बुटवल । वरिष्ठ वामपन्थी नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार बिहान करिब ८ बजे बुटवलमा उपचारका क्रममा निधन भएको हो ।
Advertisement
नेता गुरुङलाई कोरोना पोजिटिभ देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गएको बुधबार बुटवल ल्याइएको थियो ।
राष्ट्रिय जनमोर्चाले उहाँको शवलाई सम्मानका साथ बुटवलबाट प्युठान लैजाने तयारी गरेको छ । प्युठानको गौमुखी गाउँपालिका–७ कोइरा निवासी गुरुङको भोलि (सोमबार) अन्त्येष्टि गरिने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले जानकारी दिनुभयो ।
नेकपा (मसाल) मा आवद्ध रहेर नेपालको कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान पुर्याउनुभएका गुरुङले यही भदौ २५ गते आफ्नो १०४ औँ जन्मदिवस मनाउनुभएको थियो ।
यो पनिः वामपन्थी नेता खगुलाल गुरुङलाई कोरोना पोजिटिभ