शंकर प्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चाको कालीगण्डकी गाउँपालिका– ६ मा प्रशिक्षण सम्पन्न भएको छ । खड्गकोटको तल्लो कोरेङ्ग गाउँ समितिको प्रशिक्षण सम्पन्न भएको हो ।
राजमोका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले एमसीसी, नागरिकता विधेयक, कालीगण्डकीको विकास योजाना र तात्कालिक राष्ट्रिय परिस्थिति लगायत समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँले ठुला राजनैतिक दलहरुले एमसीसी पास गर्नकोलागि पुरै शक्ति लागे पनि राजमो लगायत साना दलहरुले त्यसको विरुद्वमा अन्दोल गरिरहेको बताउनु भयो ।
नेता क्षेत्रीले देशमा जनताहरुले अवको बैकल्पिक शक्ति नै राष्ट्रिय जनमोर्चालाई मान्नुपर्ने आवश्यकता आएको समेत बताउनु भयो।
त्यस्तै, प्रशिक्षण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तथा राजमो केन्द्रीय सदस्य तारा थापा, राजमो कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सुर्य क्षत्रीको पनि आतिथ्यता रहेको थियो ।