दुर्गानाथ खरेल ##
लेनिनले पार्टी र गैरपार्टी साहित्यबारे भनेका छन्– “पार्टी एउटा ऐच्छिक सङ्गठन हो, जसले पार्टी विरोधी विचारको पक्ष लिन्छन्, तिनलाई निष्काशित गरेर आफ्नो शुद्धीकरण गर्दैन भने अपरिहार्य रूपमा पहिले विचारधारात्मक रूपले तथा पछि सङ्गठनात्मक रूपले त्यो भित्रभित्रै छिन्नभिन्न हुने छ ।”
पार्टी सुरुमा वैचारिक हतियार हो र त्यही पछि भौतिक हतियारमा रूपान्तरित हुने हो । परम्परागत राज्यसत्ता जस्तो सम्पन्नताको सङ्गठित रूपको विपरीत विपन्नताको वैचारिक र भौतिक शक्ति कम्युनिस्ट पार्टी हो ।
वर्तमान प्रतिकूल परिस्थितिमा कसैले कसैलाई जबर्जस्ती कम्युनिस्ट पार्टीमा राखेर अथवा सदस्य बनाएर काम लाग्दैन† किनभने कम्युनिस्ट पार्टी ऐच्छिक संस्था हो । तर कम्युनिस्ट पार्टीको सदस्य भइसकेपछि पार्टीका न्यूनतम शर्त अनिवार्य रूपमा पालना गर्नुपर्दछ ।
कम्युनिस्ट पार्टीको शक्ति सङ्गठनमा हुने भए पनि वैचारिक र राजनैतिक शक्तिको कारणले भौतिक शक्ति बन्ने हो । सिद्धान्त र राजनीतिक लाइन तथा वर्ग तीनओटै पक्षबाट शक्ति निर्माण हुने हो ।
पार्टीको खुला पत्रिकाको हामीले अनिवार्य अध्ययन गर्नुपर्छ । सङ्गठनात्मक पद्धतिअनुसार अनिवार्य रूपमा चल्नुपर्छ । त्यसो गर्न नसक्ने मान्छे अथवा कुनै व्यक्तिको प्रभावमा परेर सदस्य बनेको व्यक्ति समर्थक भई त्यही व्यक्तिको मातहतमा अनिवार्य रहनुपर्छ र त्यो प्रभाव पार्ने व्यक्ति गैरपार्टी सदस्य भएमा स्वभावैले पार्टीबाट सबैको सम्बन्ध–विच्छेद हुन्छ ।
कम्युनिस्ट पार्टीको भौतिक शक्ति सङ्गठनबाहेक अरू हुन सक्दैन । बिनानिश्चित सिद्धान्त र निश्चित राजनीनिक लाइन कसैले पार्टी र अझै कम्युनिस्ट पार्टी बनाउँछ, बनाउन खोज्छ र बनेको पनि छ भने त्यो व्यक्तिगत फाइदाका लागि बनाइएको गठबन्धनबाहेक केही पनि हुन्न । त्यसरी आमूल परिवर्तन र वर्गको राज्यसत्ता स्थापना दुवै हुन्न । त्यसकारण कम्युनिस्ट पार्टीको शक्ति सङ्गठनमा हुने भए पनि वैचारिक र राजनैतिक शक्तिको कारणले भौतिक शक्ति बन्ने हो । सिद्धान्त र राजनीतिक लाइन तथा वर्ग तीनओटै पक्षबाट शक्ति निर्माण हुने हो ।
नेकपा (मसाल) को आठौँ महाधिवेशनको सङ्गठनात्मक प्रस्तावमा भनिएको छ– “लेनिनले पार्टीको सही सिद्धान्त र राजनीतिक लाइन निर्धारण गरेपछि सही सङ्गठनात्मक नीति अपनाउनुपर्ने र शक्तिशाली सङ्गठन निर्माणको कार्यले निणर्यात्मक महत्त्व राख्ने कुराका साथै कम्युनिस्ट पार्टी बहुसङ्ख्यक शोषित–पीडित र मिहिनेतकस जनताको मुक्तिका लागि काम गर्ने सङ्गठन हो । यो जनताको उच्च, सचेत र जुझारु अनुशासित कार्यकर्ताहरूको अग्रिम दस्ता हो पनि भनेका छन्” (पृ. ७०) ।
वर्गसङ्घर्ष मुक्तिसँग सम्बन्धित हुन्छ । अरूका लागि होइन, आफ्नो पनि मुक्ति हुनुपर्ने कम्युनिस्ट कार्यकर्ताको आवश्यक पर्ने उद्देश्य हो । आफ्नो मुक्ति भएको भए जनताको मुक्ति भुल्नुहुन्न ।
कम्युनिस्ट पार्टी खासगरी मजदुर र किसानको पार्टी हो । मजदुरहरू बौद्धिक मजदुर र शारीरिक मजदुर हुन्छन् । किसान भनेका पनि कृषिक्षेत्रमा काम गर्ने मजदुर नै हुन् । पहिलो कुरा त कम्युनिस्ट पार्टीको सदस्य भएको मान्छे मजदुर हो अथवा मजदुरलाई काम गराउने उपल्लो वर्गको मान्छे हो ? यो छुट्याउन जरुरी हुन्छ । आफूले अवसरको फाइदा उठाइरहने, मजदुरी नगर्ने, अधिकांश समय सम्पन्न वर्गको प्रतिकृयावादीसँग खर्च गर्ने, फेरि कम्युनिस्ट पार्टीको नेतामा दाबी पेस गर्ने—यस्तो भयो भने त्यो व्यक्ति कम्युनिस्ट रहन्न । जे जसरी भए पनि हाम्रा न्यूनतम आवश्यकता पूरा हुनैपर्छ । ती आवश्यकता पुरा हुने श्रोतमध्ये मुख्य हिस्सा श्रमबाट प्राप्त हुने मान्छे मात्र मजदुर हो । आवश्यकताका श्रोत जुटाइदिने उसका जनता हुन् । पुँजीपतिले परिश्रम नगरिकन उसलाई रकम दिन्छ भने पनि त्यसको समेत पार्टीले लेखाजोखा गर्नैपर्छ, तब मात्रै कम्युनिस्ट पार्टीको र कम्युनिस्ट व्यक्तिको आधार तयार गर्न सकिन्छ ।
कम्युनिस्ट पार्टीमा काम गर्नु दैनिक आवश्यकता पूरा गर्न हो । यो समाजसेवा होइन, बरु वर्गसङ्घर्ष हो । मजदुरले वर्गसङ्घर्षका लागि सङ्गठन गर्छ । सम्पन्न वर्गको मान्छेले शोषणका लागि समाजसेवा गर्छ । सुविधासम्पन्न भएर अरूका लागि गरिदिने काम वर्गसङ्घर्षभन्दा समाजसेवातिर गिन्ति गर्नुपर्छ । वर्गसङ्घर्ष मुक्तिसँग सम्बन्धित हुन्छ । अरूका लागि होइन, आफ्नो पनि मुक्ति हुनुपर्ने कम्युनिस्ट कार्यकर्ताको आवश्यक पर्ने उद्देश्य हो । आफ्नो मुक्ति भएको भए जनताको मुक्ति भुल्नुहुन्न ।
नेकपा (मसाल) को छैटौँ महाधिवेशनले पारित गरेको दस्तावेजमा भनिएको छ– “जहाँसम्म हाम्रो सिद्धान्त र राजनीतिक लाइनको प्रश्न छ, मूल रूपमा त्यो सही छ र तर त्यसअनुरूप पार्टी सङ्गठनको स्तर माथि उठ्न सकेको छैन ।”
लेनिनले पार्टी सङ्गठनको सिद्धान्तबारे भनेका छन्– “कम्युनिस्ट पार्टीको सङ्गठन भनेको सर्वहारा क्रान्तिमा कम्युनिस्ट नेतृत्वको सङ्गठन हो ।”
संशोधनवादीहरूले आफूलाई कम्युनिस्ट भन्ने, जनताले पत्याउने र देश र जनतामा आर्थिक जम्मा गरेर आफ्ना कार्यकर्तामा बाड्ने गरिब देश छ भनेर ऋण र कर बढाउने, यस्तो गरिरहँदा जनताले थाहा नपाउने अवस्थाले गर्दा पनि सही राजनीति जनतामा स्थापित हुन सकेको छैन ।
हाम्रो पार्टीको नेतृत्व कम्युनिस्ट भएकाले र लामो समयदेखि राजनीतिक आन्दोलनमा खारिएको भएको हुनाले नेतृत्वमा शङ्का गर्ने ठाउँ देखिन्न तर सङ्गठन व्यापक जनस्तरमा पुग्न सकेको छैन । त्यसो हुनाको मुख्य कारण सिद्धान्त र राजनीतिको प्रचार अरू पार्टीहरूको भन्दा कम नहुदा–नहुँदै पनि जनताको राजनैतिक चेतनास्तर धेरै निम्न हुनु हो । दोस्रो कारण हाम्रो राजनीति धेरै उच्चस्तरको भएर पनि हो । जनतालाई तत्कालै जल्दाबल्दा दैनिक आवश्यकताले सताएको अवस्था र परम्पराको गहिरो धार्मिक छाप परेकाले पनि राजनीतिले प्रभाव पार्न नसकेको हुन सक्छ ।
हाम्रो राजनीति पुँजीवादलाई मजदुरले सङ्गठन र आन्दोलन गरेर राज्यसत्ता कब्जा गर्ने हो । समाजमा पुँजीवादभन्दा सामन्तवाद अझै हावी छ । राष्ट्रिय अवस्था त्यस्तो र अन्तर्राष्ट्रिय स्तरमा भूपरिवेष्ठित मात्र होइन, सबैतिर दुई ठुला साम्राज्यवादी देशले घेरेर पनि साम्राज्यवादीहरूको केन्द्र परेको हुनाले पनि समस्या छ । पहाडी मुलुक, छितरिएको बस्ती, रोजगारी सृजना गर्न नसकेको अवस्था सबैको परिणाम सङ्गठन विस्तार हुन नसक्ने अवस्था आएको छ ।
कम्युनिस्ट पार्टी कार्यकर्ता परिचालन गरेर जनतासम्म राजनीति पुर्याउने र आन्दोलन उठाउने पार्टी हो । संशोधनवादीहरूले आफूलाई कम्युनिस्ट भन्ने, जनताले पत्याउने र देश र जनतामा आर्थिक जम्मा गरेर आफ्ना कार्यकर्तामा बाड्ने गरिब देश छ भनेर ऋण र कर बढाउने, यस्तो गरिरहँदा जनताले थाहा नपाउने अवस्थाले गर्दा पनि सही राजनीति जनतामा स्थापित हुन सकेको छैन । नेतृत्वको खिचातानी अवसरवादीमा चर्काे भएकाले जनताको राजनैतिक चेतना बढ्ने आशा छ ।
कार्यकर्ता पार्टीका मुख्य सम्पत्ति हुन् । जनताको राजनैतिक चेतना उच्च बनाउन कार्यकर्ताको राजनैतिक चेतनास्तर जनताको भन्दा उच्चस्तरको हुनैपर्छ । कार्यकर्ताको व्यहारबाट जनताले राजनीति सिक्ने गर्छन् ।
अहिलेको सङ्गठनात्मक संरचनालाई बदल्न पार्टीभित्रका पार्टीसदस्यलाई सैद्धान्तिक तथा व्यावहारिक दुवै दृष्टिकोणले निरन्तर र सर्वहाराकरणको प्रकृयालाई अगाडि बढाई रहनुपर्ने हुन्छ । कार्यकर्ताको वैचारिक स्तर माथि उठ्न सकेन भने उनीहरू समाजमा नेतृत्व गर्नलायक देखिँदैनन् । अवसरवादीका विरुद्धको सङ्घर्ष गर्ने क्षमताको वैचारिक स्तर उनीहरूमा रहँदैन । कार्यकर्ताको वैचारिक स्तर उच्च बनाउन पार्टीले निरन्तर प्रयत्न गर्न त पर्छ नै, व्यक्तिले पनि प्रयत्न गर्न जरुरी छ । पार्टीसदस्य भएर अरू पार्टीमा जस्तो धन कमाउने, जथाभावी काम र कुरा गर्ने, ठुलो मान्छेको अभिनय गर्ने गरेर समाजमा र आफैमा पनि आमूल परिवर्तन हुन सक्दैन ।
कार्यकर्ता पार्टीका मुख्य सम्पत्ति हुन् । जनताको राजनैतिक चेतना उच्च बनाउन कार्यकर्ताको राजनैतिक चेतनास्तर जनताको भन्दा उच्चस्तरको हुनैपर्छ । कार्यकर्ताको व्यहारबाट जनताले राजनीति सिक्ने गर्छन् । त्यसकारण राजनीतिक कार्यकर्ताले नियमित अध्ययन गर्ने, प्रशिक्षणमा सहभागी हुने, आफ्ना नेताको भाषण सुन्ने र सांस्कृतिक कार्यक्रम आयोजना गरेर सांस्कृतिक स्तर उच्च बनाउने सबै काम गर्नुपर्छ । ती काम एक्लै सम्भव छैनन् । सङ्गठनमा सकृय सहभागी भएर सङ्गठनमा परिचालित भई जनतालाई सचेत बनाउने सिलसिलामा आफू सचेत हुँदै जाने हो । जनताको साथ र सहयोगबिना न आन्दोलन, क्रान्ति, राज्यसत्ता कब्जा, आमूल परिवर्तन—केही पनि हुन सक्दैन ।
राज्यसत्ता कब्जा हुनुभन्दा पहिल्यै कार्यकर्ताहरू मुक्त भइसकेको हुनुपर्छ । त्यस्तो भनेको श्रम गर्ने समस्या समाधान गर्ने र पार्टीले दिएको जिम्मा पूरा गर्ने—यसरी श्रम र जनतामाथि विश्वास र व्यवहार अभ्यस्त भएको अवस्थामा आफ्नो उद्देश्य जनतालाई मुक्त गर्नेतिर फर्काउनुपर्छ । त्यो भनेको आफू नेता हुनुपर्छ । जनताको सुखमा आफ्नो सुख र जनताको दुःखमा आफ्नो सुख र जनताको दुःखमा आफ्नो दुःख महसुस गर्दै वर्तमान शोषणयुक्त व्यवस्थामा आमूल परिवर्तन गरेर शोषणरहित समाज बनाउन योगदान थप्नुपर्छ ।
जसले स्थानीयस्तरको वर्गसङ्घर्षलाई बुझ्न सक्छ । त्यसले मात्र राष्ट्रियस्तरको समस्यालाई पनि बुझ्न सक्छ । त्यसका लागि निरन्तर सकृयताको खाँचो पर्छ । पार्टीभित्र गैरसर्वहारा वर्गीय चरित्र विरुद्ध तीव्र आलोचनात्मक पद्धतिद्वारा यो समस्यालाई सुधार्नुपर्छ ।
समाजको व्यापक बेरोजगारीबाट उम्कन र रोजगारीबाट समय बचाउन पनि राजनीतिक चेतनास्तर उच्च बनाउनुपर्ने भएको छ । पहिलोको तुलनामा अध्ययनको समय केही बढ्ने/बढाउने भएपछि अझै पर्याप्त भएको छैन ।
अर्काे पक्ष पार्टीको हित र स्वार्थभन्दा व्यक्तिगत निजी स्वार्थ र हितका लागि आफ्नो अत्यधिक समय खर्च गर्ने गर्दछन् । राजनीति गर्ने भनेको धनसम्पत्ति कमाउने सत्ताको मान्छे भइदिने र सर्वसाधारण र सत्ताविरोधीलाई माथि पुग्न नदिने होड तलदेखि माथिसम्म अधिकांश राजनीतिक पार्टीमा छ । त्यसकारण सत्ताविरोधी राजनीतिको प्रचार प्रसारमा प्रतिकूल प्रभाव छ । राजनीति कमाइखाने भाँडो बनेको/बनाएको हुनाले स्थानीय तहदेखि केन्द्रसम्म एकै किसिमको हौवा खडा गर्ने प्रयत्न गरेका छन् । पुँजीवादको विकास भइनसकेको हुनाले पुँजीवादी पार्टीको भन्दा निम्न पुँजीवादी संशोधनवादी अवसरवादीको राजनीतिक गतिविधि झन् तल्लोस्तरको छ । सर्वहारा वर्गीय चरित्रभन्दा निम्न पुँजीवादी चरित्रले राजनीतिमा पकड लिएको हुनाले क्रान्तिकारी राजनीति र क्रान्तिकारी सङ्गठन दयनीय अवस्थामा पुगेको छ । आलोचना–आत्माचोलना पनि गर्न÷गराउन त सकिन्छ तर समस्या कि नेता हुनलाई समय खर्च गर्ने, कि व्यक्तिगत स्वार्थलाई आधार मानेर समय खर्च गर्ने गर्दा सर्वहारा विश्वदृष्टिकोण विकास गर्ने काम अत्यन्तै पछि परेको छ । समाजको पिछडिएको अवस्था भएको हुनाले उनीहरूको चेतनास्तर उठाउने भन्दा फाइदा उठाउने वा ठग्ने, झुक्काउने काम सजिलो हुने भएकाले उब्जिएको गैरसर्वहरा विश्व दृष्टिकोण हो । समाजको व्यापक बेरोजगारीबाट उम्कन र रोजगारीबाट समय बचाउन पनि राजनीतिक चेतनास्तर उच्च बनाउनुपर्ने भएको छ । पहिलोको तुलनामा अध्ययनको समय केही बढ्ने/बढाउने भएपछि अझै पर्याप्त भएको छैन ।
हामी किसान समुदायबाट आएका र कर्मचारी क्षेत्रबाट आएका पार्टीसदस्य भएको हुनाले अनुशासनको गम्भीरतालाई बुझ्ने कुरामा भएको कमजोरीलाई सच्चाउनुपर्छ । पार्टीसदस्यमा अनुशासनसम्बन्धी चेतनालाई माथि उठाउनुपर्छ ।
पपुलिस्ट सोच भएका पार्टीसदस्यले कमिटीको बैैठक बस्नु, लेबी बुझाउनु, निर्णय पर्खनु, निर्णयको पालना गर्नुलाई गैरक्रान्तिकारी ठान्न पुग्छन् । क्षणिक कारबाहीलाई नै क्रान्ति सम्झन पुग्छन् । हामीले पार्टीसदस्यको उद्देश्य थाहा नपाइकन अथवा उद्देश्य निश्चित नगरिकन उहाँबाट पार्टीको काम गर्न÷गराउन सक्दैनौँ । पार्टीमा, अझै कम्युनिस्ट पार्टीमा काम गर्ने भनेको आमूल परिवर्तन उनीहरूको उद्देश्यमा गराउने हो ।
विश्वदृष्टिकोणमा आमूल परिवर्तन गराएर उद्देश्यमा परिवर्तन गराउन सकिएन भने उसले कुनै न कुनै बेला धोका नदिएर पार्टीमा काम गरिरहन सक्दैन ।
जहाँ पूर्ण जनवाद रहन्छ, त्यहाँ केन्द्रीयताको पनि उचित सम्मान रहन्छ । यदि जनवाद र केन्द्रीयताको उचित तालमेल मिलाउन सकिएन भने कि अराजकता हुन्छ कि तानाशाही हुन्छ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको तानाशाही व्यवस्था नै हो । अराजकताले काम चल्दैन ।
हरेक व्यक्तिका कृयाकलाप उसको मूल उद्देश्यानुसार अगाडि बढ्छन् । समाजका धेरै मान्छेको उद्देश्य धनी, सम्पन्न हुने हुन्छ भने केहीको उद्देश्य शासक बन्ने हुन्छ । कम्युनिस्ट पार्टीको सदस्यले यी दुईओटै उद्देश्यमा अमूल परिवर्तन गर्न नसक्दासम्म अरू जेसुकै गरेर पनि पार्टीका कार्यकर्ता बनाई रहन सकिन्न । उद्देश्यमा परिवर्तन गर्न/गराउन नसक्दासम्म अन्तरविरोध झन् नयाँ र झन् उच्चस्तरका भई खडा हुन्छन् । पहिले वैचारिक रूपमा र पछि सङ्गठनात्मक रूपमा फाटो पर्ने कारण पनि त्यसैका कारणले हो ।
मान्छे धेरै वर्ष काम गरेर म पुरानो र पाको कार्यकर्ता हुँ भनिसक्दा पनि उसको चाहानन र उद्देश्य पुरानै हुन्छ, बरु झन् जब्बर भएर विकृति निम्त्याउँछ । अनुशासन पालन गर्न पनि लामो समयको अभ्यासको जरुरी पर्दछ । मान्छेमा लागेको बानीमा तुरुन्तै आमूल परिवर्तन हुन सक्दैन । लगातारको निर्देशन र सजगताको आवश्यकता पर्दछ । समाजको गतिशीलतासँगै आवश्यकता र ती आवश्यकता पूरा गर्ने तरिकामा पनि आमूल परिवर्तन भइरहेको हुन्छ । त्यसको समाधानको समेत तरिकामा परिवर्तन गरेर अघि बढ्न सक्नुपर्छ ।
हामीले हाम्रो पार्टीभित्र पूर्ण जनवादी वातावरण सृजना गर्न सक्नुपर्छ । पार्टीको कुनै निर्णय, नीति वा निर्देशन तयार भइसकेपछि त्यसलाई दृढतापूर्वक लागु गर्ने स्प्रिटको पनि विकास गर्नुपर्छ । जहाँ पूर्ण जनवाद रहन्छ, त्यहाँ केन्द्रीयताको पनि उचित सम्मान रहन्छ । यदि जनवाद र केन्द्रीयताको उचित तालमेल मिलाउन सकिएन भने कि अराजकता हुन्छ कि तानाशाही हुन्छ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको तानाशाही व्यवस्था नै हो । अराजकताले काम चल्दैन ।
विश्वदृष्टिकोणका लागि उचित प्रशिक्षण माक्र्सवादी दर्शनको अध्ययन र क्रान्तिकारी सङ्घर्षमा प्रत्यक्ष सहभागिता आवश्यक हुन्छ । माक्र्सवाद प्रकृतिकै नियमलाई बुझ्ने पद्धति हो । माक्र्सवादलाई नबुझ्नेहरू यो समाज तथा सामाजिक घट्नालाई आकस्मिक, स्थिर र गतिहीन अवस्थामा बुझ्छन् । हामीले हाम्रो सङ्गठनात्मक स्वरूपलाई क्रान्तिकारी बनाऔँ वा सुधारवादी बनाऔँ भन्ने कुरा पनि हामी कुन वर्गका प्रतिनिधि हौँ भन्ने प्रश्नले निक्र्यौैल गर्दछ ।
एक्लाएक्लै काम गर्नमा अभ्यस्त भएका व्यक्तिहरूलाई कम्युनिस्ट पार्टी जस्तो कडा सामूहिकता लागु गर्ने संस्थामा ल्याउँदा आएको समस्या पनि हो । जे गरेर भए पनि सामूहिक अनुशासनको पाठ त यहाँ सिकाउनैपर्दछ ।
देशमा पुँजीवादको विकास भएको छैन । त्यो भनेको सर्वहारा वर्ग पनि उत्पादन भइरहेको छैन । कृषिप्रधान देशमा धेरै कृषिक्षेत्रका प्रतिनिधि पार्टीमा भएको र कृषि उत्पादनको तरिका सामूहिक तरिका नभई व्यक्तिगत तरिका भएकाले सामूहिकताको पाठ कार्यकर्ताले समाजबाट सिक्ने अवसर पाएका छैनौँ । उद्योगले मजदुरलाई शोषण धेरै गरे पनि त्यहाँ सिक्ने/सिकाउने सामूहिक उत्पादनको तरिका कम्युनिस्ट अनुशासनको लागि महत्त्वपूर्ण पाठशालाको कमी भएको कुरा भने सत्य हो । एक्लाएक्लै काम गर्नमा अभ्यस्त भएका व्यक्तिहरूलाई कम्युनिस्ट पार्टी जस्तो कडा सामूहिकता लागु गर्ने संस्थामा ल्याउँदा आएको समस्या पनि हो । जे गरेर भए पनि सामूहिक अनुशासनको पाठ त यहाँ सिकाउनैपर्दछ ।
हाम्रो पार्टी सर्वहारा वर्गको पार्टी हो । तर सङ्गठनात्मक स्वरूप र चेतनाको प्रकृति निम्न पुँजीवादी छ । सङ्गठनात्मक संरचनालाई सुदृढ गर्न हामीले वर्गलाई र वर्गसङ्घर्षलाई भुल्नुहुँदैन । यो हाम्रो देशको मात्र समस्या नभएर संसारभर रक्षात्मकताको फल पनि हो ।