेल, अखिल (पाँचौँ) का प्रतिनिधि भरत पाण्डे उपस्थित हुनुभएको थियो । अखिल (छैठौं) का पूर्व महासचिवद्वय सुरेश थापा र भीमलाल पोखरेल, पूर्व उपाध्यक्ष कृष्णराज पाण्डेसमेतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

    सम्पूर्ण सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरी अगाडि बढेको कार्यक्रममा राष्ट्रिय गीत गाइएको थियो । अखिल (छैठौं) रुपन्देहीका पूर्व अध्यक्ष सरोजमान सिंहले मन्तव्य र रक्तिमका कलाकारबाट गीत र नृत्यबाट स्वागत गर्नुभएको थियो । समारोहको अध्यक्षता युनियनका अध्यक्ष विमल पोखरेलले गर्नुभएको थियो भने सञ्चालन कार्यवाहक महासचिव सुवाश जिसीले गर्नुभएको थियो ।

    उद्घाटन स्थल ब्यानर र झन्डाले झकिझकाउ थियो भने देशभरका प्रतिनिधि, पर्यवेक्षक र दर्शकले हल भरिभराउ थियो ।

    सम्मेलनको दोस्रो दिन बन्दसत्र सञ्चालन भएको थियो । दर्ता भएका प्रतिनिधि र पर्यवेक्षकले तीन सदस्यीय अध्यक्षमण्डल चयन गरेका थिए ।

    मण्डलमा अतिथिहरूबाट युनियनका पूर्व महासचिव भीमलाल पोखरेल, आयोजकवाट केन्द्रीय सदस्य खगेन्द्रा विष्ट र प्रतिनिधिबाट टङ्क अवस्थी रहनुभएको थियो । अध्यक्षमण्डलको अध्यक्ष टङ्क अवस्थी, सञ्चालन भीमलाल पोखरेल र समय व्यवस्थापन खगेन्द्रा विष्टले गर्नुभएको थियो ।

    बन्दसत्र
    बन्दसत्रको पहिलो दिन अध्यक्ष विमल पोखरेलले प्रस्तुत गर्नुभएको राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन, कार्यवाहक महासचिव सुवाश जिसीले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र कार्यवाहक कोषाध्यक्ष प्रतिभा आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरी हलबाट सुझावसहित सर्वसम्मत पास गरिएको थियो । हलले आलोचना र आत्मालोचनाको प्रस्तावसमेत पास गरेको थियो ।

    सम्मेलनको तेस्रो र बन्द सत्रको दोस्रो दिन उपाध्यक्ष गणेश अधिकारीले पेस गरेको विषेश प्रस्ताव हलले पास गरेको थियो । ३५ सदस्यीय केन्द्रीय समितिसहितको ८० सदस्यीय राष्ट्रिय परिषद्को सर्वसम्मत चयन भएको थियो । समितिको अध्यक्षमा देवेन्द्र कुँवर, उपाध्यक्षमा गणेश अधिकारी र नवीन पाण्डे तथा महासचिवमा सुवाश जिसी निर्वाचित हुनुभएको छ । यस्तै, सरोजमान सिंह र इन्द्रमणि पाण्डे सचिव र

    कोषाध्यक्षमा प्रतिभा आचार्य चयन हुनुभएको थियो । सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन हुनुभएको छ ।

    केन्द्रीय सदस्यमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टङ्क अवस्थी, नवीन केसी, सागर बेलवासे, रिसव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सुदीप पौडेल, केशव बुढाथोकी, दानु सारू र विमल पाण्डे निर्वाचित हुनुभएको छ ।

    सम्मेलनले लक्ष्मण विक, जीवन नेपाली, दीपेन्द्र पौडेल, सन्जिला बुढा, सागर सुवेदी, कर्म जोशी, तिर्सना श्रीनेत र गणेश सापकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ ।

    निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपालप्रसाद भट्टराईलाई सल्लाहकारका चयन गरेको थियो ।

    नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष विमल पोखरेलले सपथ ग्रहण गराउनुभएको थियो । समितिको सपथ ग्रहणपछि अध्यक्षमण्डलले बन्दसत्र समापन भएको घोषणा गरेको थियो ।

    समापन समारोह
    सम्मेलनको समापन कार्यक्रम निर्वाचित समितिले सञ्चालन गरेको थियो । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो भने सञ्चालन महासचिव सुवाश जिसीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, निवर्तमान अध्यक्ष विमल पोखरेल, पूर्व महासचिव भीमलाल पोखरेल, अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पाण्डे र राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतम उपस्थित हुनुहुन्थ्यो । नवनिर्वाचित समितिलाई अध्यक्ष केसीले शुभकामना दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष देवेन्द्र कुँवरले प्रतिबद्धतासहित आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    यसरी सम्मेलन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । प्रतिनिधि र पर्यवेक्षकले छलफलमा जनवादको राम्रो प्रयोग गर्नुभएको थियो । त्यहाँ कसैको असहमति र विमति थिएनन् । सम्भवतः यो सम्मेलन अहिलेसम्मकै व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा व्यापक एकताको सन्देशसहित सम्पन्न भएको थियो ।

    भगौडाका झुटको खेती
    केही समाचारमा अखिल (छैठौं) को सम्मेलनमा विवादमा भएको, समानान्तर समिति गठन भएको, सङ्गठन विभाजन भएको जस्ता समाचार प्रकाशित भएका छन् । ती समाचार निराधार, झुट, कपोकल्पित, हास्यास्पद र लज्जास्पद छन् । सङ्गठनको जिम्मेवारी पूरा नगरेका, भ्रष्ट, अराजक र अनुशासनविहीनको तमासाबाहेक त्यो अरू केही होइन । तिनीहरूले सहारा लिएको झुट देख्दा उनिहरूको चरित्रको असली स्वरूप बाहिर आएको छ भने उनीहरूको धरातल स्पष्ट भएको छ ।

    समानान्तर भनिएको समितिका अध्यक्ष महेशराज जोशी र उनको हालको कर्म देख्दा टिठ, दया र उदेकबाहेक केही लाग्दैन । युनियनको सम्मेलनको सन्दर्भमा २०७७ पुस २५ गते बसेको केन्द्रीय समितिको बैठकमा तत्कालीन महासचिव रहेका उनले सम्मेलन २०७८ जेठ २१, २२ र २३ गते कन्चनपुरको महेन्द्रनगरमा गर्ने प्रस्ताव गरेका थिए । हामी सबैले त्यो प्रस्तावलाई स्वीकार गरेका थियौँ । पछि २०७८ वैशाख १ गते कार्यालयको बैठकमा उनी र अर्का एक जना सचिवालय सदस्यसमेतले काठमाडौँ आएर सम्मेलन महेन्द्रनगरमा गर्न नसकिने र सम्मेलन स्थगित गर्न माग गरे । उनीहरूले सङ्गठनको सिन्को पनि नभाचेपछि त्यहाँ सम्मेलन गर्न सकिने स्थिति भएन र त्यसलाई सार्ने निर्णय भएको थियो ।

    उनीहरूले प्रतिवेदनमा असहमति राखेर देशभरका प्रतिनिधिसहितको बन्दसत्रको सञ्चालन धनगढीमा गरेको भनेका छन् : न उनीहरूमध्य कोही हाम्रो सम्मेलनमा थिए, न कसैको प्रतिवेदनमा असहमति नै थियो । उनीहरूको सम्मेलनमा उपस्थिति र प्रतिवेदनमा असहमतिको कुरा निच र घृणित झुटबाहेक अरू केही हुन सक्दैन ।

    साउनमा भएको युनियनको भर्चुअल वैठकले पाल्पामा सम्मेलन गर्ने निर्णय भएको थियो । तर पछि तयारी र व्यवस्थापनका हिसाबले पाल्पामा सम्मेलन गर्न अप्ठ्यारो हुने स्थितिमाथि विचार गरेर सम्मेलन बुटवलमा सार्ने निर्णय भएको थियो । त्यो बिचमा महासचिवको स्थिति ठिकै थियो । सुदूरपश्चिममा केही अनुशासनविहीन, अराजक र पदका भोगीले “समानान्तर समिति” को ताण्डव देखाए । त्यस कर्ममा हाम्रा महासचिव स्वयम् लागे । त्यसको केही दिनअघि सम्म उनको हामीसँग सम्पर्क थियो । त्यतिन्जेल सङ्गठनभित्र सबै ठिकठाक थियो तर रातारात उनी पार्टी विरोधी गतिविधिमा संलग्न भए । एकैरातमा पार्टीलाई “दक्षिणपन्थी” ठोके र आफू क्रान्तिकारी ठहरिए । योभन्दा महापतन अरू के नै हुन सक्छ ? एकैरातमा उहीँ कुरा उल्टोको सुल्टो र सुल्टोको उल्टो कसरी हुन सक्छ ? त्यो हामीले उनैसँग मात्र सिक्न सक्छौँ । आफूले गरेको भ्रष्टाचारमाथि पार्टीले प्रश्न उठाउने भएपछि लाज लुकाउन चालेको चाल अब संसारले थाहा पाइसकेको छ ।

    उनीहरूले यति घटिया झुटको सहारा लिए कि आफूहरू सम्मेलनमा उपस्थित भएको र राजनैतिक प्रतिवेदनमा असहमति राखेको भनेर एउटा कागजको खोस्टोमा उल्लेख गरेको भेटिएको छ । उनीहरूले प्रतिवेदनमा असहमति राखेर देशभरका प्रतिनिधिसहितको बन्दसत्रको सञ्चालन धनगढीमा गरेको भनेका छन् : न उनीहरूमध्य कोही हाम्रो सम्मेलनमा थिए, न कसैको प्रतिवेदनमा असहमति नै थियो । उनीहरूको सम्मेलनमा उपस्थिति र प्रतिवेदनमा असहमतिको कुरा निच र घृणित झुटबाहेक अरू केही हुन सक्दैन ।

    दुईचार जना लठैतलाई जम्मा पारेर हुँदै नभएका विद्यार्थी, हुँदै नभएका व्यक्ति र केही अराजकको नाम लेखेर अखिल (छैठौं) को “समानान्तर समिति” हुने होइन । त्यस्ता भगौडा र भ्रष्ट चरित्र भएका व्यक्तिहरूले सार्वजनिक गरेको कागजको खोस्टोलाई अखिल (छैठौं) को बाइसौं राष्ट्रिय सम्मेलनले खारेज गरेको छ ।

    वास्तवमा अखिल (छैठौं) को राष्ट्रिय सम्मेलन अभूतपूर्व एकतासहित भव्य र सानदार रूपमा सम्पन्न भएको छ । आगामी दिनमा अखिल (छैठौं) को ऐतिहासिक विरासतलाई अगाडि बढाउँदै, विद्यार्थी आन्दोलनलाई राजनैतिक नेतृत्व प्रदान गर्नु र सङ्गठनलाई सुदृढ गर्नु हाम्रो कार्यभार हुने छ । हामी नयाँ सोच, विचार र दृढसङ्कल्पका साथ सङ्गठनलाई अगाडि बढाउनु हाम्रो जिम्मेवारी र दायित्व ठानेका छौँ ।

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.