काठमाडौं । पेरु कम्युनिस्ट पार्टीका नेता अबिमाइल गुजम्यान (गोञ्जालो) को निधन भएको छ । पेरुका क्रान्तिकारी नेता साइनिङ पाथ विद्रोहका संस्थापक गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको हो ।
आतंकवाद र देशद्रोहको अभियोगमा उहाँ सन् १९९२ देखि आजीवन काराबास सजाय भोगिरहनुभएको थियो । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गोञ्जालोलाई गत जुलाईमा स्वास्थ्य समस्या देखिएपछि जेलबाट अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

पेरुमा माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच दशकभन्दा लामो समय चलेको युद्धका क्रममा झन्डै ७० हजार मानिस मारिएएका थिए । गोञ्जालो पक्राउ परेपछि साइनिङ पाथलाई ठूलो धक्का लागेको थियो।
उहाँको जन्म सन् १९३४ को डिसेम्बर पेरुको दक्षिणी तटीय क्षेत्रमा पर्ने मोलेन्दो बजारनजिकै भएको थियो।
‘३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’