काठमाडौं । ज्येष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङलाई कोरोना पोजिटिभ देखिएको छ । अस्वस्थ भएर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत नेता गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनमोर्चा लुम्बिनी क्षेत्रीय कार्यालय बुटवलका कार्यालय सचिव सचिव भीमलाल शर्माले जानकारी दिनुभयो ।
गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि हिजो (बुधबार) राति ९ बजे बुटवल ल्याइएको थियो । उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।
१०४ वर्षीय नेता गुरुङको स्वास्थ्यमा समस्या आएपछि तीन दिनअघि घरमै डाक्टर बोलाएर उपचार गरिएको थियो । तर, स्वास्थ्य अवस्था सुधार नभएपछि हिजो प्युठान अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई हिजै प्युठानबाट बुटवल ल्याईएको हो ।
नेता गुरुङको अक्सिजनको लेभल घटबढ भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उहाँले यही भदौ २५ गते आफ्नो १०४ औँ जन्मदिवस मनाउनुभएको थियो ।
ज्येष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङ अस्वस्थ
कम्युनिस्ट नेता खगुलाल गुरुङ १०४ वर्षमा