• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फेसबुकमा देखिएका विरोधबारे


  •   मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
  • मनोज भट्ट ##
    फेसबुकमा नेकपा (मसाल) को विरोधमा दिनहुँजसो सैयौँ फेसबुक प्रयोगकर्ताहरूले केही न केही लेखी नै रहेका हुन्छन् । फेसबुकमा नेकपा (मसाल) को विरोधमा सानोतिनो एक प्रकारको बाढी नै आएको छ भन्दा हुन्छ तर फेसबुक प्रयोगकर्ताले पार्टीको विरोध गर्दा कुनै सिद्धान्त, दर्शन र राजनीतिमाथि आधारित भएर विवेकसम्मत ढङ्गबाट नभएर जसरी हुन्छ, पार्टीको विरोध गनुपर्छ भन्ने मानसिकताबाट पे्ररित भएर विरोध गरेको पाइन्छ ।

    Advertisement

    फेसबुकमा देखिएका वा लेखिएका सबै विरोधलाई यो सानो लेखमा चर्चा गर्न सम्भव छैन । फेसबुकमा हाम्रा विरुद्ध गरिने विरोधको प्रकृतिलाई बुझ्न त्यहाँ गरिएका विरोधका केही प्रतिनिधि वा नमुना उदाहरण प्रस्तुत गरेर विषयवस्तुलाई स्पष्ट पार्ने प्रयास गर्ने छु ।

    हाम्रो पार्टीबाट गण्डकी प्रदेशसभामा विजयी तर पछि दल त्यागसम्बन्धी व्यवहार देखाएका कारण सांसद पदबाट बर्खास्त एक जना कामरेडले २०७८ असोज १९ गते आफ्नो फेसबुक स्टाटसमा निम्न विचार पोस्ट गरेका छन् : “गठबन्धनमा प्रधान न्यायाधीशलाई सामेल बनाई मन्त्री दिने भएपछि हजारौँ कुकर्म गर्न उद्यत सरकार बनिरहेको छ । अग्रगमन भन्दै निर्लज्ज राजनीतिक अपव्याख्या गरी राजनीतिक समर्थन गर्नु इतिहासकै कलङ्क हो । प्रतिकृयावादी र साम्राज्यवादीको दलाली हो ।”

    यो पोस्टले वर्तमान सरकारलाई अग्रगमन भनेर समर्थन गर्नु इतिहासको कलङ्क तथा प्रतिकृयावादी तथा साम्राज्यवादीको दलाली हो भनिएको छ । वर्तमान सरकारलाई पार्टीले समर्थन गरेका कारण फेसबुक प्रयोगकर्ताले पार्टीको विरोध गरेको कुरा बुझ्न कुनै गाह्रो पर्दैन । फेसबुक प्रयोगकर्ताको ओली सरकार प्रतिगमनको बाटोमा हिँडे पनि त्यसका विरुद्ध सङ्घर्ष गर्नु हुँदैनथ्यो र ओलीको सरकारलाई फाल्नु हुदैनथ्यो भन्ने नै निष्कर्ष हो । फेसबुक प्रयोगकर्ताले वर्तमान सरकारलाई पार्टीले गरेको राजनीतिक समर्थनलाई प्रतिगामी कोणबाट विरोध गरेको कुरा पनि स्पष्ट नै छ ।

    “आलु खाएर पेडाको धाक” लगाउने सायद यस्तैलाई भन्छन् । पक्ष लिने प्रतिगमनको तर धक्कु लगाउने कथित क्रान्तिकारिताको; अझ त्यसमा पनि प्रतिगामी कोणबाट पार्टीमाथि हमला गर्नेहरूका विचारलाई कतिपयले लाइक तथा सेयर गरेर झन् विडम्बनापूर्ण व्यवहार देखाएर पार्टी विरोधी गतिविधिमा सामेल भइरहेका छन् ।

    तत्कालीन अवस्थामा ओली सरकारको पक्षमा घरेलु प्रतिकृयावादी तथा भारतीय साम्राज्यवाद रहेको थियो । भारतीय रणनीतिअन्तर्गत नै ओलीले प्रतिगमन लादेका थिए । ओलीले लादेको प्रतिगमनबाट सबैभन्दा खुसी राजावादी तथा भारतीय हिन्दु अतिवादी शक्ति भएका थिए । प्रतिगमन परास्त हुँदा ती शक्तिहरूले नै सबैभन्दा बढी संसद पुनस्र्थापनाको विरोध गरिरहेका छन् । फेसबुक प्रयोगकर्ताले पनि आफूलाई त्यही पङ्क्तिमा उभ्याएर वर्तमान सरकारको विरोध र ओलीले लादेको प्रतिगमनको समर्थन गरेर पार्टीमाथि हमला गरिरहेका छन ।

    प्रतिगामी कोणबाट पार्टीमाथि हमला गरेर आफूलाई क्रान्तिकारी देखाउन हास्यास्पद प्रयत्न गरेका छन । “आलु खाएर पेडाको धाक” लगाउने सायद यस्तैलाई भन्छन् । पक्ष लिने प्रतिगमनको तर धक्कु लगाउने कथित क्रान्तिकारिताको; अझ त्यसमा पनि प्रतिगामी कोणबाट पार्टीमाथि हमला गर्नेहरूका विचारलाई कतिपयले लाइक तथा सेयर गरेर झन् विडम्बनापूर्ण व्यवहार देखाएर पार्टी विरोधी गतिविधिमा सामेल भइरहेका छन् ।

    वर्तमान सरकारलाई हाम्रो पार्टीले गरेको राजनीतिक समर्थनको सीमा र प्रष्ट मार्गचित्र छ । ओलीको प्रतिगमनका विरुद्ध आउने शक्तिसँग सहकार्य गर्नु र ओलीको विरुद्ध रहेका शक्तिको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने नीति रहेको थियो र छ तर ओलीका विरुद्ध खडा हुने सबै शक्तिलाई हामीले कहिँ पनि “अग्रगामी” भनेका छैनौँ । राजनीतिक बोलीचालीका हिसाबले विद्यमान राजनीतिक प्रणालीबाट पछाडि फर्किनु वा वर्तमान अवस्थामा गणतन्त्रलाई समाप्त गरेर निरङ्कुशतालाई स्थापना गर्न खोज्नु वा संसदलाइ स्वेच्छाचारी तथा असंवैधानिक ढङ्गबाट विघटन गर्ने कार्यलाई प्रतिगमन भनिन्छ । वैधानिक वा निरङ्कुश राजतन्त्रको तुलनामा वर्तमान गणतन्त्रात्मक प्रणाली जनवादी गणतन्त्रमा जानका लागि राजनीतिक शक्ति सन्तुलन क्रान्तिका पक्षमा अनुकूल नहुँदासम्मका लागि अग्रगामी हुन्छ । भोलि क्रान्तिका लागि राजनीतिक शक्ति सन्तुलन अनुकूल हुने, विद्यमान व्यवस्थाभन्दा अगाडि जाने परिस्थिति निर्माण भएमा तर हामी विद्यमान ब्यवस्थामा टाँसिइरहन्छौँ भने त्यो गलत तथा यथास्थितिको पक्षपोषण गर्ने काम हुने छ तर खतरामा रहेको गणतन्त्रको रक्षाका लागि प्रयत्न गर्नु “इतिहासकै कलङ्क” वा “प्रतिकृयावादी र साम्राज्यवादीको दलाली” नभएर बरु प्रतिगमनको पक्षमा लाग्नु “इतिहासकै कलङ्क” तथा “प्रतिकृयावादी र साम्राज्यवादीको दलाली” का रूपमा इतिहासमा दर्ज भएको छ ।

    हामीले सरकारका गलत क्रियाकलापका विरुद्ध सङ्घर्ष गरी पनि रहेका छौँ । त्यस्तो अवस्थामा सरकारको गलत कामका लागि हामी दोषी बन्ने प्रश्न आउँदैन । राजनीतिक समर्थन गरेको कुरालाई आधार बनाएर सरकारका सबै गलत क्रियाकलापको दोषको हामीलाई भागिदार बनाइने तर्क गर्नु मूर्खता हुने छ ।

    प्रतिगमनलाई परास्त गर्न वा त्यसका विरुद्ध हामीले वर्तमान सरकारलाई राजनीतिक रूपले समर्थन गरेका हौँ तर हाम्रो समर्थनमा वर्तमान सरकार निर्माण हुन सहयोग पुगेको भए पनि सरकारले गर्ने सबै प्रकारका जनघात, राष्ट्रघातका विरुद्ध हाम्रो सङ्घर्ष गर्ने नीति छ । हामीले सरकारका गलत क्रियाकलापका विरुद्ध सङ्घर्ष गरी पनि रहेका छौँ । त्यस्तो अवस्थामा सरकारको गलत कामका लागि हामी दोषी बन्ने प्रश्न आउँदैन । राजनीतिक समर्थन गरेको कुरालाई आधार बनाएर सरकारका सबै गलत क्रियाकलापको दोषको हामीलाई भागिदार बनाइने तर्क गर्नु मूर्खता हुने छ ।

    अहिलेको विकृति, विसङ्गतिको मुख्य जड त संसदीय व्यवस्था नै हो । राजनीतिक अस्थिरता, दलबदल, भ्रष्टाचार, कुशासन, क्रान्तिकारीहरूको कत्लेआम, गरिबी, बेरोजगारी त संसदीय व्यवस्थाका मुख्य तथा आधारभूत कमजोरीभित्र पर्दछन् तर निरङ्कुशताका विरुद्ध संसदीय प्रणालीलाई हामीले समर्थन गरेका छौँ । त्यसका पक्षमा भएका सङ्घर्षमा भाग लिएका छौँ । त्यसो भए निरङ्कुशताका विरुद्ध संसदीय प्रणालीलाई समर्थन गरेका कारण संसदीय व्यवस्थाका सबै खराब पक्षका लागि हामी दोषी हुन्छौँ कि हुँदैनौँ ? निश्चित रूपले हुँदैनौँ । त्यसैगरी वर्तमान सरकारका गलत क्रियाकलापका लागि हामी जिम्मेवार हुँदैनौँ । हामीलाई जिम्मेवार देखाउने वा बनाउने कुरा निम्नस्तरको राजनीतिक दिवालियापन मात्र हो ।

    डोटीका एक जना फेसबुक प्रयोगकर्ताले २०७८ साउन २८ का दिन आफ्नो फेसबुक वालमा निम्न स्टाटस राखेका थिए : “एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न मरिहत्ते गर्ने र वर्गीय रूपमा सर्वहारा वर्गका विरोधी पार्टीलाई सत्तामा पुर्याउन गरिएको दलाली र नौटङ्कीले क्रान्तिकारी सिद्धान्तको मुकुन्डोभित्र लुकेको आडम्बरी चित्र समयमै बाहिर आएको छ ।”

    यस प्रकारको स्टाटस राखेबापत निजसित पार्टीले स्पष्टीकरणसमेत मागेको थियो । यो स्टाटसले भन्छ– एमसिसी पास गर्न मरिहत्ते गर्ने तथा सर्वहारा वर्ग विरोधी पार्टीलाई सरकारमा पठाउने काम गर्नु गलत भएको छ । काङ्ग्रेसलाई सरकारमा पुर्याउन नेकपा (मसाल) ले नेकाको दलाली गरेको जस्तो गम्भीर आरोप लगाइएको छ । हाँसोउठ्दो कुरा के छ भने तिनै व्यक्तिले असोज २२ गतेको आफ्नो फेसबुक स्टाटस लेख्दै फेसबुक प्रयोगकर्ताकै विश्लेषणअनुसार पनि वर्तमान सरकार “एमसिसी पास गर्न मरिहत्ते गर्ने तथा वर्गीय रूपमा सर्वहारा वर्ग विरोधी” पार्टीको सरकार हो, त्यस्तो सरकारलाई समर्थन गरेका कारण हाम्रो पार्टीले तिनीहरूको “दलाल” भएको आरोपसमेत लगाइएको छ तर त्यस्तो सरकारको पर्यटन मन्त्रीलाई ठुला ठुला अक्षरमा बधाइ दिँदा त्यो सरकार “एमसिसी पास गर्न मरिहत्ते गर्ने तथा वर्गीय रूपमा सर्वहारा वर्ग विरोधी” पार्टीको सरकार हो, त्यस्तो सरकारलाई समर्थन गरेका कारण हाम्रो पार्टीलाई निजले “दलाल” जस्तो गम्भीर आरोप लगाएको भुसुक्कै बिर्सेछन् ।

    आफूले सरकारका मन्त्रीलाई बधाइ दिँदा सरकारलाई प्रतिगमन विरोधी वा राम्रो देख्ने तर त्यही सरकारले हामीले राजनीतिक समर्थन गर्दा हाम्रो कडा विरोध मात्र होइन, दलाल जस्तो गम्भीर आरोप लगाउन पछि नपर्ने कार्यले त “जसरी हुन्छ, मसालको विरोध गर” भन्ने एकसूत्रीय नीतिले काम गरेको कुरा प्रष्ट छ ।

    आफूले सरकारका मन्त्रीलाई बधाइ दिँदा सरकारलाई प्रतिगमन विरोधी वा राम्रो देख्ने तर त्यही सरकारले हामीले राजनीतिक समर्थन गर्दा हाम्रो कडा विरोध मात्र होइन, दलाल जस्तो गम्भीर आरोप लगाउन पछि नपर्ने कार्यले त “जसरी हुन्छ, मसालको विरोध गर” भन्ने एकसूत्रीय नीतिले काम गरेको कुरा प्रष्ट छ । सरकारको विषयलाई उठाएर हामीमाथि प्रहार गर्न सरकारको विरोध तर त्यही सरकारका मन्त्रीलाई सार्वजनिक शुभकामना दिनु कस्तो आश्चर्यलाग्दो तथा विचित्रको तर्क प्रणाली हो ? विरोधका लागि मात्र विरोध गर्ने तरिकाले त सम्बन्धित व्यक्ति वा सङ्गठनलाई नै क्षति पुग्छ ।

    हाम्रो पार्टीको विरोधमा लेख्ने प्रायः सबैजसो फेसबुक प्रयोगकर्ताले पार्टीले नेका जस्तो वर्गदुश्मनसँग सहकार्य गर्नु गलत भएको कुरा उठाउने गरेको पाइन्छ । हामीले दुश्मन वर्गसँग गर्नेे सहकार्य प्रसिद्ध सङ्घर्ष–एकता–सङ्घर्षको सिद्धान्तमाथि आधारित छ ।

    ओलीले लादेको प्रतिगमनका विरुद्ध आउने सबै शक्तिसँग सहकार्यको नीति अपनाएका थियौँ र छौँ । नेकपा (एमाले) लाई हामीले मित्रशक्तिका रूपमा विश्लेषण गरे पनि तात्कालिक राजनीतिमा उसले लिएको बाटो प्रतिगामी थियो । अहिले पनि एमाले प्रतिगमनको बाटोबाट पछाडि फर्केको छैन । एमालेले ओलीको बहिर्गमन गरेर आफूलाई सच्याएको छैन । त्यस्तो अवस्थामा एमाले मित्रशक्ति हुँदाहुँदै पनि त्यसले लिएको प्रतिगामी कदमका विरुद्ध हामी उभिनुपर्यो ।

    मित्रशक्तिले लिएको गलत राजनीतिका विरुद्ध विगतमा पनि हामी कैयौँपटक उभिएको इतिहास छ । माओवादी मित्रशक्ति भएर पनि उसले लिएको फासीवादी नीतिका विरुद्ध सङ्घर्षमा उत्रिनुपर्यो । त्यसका साथै उसले अपनाएको जातीय सङ्घीयता, एक मधेस एक प्रदेशका विरुद्ध कडा सङ्घर्ष गर्नुप¥यो । त्यसै गरी तत्कालीन मालेले जनमत सङ्ग्रह बहिष्कार गर्ने मात्रै होइन, राजा ज्ञानेन्द्रले लादेको प्रतिगमन आंशिक सच्चियो भनेर राजाको सरकारमा सामेल हुने नीतिका विरुद्ध सङ्घर्ष गर्नुपरेको सबैलाई थाहा नै छ । त्यसैले कतिपय अवस्थामा दुश्मनसँग मात्र होइन, मित्रसँग पनि उसका गलत नीतिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने हुन्छ भने दुश्मनले तत्कालको राजनीतिमा लिएका कतिपय सकारात्मक नीतिका कारण ऊसँग सहकार्य गर्नुपर्ने हुन्छ ।

    हामीले काङ्ग्रेससँग सहकार्य गरेको चर्को विरोध गर्ने फुटपरस्त तथा अनुशासनको कारबाहीमा परी पार्टीबाट निकालिएकाहरू राजावादीसँग मिलेर एमसिसी विरुद्धको आन्दोलनमा सगर्व सहभागी छन । तिनीहरूले भन्न सक्नुपर्यो, राजावादीहरू मित्रशक्ति भएको हुनाले उनीहरूसँग सहकार्य गरेका हुन् त ?

    नेकासँग गरिएको सहकार्य नितान्त कार्यनीतिक प्रश्न मात्र हो । परिस्थितिमा आउने परिवर्तनसँगै कार्यनीति पनि परिवर्तन हुन्छ । त्यसैले लेनिनले २४ घण्टामा पनि कार्यनीति परिवर्तन हुन सक्छ भनेका छन् । कार्यनीति निर्धारण गर्दा तात्कालिक राजनीतिक परिस्थितिलाई आधार बनाइछ । तात्कालिक राजनीतिक परिस्थितिमा जो पक्षसँग नीति मिल्छ, त्यो शक्तिसँग कार्यगत एकता वा सहकार्य हुन्छ तर रणनीति निर्धारण गर्दा वर्गविश्लेषणलाई आधार बनाइछ । यद्यपि त्यो बेला पनि क्रान्तिका दुश्मनशक्ति भनेर किटान गरिएका वर्गका बिच अन्तर गर्नुपर्ने पनि हुन सक्दछ ।

    विदेशी दलाल पुँजीपति वर्ग नयाँ जनवादी क्रान्तिका दुश्मन शक्ति हुन् तर माओले यो वर्गका बिच पनि अन्तर गर्नुपर्ने बताएका छन । चीनमा लगानी गर्ने जापानी पुँजीपति र अन्य मुलुकबाट चीन आएको पुँजीका बिच अन्तर थियो । निश्चित रूपले हाम्रो अहिलेको सङ्घर्ष रणनीतिक लक्ष्य प्राप्तिका लागि नभएकाले कुन पार्टीसँग सहकार्य गर्ने वा नगर्ने कुराको निक्र्योल गर्न सम्बन्धित पार्टीको वर्गविश्लेषणलाई आधार बनाउन जरुरी छैन । त्यसो गर्ने हो भने त हामीले देशको तात्कालिक राजनीतिमा कहिल्यै पनि ठोस भूमिका खेल्न सक्दैनौँ ।

    यस सन्दर्भमा अर्को पक्षमा पनि हाम्रो ध्यान जानुपर्दछ कि तात्कालिक राजनीतिक परिस्थितिको सवालमा कतिपय अवस्थामा कुनै शक्तिसँग हाम्रो नीति मेल खाए पनि त्योसँग हाम्रो सहकार्य नहुन पनि सक्दछ । जस्तै– हामी सङ्घीयताको विपक्षमा छौँ । राजावादी शक्तिहरू पनि सङ्घीयताको विपक्षमा छन । सङ्घीयताको विपक्षमा भए पनि तत्कालका लागि त्यस मुद्दामा उनीहरूसँग हाम्रो सहकार्य हुन सक्दैन ।

    उनीहरूले गणतन्त्र विरुद्धको अभियानलाई तीव्र पारेका छन् । गणतन्त्रका विरुद्ध जनअसन्तोष बढ्दो छ । त्यो असन्तोषलाई आफ्नो प्रतिगामी राजनीतिक उद्देश्य प्राप्तिका लागि राजावादी शक्तिहरू सक्रिय छन् । सङ्घीयता तथा राष्ट्रियतासँग जोडिएका मुद्दालाई समेत गणतन्त्रका विरुद्ध प्रयोग गरिरहेका हुनाले उनीहरूसँग वर्तमान अवस्थामा सहकार्य हुन सक्दैन । हामीले एमसिसी विरुद्धको आन्दोलनमा राजावादी शक्तिलाई समेत सामेल गर्ने २२ दलीय गठबन्धनको नीतिसँग असहमति राखेका छौँ र राजावादीसहितको आन्दोलनमा हामी सामेल छैनौँ ।

    हामीले काङ्ग्रेससँग सहकार्य गरेको चर्को विरोध गर्ने फुटपरस्त तथा अनुशासनको कारबाहीमा परी पार्टीबाट निकालिएकाहरू राजावादीसँग मिलेर एमसिसी विरुद्धको आन्दोलनमा सगर्व सहभागी छन । तिनीहरूले भन्न सक्नुपर्यो, राजावादीहरू मित्रशक्ति भएको हुनाले उनीहरूसँग सहकार्य गरेका हुन् त ? काङ्ग्रेसहरू त कम्तीमा गणतन्त्रको पक्षमा छन् । राजावादीहरू यही गणतन्त्रलाई पनि फालेर राजाको शासन ब्युँताउन लागिपरेका छन । राजतन्त्र ब्युताउने शक्तिसँग वर्तमान अवस्थामा सहकार्य गरेर गणतन्त्रका विरुद्ध वाम सङ्कीर्णतावादी कोणबाट खडा भएका छन्, जसको परिणाम उनीहरूबाट प्रतिगमनको सेवा गर्ने काम भइरहेको छ ।

    उपर्युक्त पार्टी विरुद्ध फेसबुकमा देखिएका कतिपय प्रतिनिधि उदाहरणबाट पनि प्रष्ट हुन्छ कि जसरी भए पनि नेकपा (मसाल) को विरोध गर्नुपर्छ भन्ने खराब नियतबाट अभियान चलाइएको छ । नेकपा (मसाल) को जसरी भए पनि विरोध गर्ने उद्देश्यबाट प्रेरित भएर दिनहुँजसो सयौँ फेसबुक प्रयोगकर्ताहरूले आफ्नो फेसबुक रङ्ग्याउने गरेका छन् तर ती विरोध कुनै नीति र सिद्धान्तमाथि आधारित छैनन् । तथ्यमा आधारित आलोचनालाई हामीले स्वागत गर्नुपर्छ तर पूर्वाग्रह प्रेरित तथा सिद्धान्तहीन विरोधको सवालमा यति मात्रै भन्न सकिन्छ : “…… गर्छन्, हात्ती आफ्नो बाटोमा लम्किदै गर्छ ।”

    मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.