• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पूर्व अध्यक्ष आनन्ददेव भट्टको श्रद्धाञ्जली सभा तथा अठचालिसौँ परिसंवाद सम्पन्न


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको स्मृतिसभा अठचालिसौँ प्रलेस परिसंवाद र आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थको विमोचन गर्दै सम्पन्न गरेको छ ।

    Advertisement

    नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सो कार्यक्रम २०७८ असोज १ गते सम्पन्न भएको हो ।

    प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सुरु भएको कार्यक्रमको पहिलो चरणमा अठचालिसौँ परिसंवाद अघि बढेको थियो ।

    कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य डा. दीपक गौतमले “कर्णाली प्रदेशको प्रगतिशील साहित्य ः विगत र वर्तमान” शीर्षकमा विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा डा. गौतमले कर्णाली प्रदेशमा ५०० जति साहित्यकार रहेकोमा ३०० जति त प्रगतिशील साहित्यकार मात्रै रहेको जानकारी दिनुभयो ।

    ‘बाहिरबाट सोचे जस्तो कर्णाली केही नभएको ठाउँ होइन’ उहाँले भन्नुभयो– ‘कर्णाली प्रदेश साहित्य, कला, भाषा, संस्कृति जस्ता क्षेत्रमा पनि धनी छ ।’

    उहाँले कर्णालीमा मात्रै २६ ओटाभन्दा बढी भाषा भएको दावी गर्नुभयो ।

    कर्णाली प्रदेशभित्र प्रलेसले “रातो जुन”, “रातो थुङ्गा” जस्ता गौरवशाली पत्रिका प्रकाशन गरिरहेको जानकारी दिँदै उहाँले प्रलेस सुर्खेतले अहिलेसम्म १९५ ओटा साहित्यिक यात्रा सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

    सम्बोधनको क्रममा अझै पनि थुप्रै साहित्यिक कृति प्रकाशन हुन नसकेको बताउँदै आगामी दिनमा त्यसबारे सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

    डा. गौतमको प्रस्तुतिप्रति प्रा. जगत्प्रसाद उपाध्यायले पूरक टिप्पणी राख्नुभएको थियो ।

    कार्यक्रमको दोस्रो चरणमा प्रलेसका पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो ।

    सो कार्यक्रममा शोकमन्तव्य राख्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आनन्ददेव भट्ट प्रगतिवादी आन्दोलनको शीर्ष व्यक्तित्व भएको धारणा व्यक्त गर्नुभयो ।

    ‘कीर्तिशेष आनन्ददेव भट्ट शिक्षा, साहित्य र राजनीति तीनओटै क्षेत्रमा सक्रिय रहनुभयो’ प्रमुख अतिथि उप्रेतीको भनाइ थियो ।

    उहाँले भट्टजीको निधन भइसकेपछि यो शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘शोकको यो घडीमा हामी यसलाई शक्तिमा बदलौँ’ उहाँले भन्नुभयो– ‘उहाँले देखाएको बाटो र आदर्श कठिन छ तर पनि हामी त्यो बाटो र आदर्शको पालना गर्नैपर्छ ।

    कुलपति उप्रेतीले आनन्ददेव भट्ट आजीवन समर्पणको बाटो हिँडेको तर त्यसबापत् कुनै पनि प्राप्तिको पछि नलागेको बताउनुभयो ।

    अभिनन्दन ग्रन्थको रूपमा प्रकाशन गर्नुपर्ने कृति दुखद् संयोगका कारण स्मृतिग्रन्थको रूपमा प्रलेसले प्रकाशन गरेकोमा उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो ।

    कीर्तिशेष भट्टकी जीवनसँगिनी सुशीला भट्टले सङ्क्षिप्त मन्तव्य राख्दै आनन्ददेव भट्टले कहिल्यै पनि मैले केही पाइनँ भावना नराखेको बताउनुभयो ।

    ‘उहाँको त्यो यात्राको परिणामले होला, मृत्यपछि पछि देखिएको यो अपार श्रद्धाबाट म अचम्म परेकी छु’ उहाँको थप भनाइ थियो ।

    भाइ डा. अर्जुनदेव भट्टले आनन्ददेव भट्ट दाजु मात्र न भएर गुरु र पथप्रदर्शक पनि भएको बताउनुभयो ।

    आँसुको धाराका साथ भावविह्वल हुँदै उहाँले अगाडि भन्नुभयो– ‘म यतिखेर धेरै भन्न सक्ने अवस्थामा छैन तर उहाँले जीवनमा कहिल्यै तलमाथि गर्नुभएन, आजीवन निष्ठाका साथ कर्म गर्नुभयो ।

    वरिष्ठ पत्रकार भैरव रिसालले अभिनन्दनमा खुसी हुनुपर्नेमा श्रद्धाञ्जली सभामा पनि खुसी हुनुपर्ने बाध्यात्मक स्थिति आइपरेको बताउनुभयो ।
    ‘नेपालको अग्रगमनमा उहाँको अद्वितीय भूमिका छ’ उहाँले शोकको यस घडीमा परिवार जनप्रति समवेदना प्रकट गर्नुभयो ।


    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आनन्ददेव भट्टमा आन्दोलनमा सहर्ष नेतृत्व दिन सक्ने क्षमता रहेको बताउनुभयो ।

    ‘तपाईंहरू पछाडि हिँड्नुस, म अघि लाग्छु’ उहाँले भन्नुभयो– ‘आनन्ददेव भट्टमा यस खालको स्वभाव थियो ।’

    उहाँले भट्टजीलाई श्रद्धेय प्राज्ञिक व्यक्तित्वको रूपमा समेत अथ्र्याउनुभयो ।

    श्रद्धाञ्जली सभाको पूर्वाद्र्धमा प्रलेसका केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले भट्टजीको जीवनीबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    भट्टजीको फोटोमा माल्यार्णपण गरी अघि बढेको उक्त कार्यक्रममा एक मिनट मौनधारण गरिएको थियो ।

    कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले “त्रिआयामका तारा आनन्ददेव भट्ट” शीर्षकको ६७२ पृष्ठको अभिनन्दन ग्रन्थ विमोचन गर्नुभएको थियो ।

    सो अवसरमा उपाध्यक्ष गोपीरमण उपाध्याय, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर, कोषाध्यक्ष प्राडा धु्रवकुमार घिमिरे, केन्द्रीय सल्लाहकारहरू मातृका पोखरेल, राम विनय, प्राडा कपिल लामिछाने, डा. कृष्णराज अधिकारी, इन्द्र रेग्मी, प्राडा बद्रिविशाल पोखरेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानकै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, साहित्यकारहरू लक्ष्मी माली, डा. रजनी ढकाल, नर्मदेश्वरी सत्याललगायतको आतिथ्यता रहेको थियो ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.