भीष्म जोशी ##
आजभोलि हाम्रो पार्टी नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको बारेमा साह्रै चिन्ता गरिएको देखिन्छ । पार्टी नेतृत्वको गलत नीतिका कारण मसाल र जनमोर्चा सिद्धियो भन्ने हल्ला चलाइएको पाइन्छ । पार्टीको बारेमा साह्रै चिन्ता गरेर गोहीका आँसु झार्ने, साथसाथै पार्टीलाई बेस्सरी गाली गर्ने तरिका काइदाको छ ।
पार्टी र नेतृत्वलाई लगाएका आरोपहरू देखेर लाग्छ, लामो समयसम्म एकै पार्टीमा बसेका साथीहरूले आफ्नै पार्टीका विरुद्ध यति धेरै विषवमन गर्न कसरी सक्दारै’छन । पार्टी विरुद्धका आरोप हामीले अहिले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालदेखि नै सुन्दै र भोग्दै आएका छौँ† अहिले पनि सुन्दै र भोग्दै छौँ । के भएको होला हाम्रो पार्टीलाई ? अहिलेसम्म क्रान्तिकारी भएर आएको पार्टी कसरी दक्षिणपन्थी भएछ भन्ने ठान्छौँ होला । हाम्रो पार्टी र नेतृत्वका विरुद्ध छरिएको यो भ्रम हो । किन यस्तो भ्रम छरिँदै छ भन्ने विषयमा प्रत्येक पार्टीसदस्य सचेत र जागरुक हुन जरुरी छ ।
यस्ता आरोप लगाएर पार्टीलाई कमजोर बनाउने प्रयत्न गर्ने गर्दछन् पार्टी विरोधीहरूले । यो विरोधीहरूको पेसा नै हो । यसको भित्री स्वार्थ पार्टीलाई कमजोर पार्ने मात्र होइन, मसाललाई सिध्याउन सकिन्छ कि भन्ने उद्देश्यले यसो गरिएको हुन्छ । पार्टी छोडेर जानेहरूले “मरता, क्या नही करता” भनेर पार्टी सिध्याउन यसैगरी आज मात्र होइन, पार्टीको स्थापनाकालदेखि नै न्वारनदेखीको बल लगाउने गरेकै हुन । यस्ता गतिविधिले न पार्टी कमजोर भयो, न पार्टी सिद्धियो नै । यसका बाबजुत पार्टी वैचारिक र सैद्धान्तिक रूपले सबल बन्दै आजका दिनसम्म आइपुग्न सफल बन्यो । आज हाम्रो पार्टी हिजोभन्दा झन्पछि झन् मजबुत बन्दै आएको छ ।
उनीहरू जसले पार्टी र पार्टी नेतृत्वलाई खुइल्याएर, नेतृत्वलाई गाली गरेर पार्टीनेतृत्वलाई कमजोर पार्ने र नेतृत्व कमजोर भयो भने पार्टी तितरबितर हुन्छ भन्ने कुनियतका साथमा सुनियोजित र गैरराजनीतिक आरोप लगाइएका थिए र छन्, ती आधारहीन र झुटा हुन् ।
हामीले हाम्रो पार्टी बलियो छ कि कमजोर छ भनेर पार्टीको नीति, विचार, सिद्धान्त र सङ्गठनात्मक अनुशासन पार्टीले अपनाउन सक्यो/सकेन ? त्यो कुरा हेरेर पार्टी ठुलो, सानो या क्रान्तिकारी भनेर मूल्याङ्कन गर्न सक्नुपर्छ । उनीहरू जसले पार्टी र पार्टी नेतृत्वलाई खुइल्याएर, नेतृत्वलाई गाली गरेर पार्टीनेतृत्वलाई कमजोर पार्ने र नेतृत्व कमजोर भयो भने पार्टी तितरबितर हुन्छ भन्ने कुनियतका साथमा सुनियोजित र गैरराजनीतिक आरोप लगाइएका थिए र छन्, ती आधारहीन र झुटा हुन् । अहिले पार्टी र नेतृत्वलाई लगाएका आरोप नितान्त व्यक्तिगत प्रकृतिका छन्, जो राजनीतिमा ग्राह्य नै हुँदैनन्! किनकि राजनैतिक आरोप बन्न राजनीतिक प्रकृतिका हुनुपर्छ ।
राजनीतिमा विचारको मन्थन हुन्छ; वैचारिक मतभेद हुन्छ, न कि अन्य केही यस्तै यस्तै आरोप । हाम्रो नेतृत्व यी झुटो कपोल्कल्पित र रचित गालीबाट रत्ति विचलित हिजो पनि भएन, भएको छैन र हुँदैन पनि, बरु झन् बढी सक्षम भएर निरन्तर दृढताका साथ अगाडि बढिरहेको छ । हिजोका दिनमा झन् कति धेरै सङ्गिन आरोप लाग्ने गर्थे ? त्यसको तुलनामा अहिलेका यी आरोप झुसेबारुलो हुन् ।
उदाहरणका लागि हामीबाट हिजोका दिनमा नेपालमा मात्रै नभई विश्वमै क्रान्ति गर्छु भनी हिँडेका साथीहरू, जसले मोहनजीलाई हिजो (जनताको बिचमा) लाउने गरेको आरोप हुन्थ्यो– मोहनविक्रम सांस्कृतिक रूपमा विचलित मान्छे हो; किनकि, उसले दोस्रो बिहे गरेको छ । सांस्कृतिक रूपमा विचलन भएको मान्छे कम्युनिस्ट हुनै सक्दैन तर त्यो आरोप धेरै टिकेन । आज उनलाई लाग्ने आरोप छ– मोहनविक्रमले पार्टीको लेबीको आफूखुसी प्रयोग ग¥यो; आफ्नो कार्यालयबाट लिएर गएको किताब फिर्ता गरेन; श्रीमती दुर्गालाइ सांसद बनायो; सामन्तको छोरा आदिइत्यादि ।
मोहनजी, जसले आफ्नो युवावयमा नै लाखौँको सम्पत्ति पार्टीका लागि सुम्पिए; पढेलेखेका सक्षम युवा र सिङ्गो जीवन नै पार्टी र क्रान्तिका लागि समर्पण गरे, अहिले जीवनको उत्तरार्धमा आएर पार्टीको लेबी दुरुपयोग गर्न सक्छ्न होला ? सामान्य मोहनजीको बारेमा बुझेका मान्छेले यो कुरा पत्याउँदैनन र यी आरोप झुटा हुन् भनी प्रथम दृष्टिमै प्रत्येक पार्टीसदस्यले खारेज गर्छन् । यदि यी आरोप सही हुन् र यो आरोप लाउनेहरूले पुष्टि गर्यो भने पुष्टि भएको एक मिनेट पनि मोहनजी पार्टीको त्यो पदमा बस्नुहुन्न; उहाँ पार्टीले जे कारबाही गर्छ, त्यो भोग्नुहुन्छ; किनकि, यस्ता आरोप उनको त्यो विशाल पार्टीप्रतिको अगाध समर्पण र अडिग विचारमा क्षयीकरण गर्नका लागि हो । पार्टी कार्यकर्ता र जनतालाई भ्रममा पार्न र पार्टी र नेतृत्वप्रतिको पार्टीसदस्यको अगाध आस्थामा कमी ल्याउन दुषित मनसायका साथ लगाइएको आरोप हो ।
हाम्रा २०५१ सालदेखि सांसद भएका कुनै सांसदको भन्दा कम योगदान थियो उनको पार्टीनिर्माणमा ? त्यसमा पनि झन् राज्यले नै महिलालाई पुरुषको भन्दा बढी न्याय प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । हामी त झन् विभेदमा परेको वर्गको वकालत गर्ने पक्षका पक्षपाती होइनौँ र ? उनलाई सांसदको टिकट मात्रै दिएको न हो पार्टीले । उनीसित क्षमता हुँदैनथ्यो भने जनताले त्यही चुनावी मैदानमै हराइहाल्थे । तर उनी भारी मत ल्याएर विजयी बन्नुभयो ।
अर्को दुर्गाजीलाई सांसद बनायो भन्ने आरोपको कुरा गरौँ । दुर्गाजी सांसद हुनुभन्दा पहिला के व्यापारी हुनुहुन्थ्यो र ? व्यापारी वा अन्य कुनै पेसामा भएको व्यक्तिलाई पार्टीले टिकट दिएर गल्ती गर्यो ? अरू पार्टी र क्रान्ति गर्ने भनी हिँडेका साथीहरू, जुन हिजो हाम्रो पार्टीबाट सांसद बनेका थिए, तिनको भन्दा दुर्गाजीको पार्टीमा एक इन्च पनि कम योगदान थियोे र टिकट पाउनुभन्दा पहिला ? उनलाई टिकट दिनु पार्टीको हित विपरीत थियो भन्ने प्रमाण पेस गर्न सक्छन् कुनै आरोप लगाउने साथीहरूले ? हाम्रा २०५१ सालदेखि सांसद भएका कुनै सांसदको भन्दा कम योगदान थियो उनको पार्टीनिर्माणमा ? त्यसमा पनि झन् राज्यले नै महिलालाई पुरुषको भन्दा बढी न्याय प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । हामी त झन् विभेदमा परेको वर्गको वकालत गर्ने पक्षका पक्षपाती होइनौँ र ? उनलाई सांसदको टिकट मात्रै दिएको न हो पार्टीले । उनीसित क्षमता हुँदैनथ्यो भने जनताले त्यही चुनावी मैदानमै हराइहाल्थे । तर उनी भारी मत ल्याएर विजयी बन्नुभयो । जितेर आइसके पछि मोहनविक्रमले स्वास्नीलाई सांसद बनायो, अब मन्त्री बनाउछ भनियो । के यसो भन्नु हास्यास्पद थिएन र ? त्यो हिजो त साच्चै हो कि जस्तो लाग्नेहरूलाई आज भ्रम सिर्जना गरेछन भ्रामकहरूले भन्ने पर्यो कि परेन, कुन्नि ? किनकि, उनलाई प्युठानका पचास हजार हाराहारी जनताले मत दिएर जिताएका हुन् । जिताउन पार्टी मिहिनेतका साथ लागेको हो । यसमा मोहनविक्रमले कसरी श्रीमतीलाई सांसद बनायो ? जसको मतदाता नामावलीमा नामै छैन । भोटै नहालेको मान्छेले एक्लै कसरी पचासौँ हजार भोट हाल्यो र श्रीमतीलाई सांसद बनायो होला ? त्यसैले यो नितान्त पारिवारिक आरोप हो र विरोध गर्नका लागि गरिएको मात्रै हो । यसमा परिवारवाद भयो भन्ने मिथ्या आरोप थियोे र हो ।
कम्युनिस्ट पार्टी भनेको कुनै एक जना अमूक व्यक्तिको पार्टी होइन । यो विश्वभरिका गरिखाने मान्छेको आन्दोलन, आवाजको प्रतिनिधित्व गर्ने र हक–अधिकार स्थापित गर्न सङ्घर्ष गर्ने सर्वहाराको पार्टी हो । नेपालमा अढाइ करोड बढी नागरिकको आशाको आन्दोलन हो; किनकि पार्टी विरोधिहरू औपचारिक रूपमा सानो सङ्ख्याका सामन्त र दलाल पुँजीवादी मात्रै हुन्छन् र तिनले जनतालाई आफ्ना वास्तविक प्रतिनिधिसम्म पुग्न दिएका हुँदैनन् ।
हाम्रो पार्टीमा पनि आम पार्टीसदस्य र जनतालाई यी भ्रमित आरोपबाट चिन्ता हुनु स्वाभाविक हो । सकारात्मक चिन्तालाई स्वागत गर्नुपर्छ तर चिन्ता गर्ने साथीहरूले फेसबुकको गाली देखेर निरास बन्ने होइन र इमानदार साथीहरू हतास बन्नुहुन्न; किनकि, हाम्रो पार्टी हिजोभन्दा परिपक्व, सङ्गठित र अनुशासित बन्न सफल बनेको छ ।
हामीले एकैदिन भए पनि कम्युनिस्ट आन्दोलनमा सकारात्मक योगदान गर्नुपर्छ र सकिन्छ । यो आन्दोलनमा सहभागी बन्नुपर्छ । आन्दोलनमा सुधार गर्न सकारात्मक चिन्तन गर्नुपर्छ; किनकि, यो आन्दोलन मानवमुक्तिको आन्दोलन हो, कुनै मजाक होइन । मैले जीवन समर्पित गरेँ, त्यसैले बदलामा केही पाउनुपथ्र्यो भनेर सोच्ने, कायरले जस्तो आत्मदाह गर्ने र चारैतिर सन्नाटा छर्ने—यो वेदना र रोदनको कसौटी होइन । यो वीरता र बलिदानको पर्याय हो । सर्वहाराको प्रेरणा, दृढता, आँट, साहस, बलिदान, सौम्य, सचेतता र धैर्यताको आन्दोलन हो ।
यहाँ कम्युनिस्ट आन्दोलनमा कोही दिने र कोही लिने हुँदै हुदैनन्, सबै कमरेड हुन्छन् र मोहनजी र केसीजी पनि पार्टी निर्देशन र जिम्मेवारी अरूको भन्दा अलि बढी लिएका कमरेड मात्रै हुन । उहाँहरूले कम्युनिस्ट आन्दोलनमा लामो समय टिकेर, योगदान दिएर के गल्ती गरेका हुन् ? तर पार्टीप्रति गल्ती त तिनले गरे, जसले केसीजी र मोहनजीलाई साक्षात शङ्कर भगवान देखे र तथास्तुको वरदान पाउन भक्ति गरिरहे ।
नलाई प्रयोग गरी नेता बनेका यस्ता पात्र एकदुई होइनन्, हजारौँ छन् र पार्टी छोडिसकेपछि तिनैले प्रचार गर्छन् : मसालमा मान्छे किन टिक्दैनन् । आफै पार्टी छोड्ने, अनि आफै पार्टीलाई गाली गर्दै हिड्ने ?
सर्वहारा नामै काफी छ । कस्ता होलान्, यस्ता सर्वहारा वर्गका नेता ? हो, यस्तै सर्वहाराका नेता हुन् केसीजी र मोहनजी । सर्वहाराका पनि सर्वहारा तर यी दुई जनालाई आफ्नो व्यक्तिगत पारिवारिक इच्छा, आकाङ्क्षा र नेता बनाइदिने र थुप्रै सपना पूरा गरिदिने जादुका छडी हुन् मोहनजी र केसीजी भन्ने र ठान्नेहरूले नै आज मात्र होइन, विगत वर्षौंदेखि गाली गर्दै छोडदै आएका छन् । उनलाई प्रयोग गरी नेता बनेका यस्ता पात्र एकदुई होइनन्, हजारौँ छन् र पार्टी छोडिसकेपछि तिनैले प्रचार गर्छन् : मसालमा मान्छे किन टिक्दैनन् । आफै पार्टी छोड्ने, अनि आफै पार्टीलाई गाली गर्दै हिड्ने ? मोहनजी र केसीजीलाई सार्वजनिक रूपमा नै गाली गरिन्छ; किनकि, उहाँहरू कम्युनिस्ट पार्टीको कुशल नेतृत्व भएकै कारण सुनियोजित रूपले गाली गरिन्छ । यसको मतलब यो पार्टी नेतृत्वलाई कमजोर पार्ने साम्राज्यवादी, प्रतिक्रियावादीको एउटा हतियार हो, जसमा तिनका दलालको प्रयोग भएको पाइन्छ; किनभने, कम्युनिस्ट आन्दोलन विश्व साम्राज्यवादकै लागि चासोको विषय बन्दै आएको छ ।
पार्टी कार्यकर्ताले आफू पार्टीको कारबाहीमै परेको बेलामा समेत किन नहोस्, उसले पार्टी र नेतृत्वलाई गाली गर्नै सक्दैन; किनकि, उसको नसा नसामा पार्टीको रगत बगेको हुन्छ र पार्टीबाहिर केही समय रहे पनि घर त पार्टी नै हो; फर्किनु घरमै पर्छ भन्ने हेक्का र नैतिकता हुन्छ तर कुनै पार्टीसदस्य मनैदेखि पार्टीलाई छोड्न चाहने निर्णयमा पुग्छ; अनि, उसले दुईचार दिन पार्टीबाट छोडने बाटो नबन्दा र नपाउँदासम्म पार्टीलाई गाली गर्दै उग्र क्रान्तिकारी कुरा गर्दै बर्बराइरहन्छ र बाटो पाउनेबित्तिकै पार्टी छोडेर भाग्छ । तर पार्टीको कारबाहीमा परेको पार्टीसदस्य यस्तो गतिविधिमा सहभागी हुनै सक्दैन ।
अहिले केही साथीहरूले पार्टीले केही व्यक्तिका व्यक्तिगत विचारलाई पार्टीले आफ्नो विचारमा समाहित गरिदिएन भनेर “ल, पार्टी दक्षिणपन्थी दिशामा गयो; बर्बादै पारे पार्टी† पार्टीलाई विसर्जनको दिशामा लगियो; नेतृत्वमा परिवारवाद हावी भयो—के के हो के के भन्ने सुनिन्छ ।
पार्टीको तात्कालिक विचार बन्न पार्टी महाधिवेशनबाट अनुमोदन हुनुपर्छ । पार्टीसदस्यको मात्र होइन, आम जनताको त्याग र बलिदानको उत्पादनको उपज हो पार्टी भने पार्टीको उपज विचार हो ।
कुनै निजी विचार पार्टीको विचार बन्न निश्चित चरण पार गर्नुपर्छ । विचार मात्र होइन, कुनै चिज निर्माण गर्न पनि कठिन मिहिनेत र सङ्घर्षको आवश्यकता पर्छ । विचार निर्माण पार्टी निर्माणभन्दा धेरै कठिन कुरा हो भने पार्टीनिर्माण गर्न नै कति कठिन छ । पार्टी रगत, पसिना र सहिदको बलिदानबाट निर्मित हुन्छ । पार्टीको तात्कालिक विचार बन्न पार्टी महाधिवेशनबाट अनुमोदन हुनुपर्छ । पार्टीसदस्यको मात्र होइन, आम जनताको त्याग र बलिदानको उत्पादनको उपज हो पार्टी भने पार्टीको उपज विचार हो ।
राजनीतिमा कसैले कसैलाई पनि अवमूल्यन गर्नुहुँदैन; सबैको सबैले सम्मान गर्नुपर्दछ । झन् कार्बाही गर्ने कुरामा त पार्टी सधै पूर्वाग्रह नै राख्छ, कारबाही गर्नुनपरोस् भनेर । पार्टी पार्टीसदस्यको हुने र त्यही सदस्य पार्टीबाट कारबाहीमा पर्दा के पार्टीलाई राम्रो लाग्छ होला ? पार्टीका कसै नेतालाई सनक चढ्यो र उसले तल्लो तहको पार्टीसदस्यलाई कारबाही गर्छु भनेर कसैले पनि कसैलाई पार्टी मै हुँ भनेर कारबाही गर्न सक्दैन; किनकि, यो कम्युनिस्ट पार्टी हो । यसमा प्रत्येक पार्टीसदस्य नेता हुन्छ र पार्टीमा प्रत्येक सदस्यको समान हक–अधिकार रहेको हुन्छ ।
सकभर आफ्नो सदस्यले गल्ती नै गरेको भए पनि कसरी गल्ती सुधार गराउने र साथीलाई सुधार्ने भन्ने नै पार्टीको पहिलो मनसाय हुन्छ; किनकि पार्टीका लागि पार्टीसदस्य नै सबैथोक हो भने पार्टी पार्टीसदस्यको संरक्षक पनि हो । कोही एक जना सदस्यलाई पनि पार्टीले कारबाही गर्नुपर्ने अवस्था आइहाल्यो भने पनि पार्टीको विधानअनुसार नै पार्टीले उसलाई कार्बाही गरेको हुन्छ, जुन कुरा त्यो पार्टी सदस्यले स्वीकार गर्दै पार्टी सदस्यता लिएको हुन्छ; जुन सदस्यलाई पार्टीले कारबाही ग¥यो, त्यसको पनि सामान्य सजाय गर्नेदेखि सबैभन्दा ठुलो सजाय भनेको पार्टी सदस्यता खारेजसम्मको सजाय गर्छ पार्टीले । त्यो पनि उसले आफूले गरेको गल्तीलाई सुधारोस् भन्नका लागि नै हो ।
कम्युनिस्ट पार्टीको राजनीति अरू पार्टीको भन्दा संवेदनशील हुन्छ । त्यसैले पार्टीले पार्टीको अहितमा संलग्न पार्टीसदस्यलाई बाध्य भएर कारबाही गर्ने गर्दछ । कारबाहीको चरणमा पनि पार्टीसदस्य पार्टी निगरानीमै हुने र यदि उसले त्यो कारबाहीको चरणमा पार्टीको हित विपरित काम गरेन भने पार्टीले समयसीमा सकिनेबित्तिकै कार्बाही फिर्ता गर्छ ।
कम्युनिस्ट पार्टीको जिम्मेवारी गहन र विशाल हुन्छ; लक्ष्य महान् हुन्छ, जसले साम्यवादसम्मको लामो यात्रा तय गरेको हुन्छ । यसका लागि कम्युनिस्ट पार्टीले आफ्ना तात्कालिक, मध्यकालिक र दीर्घकालीन उद्देश्य तय गरेर सोहीअनुरूपका रणनीति र कार्यनीति बनाई अगाडि बढ्ने गर्दछ ।
हामी माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शकको रूपमा लिन्छौँ । कम्युनिस्ट आन्दोलनका व्याख्याता हामी होइनौँ तर हाम्रो पार्टीले नेपालको सन्दर्भमा राजनीतिको माक्र्सवादी दृष्टिकोणबाट घटनाक्रमलाई व्याख्या–विश्लेषण गरी आफ्ना नीति र कार्यक्रम बनाएको छ महाधिवेशनबाट । पार्टीको अहिलेसम्मको विश्लेषणले नेपाल अर्धऔपनिवेशिक र अर्धसामन्ती मुलुक हो । यस्तो मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने परिवर्तन हो– जनवादी क्रान्ति भनेर आफ्नो नीतिमा प्रष्ट भनेको छ ।
हामीले केवल लेनिन र माओले किन क्रान्ति गरे त आफ्नै जीवनकालमा भनेर त्यतिबेलाको ती देशको परिस्थिति सबै ठाउँमा अवलम्बन गर्न खोज्यौँ भने हामी कुहिरोमा हराएका काग बन्न जान्छौँ ।
जनवादी क्रान्तिका लागि आवश्यक न्यूनतम पूर्वसर्तहरू हुन्– राज्य, शासकको जनताप्रतिको व्यवहार, समाजको सामाजिक सांस्कृतिक चेतना, तात्कालिक राज्यले अवलम्बन गरेको आर्थिक उत्पादन प्रणाली, जनताको सबल कम्युनिस्ट चेतना, राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिअनुकूल छ/छैन; जनताको नेतृत्व गर्ने सबल कम्युनिस्ट पार्टीको निर्माण भएको छ कि छैन ? अन्य परिस्थिति क्रान्ति गर्न अनुकूल छ/छैनन् ? यी कुराको ठोस मूल्याङ्कन गर्ने पार्टी र पार्टी नेतृत्व छ/छैन आदि । दीर्घकालीन जनयुद्ध पार्टीको सत्तामाथिको बलप्रयोग गर्ने सैद्धान्तिक आधार हो । यो परिस्थितिमा आधारित हुन्छ र पार्टीले परिस्थितिको ठोस विश्लेषण गरी यसको प्रयोग गर्ने गर्दछ ।
हामीले केवल लेनिन र माओले किन क्रान्ति गरे त आफ्नै जीवनकालमा भनेर त्यतिबेलाको ती देशको परिस्थिति सबै ठाउँमा अवलम्बन गर्न खोज्यौँ भने हामी कुहिरोमा हराएका काग बन्न जान्छौँ । हामी अराजकतावादी बन्न पुग्छौँ र माओ र लेनिनको जस्तै क्रान्ति गर्छौ हामी पनि भन्ने हो र त्यस्तै अनुसरण गर्ने हो भने यो गम्भीर राजनीतिक भुल बन्न जान्छ, जुन नेपालमा हामीले २०२८ साल २०५२ सालमा भएकोे गल्ती देखिसक्याँै ।
नेपालमा मात्र होइन, अहिले विश्वभरि नै कम्युनिस्ट सत्ता छैन । विश्वभरि पँुजीवादी लोकतान्त्रिक शासन अधिकांश मुलुकमा छ । कहिँ धर्मको नाममा त, कहिँ राजतन्त्रात्मक शासन छ भने कहिँ सैनिक शासन विद्यमान रहेको छ । समाज गतिशील छ । मानव समाजले विभिन्न चरण पार गर्दै यो पुँजीवादी लोकतान्त्रिक शासन प्रणालीमा आइपुगेको हो । अबको नयाँ शासन प्रणाली भनेको जनवादी लोकतन्त्र हो, जसलाई कम्युनिस्ट शासन भनिन्छ । समाजवादमा पुग्ने माध्यम, मार्ग वा बाटो हो– जनवादी क्रान्ति, हाम्रो जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको लागि । कम्युनिस्ट पार्टीले जनतालाई तात्कालिक राज्यसत्ताले सृजना गरेका सबै खाले विभेद र उत्पीडनको अन्त्य गरी जनता र राज्यलाई स्वतन्त्र र सार्वभौम बनाई दुवैलाई अधिकारसम्पन्न बनाउन हो जनवादी क्रान्ति । यो कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने क्रान्ति हो । जनतालाई अधिकारसम्पन्न बनाउने भन्ने कुरामा नै आज विश्व राजनीति घुमिरहेको छ ।
हाम्रो गाउँघरतिर भन्छन्– “गाली देऊ, देऊ जति सक्छौ देऊ, तिम्रो गालीले म मर्ने होइन, बरु आयु बढ्छ । जब तिम्रो रिस शान्त हुन्छ र थाक्छौ, त्यतिखेर आफै शान्त हुन्छौ ।” यस्तै केही साथीहरू हिजो जुन हाम्रै पार्टीका थिए। आज उनीहरू आफ्नै कारणले कारबाही भोग्नुपर्दा रिसाएका छन् । पार्टी र नेतृत्वलाई गाली गर्दै हिँड्ने गरेका छन् ।
पुँजीवादी लोकतान्त्रिक शासनभन्दा सयौँ गुणा हरेक क्षेत्रमा बढी अधिकारसम्पन्न शासन व्यवस्था हो, जनवादी लोकतन्त्र । शासन व्यवस्था र सत्ताधारीहरू जति नै जनविरोधी र राष्ट्रविरोधी नै किन नहोउन् ? ऊनीहरू आफूलाई जनता र राष्ट्रकै हितमा काम गरिरहेको बताउँछन् । विद्यमान व्यवस्था बुझ्न, व्यवस्थाको विश्लेषण गर्न सक्ने क्षमता हुनुपर्छ वा जब त्यो व्यवस्था इतिहास बन्छ, तब इतिहासबाट थाहा पाउन सकिन्छ व्यवस्थाको बारेमा; जस्तो– राणाशासन गलत थियो भनेर आजभोलि थाहा पाए जस्तो । त्यही बेला जनताले थाहा पाएको भए जनताले त्यो व्यवस्थालाई १०४ वर्षसम्म बोक्ने थिएनन् । सामान्य मस्तिष्कले सत्ताको चरित्र बुझ्न सकिँदैन र सक्दैन । यसरी नै राजनीति बुझ्न पनि सत्तालाई बुझ्नु जस्तै कठिन काम हो । यो पनि सत्तासितै जोडिएको हुनाले यसका चरित्र पनि राज्यसत्ताका जस्तै हुन्छन् ।
हाम्रो देशमा अहिले विभिन्न राजनीतिक दल अस्तित्वमा छन् र देशको संविधानले नै यो लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित बहुदलीय शासन व्यवस्था भएको बताएको छ । त्यसैले यो व्यवस्था कस्तो हो भन्ने कुरामा सामान्य राजनीतिक चेत भएको जो कसैले पनि बुझ्न सक्छ कि यो पुँजीवादी लोकतन्त्र हो । यो व्यवस्था नै जनमुखी र जनताका अधिकार रक्षा र सुखी बनाउने व्यवस्था भन्ने पार्टी हो । नेपाली काङ्ग्रेसले यस व्यवस्थामै सबै सुख, सम्पन्नता देख्छ र यसमै रमाउन चाहान्छ । अरू कम्युनिस्ट नामधारी पार्टी पनि छन् नेपालमा । तिनीहरू समाजवादमा जाने हो अब भन्छन् । भन्न खोजेको यिनीहरू सैद्धान्तिक रूपले कुहिरोमा हराएका काग हुन्; किनभने, समाजवाद ल्याउन कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने पुँजीवादी क्रान्ति अनिवार्य सर्त हो । संविधानमा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादउन्मुख व्यवस्थालाई सुदृढ गर्दै भनी लेख्दैमा समाजवाद आउदैन । संविधानको यसै वाक्यमा टेकेर नेपालका कम्युनिस्ट नामधारी पार्टीहरूले समाजवादमा जाने बाटो तय गर्न खोज्दै छन्, जुन अर्को अवसरवादी र असम्भव बाटो हो । जनतालाई भ्रममा राखी आफ्नो समाजवादको रोटी सेक्ने अवसरवादी बाटो हो ।
हाम्रा सही नीति र कार्यक्रमले नै ७२ वर्ष पहिलादेखि पार्टी सही दिशा पक्रेर आजसम्म आफ्नो आदर्शमा जीवित हुन सफल भएको छ । यो प्रत्येक पार्टीसदस्यका लागि गौरवको कुरा हो । पार्टीले आफ्नो आठौँ महाधिवेशन भव्यताका साथ सफल पारी नयाँ नेतृत्व र नीति पारित गरेको छ, जुन अर्को महाधिवेशनसम्मका लागि हुने गर्दछ । पार्टी सोही नीतिलाई मार्गदर्शक नीति बनाएर अगाडि बढिरहेको छ । पार्टी कम्युनिस्ट आदर्शबाट एक इन्च पनि विचलित भएको छैन र डगमगाएको छैन तर पार्टीलाई केही व्यक्तिहरूले दक्षिणपन्थी भएको र पार्टीनेतृत्वलाई विशेष महाधिवेशन गरेर फयाँक्नुपर्ने कुरा गरिरहेको सुन्नमा आउँछ । त्यो कसरी सम्भव देखिरहेका छन् ? ताज्जुब लाग्छ ।
पार्टीले गर्ने भनेकै दुईओटा काम हो : एउटा– जिम्मेवारी दिने र अर्को– जिम्मेवारी पूरा गर्न सकेन भने जिम्मेवारीबाट हटाउने । जिम्मेवारीबाट हटाउनेबित्तिकै पार्टीलाई गाली गर्न थाल्ने र पार्टीको हित विरुद्ध काम गर्यो भने पार्टीले मात्रै होइन, समाजको जुनसुकै क्षेत्रले पनि कार्बाही गर्छ नै, चाहे घरकै नै किन नहोस् ।
हाम्रो गाउँघरतिर भन्छन्– “गाली देऊ, देऊ जति सक्छौ देऊ, तिम्रो गालीले म मर्ने होइन, बरु आयु बढ्छ । जब तिम्रो रिस शान्त हुन्छ र थाक्छौ, त्यतिखेर आफै शान्त हुन्छौ ।” यस्तै केही साथीहरू हिजो जुन हाम्रै पार्टीका थिए। आज उनीहरू आफ्नै कारणले कारबाही भोग्नुपर्दा रिसाएका छन् । पार्टी र नेतृत्वलाई गाली गर्दै हिँड्ने गरेका छन् । यो आज मात्र होइन, जीवित पार्टीको इतिहासमा कैयौँ पल्ट भएको छ र पार्टी रहुन्जेलसम्म सधैँ रहिरहने छ ।
पार्टीले किन अर्को महाधिवेशन गर्छ ? पार्टीले त पार्टीमा विशेष अवस्था सृजना भयो भने विधानअनुसार विशेष अधिवेशन गरिहाल्छ । अहिले फेसबुकमा महाधिवेशनको जुन माग गरेका छन्, त्यो कुन देशमा कुन पार्टीको अधिवेशन भएको छ ? पार्टीको नेता बन्न त्यो पार्टीप्रति प्रतिबद्ध बन्नुपर्ने, पार्टी विधानअनुसारका अधिकार र कर्तव्यको अक्षरश पालना गर्नुपर्ने, पार्टीको रक्षा र विकासका लागि योगदान गर्नुपर्ने, देशविदेशमा घटिरहेका राजनैतिक घटनाको सही र उपयुक्त विश्लेषण गर्ने, पार्टी र जनताको हितमा विचार निर्माण गर्न मद्दत गर्ने गर्नुपर्छ तर ती हाम्रो पार्टीले कारबाही गरेका साथीहरू यदि पार्टीप्रति प्रतिबद्ध हुन्थे भने पार्टीलाई कसरी गाली गर्न सक्थे ?
पार्टीले गर्ने भनेकै दुईओटा काम हो : एउटा– जिम्मेवारी दिने र अर्को– जिम्मेवारी पूरा गर्न सकेन भने जिम्मेवारीबाट हटाउने । जिम्मेवारीबाट हटाउनेबित्तिकै पार्टीलाई गाली गर्न थाल्ने र पार्टीको हित विरुद्ध काम गर्यो भने पार्टीले मात्रै होइन, समाजको जुनसुकै क्षेत्रले पनि कार्बाही गर्छ नै, चाहे घरकै नै किन नहोस् ।
आजभोलि फेरि पार्टीनेतृत्व र पार्टीलाई दक्षिणपन्थी भयो; पार्टी सिद्धियो; ध्वस्त भयो; पार्टी बिसर्जन हुन थाल्यो; पार्टी काङ्ग्रेसको पुच्छर भयो भन्ने जस्ता स्यालहुइया आजकल अलि बढी सुनिन्छन । कसले यसो भन्दै छ भने जसले पार्टीनेतृत्वलाई हिजोका दिनमा आफ्ना व्यक्तिगत मुक्तिदाता र साक्षात् शङ्कर भगवान ठान्ने गर्दथे ।
एक व्यक्तिमा एक दिनमा छ हजार नयाँ सोच आउँछन । ती सबै कम्युनिस्ट पार्टीका विचार किन बन्न सकेनन ? किन माक्र्सवाद मात्रै विचार बन्यो ? किनकि, माक्र्सवादले मात्रै विचार बन्ने चरण पार गर्यो ।
हामीले भन्नैपर्छ– पार्टीमा घुनपुत्लो पनि लागेको छैन । पार्टी महाधिवेशनपछि पार्टी बलियो र झन् क्रान्तिकारी आत्माका साथमा अगाडि बढिरहेको छ यतिबेला । यिनीहरूको फेसबुकको छटपटाहटले न मसाल ध्वस्त हुन्छ, न नेतृत्व नै दक्षिणपन्थी । यस्ता कुराले केही पार्टीको सूचनामा सक्रिय नभएका पार्टीका इमानदार साथीहरूलाई झुक्यानमा मात्रै पारिरहेको छ । यो पनि अब छिट्टै अन्त्य हुने क्रममा छ ।
पार्टीसदस्यले पार्टीलाई खुला रूपमा आरोप लगाउन पाउँदैन । यो हाम्रो पार्टीमा मात्रै होइन कि सामान्य बुर्जुवा सङ्गठनमा पनि नसुहाउने कुरा हो । साथीहरूले आरोप लगाउने नै भए पनि पार्टीसुधारका लागि आफ्नो पार्टीको कमिटीमा मात्रै आलोचना गर्न पाइन्छ ।
पार्टीले त्यत्तिकै विचार राखेको आधारमा कारबाही ग¥यो भनेर भन्ने गरिएको छ । यो झुटो कुरा हो । पार्टीभित्र पार्टीको विचार बन्न निश्चित प्रक्रिया र चरण पार गर्नुपर्छ । पार्टीभित्र कुनै सदस्य वा समूहले ल्याएको सोचाइ विचार बन्न पार्टी महाधिवेशनबाट कम्तीमा बहुमतले पास हुनुपर्छ र बल्ल पार्टीको विचार बन्छ त्यो । त्यसैले पार्टीमा काम गर्दा पार्टी महाधिवेशनले पारित गरेको विचार नै अपनाएर अर्को महाधिवेशनसम्म कुर्नुपर्छ, नयाँ विचार निर्माणका लागि ।
एक व्यक्तिमा एक दिनमा छ हजार नयाँ सोच आउँछन । ती सबै कम्युनिस्ट पार्टीका विचार किन बन्न सकेनन ? किन माक्र्सवाद मात्रै विचार बन्यो ? किनकि, माक्र्सवादले मात्रै विचार बन्ने चरण पार गर्यो । त्यसैले कुनै सदस्य भ्रममा नपरौँ कि पार्टी ध्वस्त बनाउन हिड्ने एकदुई जनाले के भन्छन् ? के भन्दैनन् ? कति बेला रुन्छन् ? कति बेला हास्छन् ? कति बेला बर्बराउँछन् ? पार्टी र पार्टीसदस्य यसमा अल्झिनु हुन्न । हामीले निरन्तर पार्टी, क्रान्ति, देश र जनताप्रति गर्नुपर्ने दायित्व र कर्तव्य बहन गरिरहनुपर्दछ । हामीले पार्टीको लाइनमा टेक्दै अगाडिको बाटो तय गर्ने हो । साथीहरूलाई नबिग्रनुस्, आउनुस्, सँगै जाऊँ भन्ने हो । मान्दैनन् भने हामी यस्ता थुप्रै चुनौतीको सामना गर्दै आएका हौँ, भोलिका दिनमा योभन्दा हजारौँ गुणा बढी चुनौतीको सामना गर्नुपर्छ । यत्तिकैमा हामी निराश हुनुपर्ने कारण केही छैन; किनकि, पार्टी हिजोकै मसाल हो । विचार र नीतिले त्यही क्रान्तिकारी स्प्रिट बोकेको छ । साथी तिमी पो थाक्यौ त । तिमी थाक्यौ भनेर आन्दोलन थाक्दैन । नथाक्नुस् ल । सँगै हातेमालो गर्दै अघि बढौँ । यसमै सबैको हित निहित छ ।