• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’


  •   शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालका विभिन्न वामपन्थी दलका नेताहरुले पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ को रिहाईको माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले गोञ्जालोको जीवन रक्षा गर्नुपर्ने बताए ।

    Advertisement

    नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले गोञ्जालोलाई तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरु सरकारसँग माग गर्नुभयो । प्रवक्ता पुरीले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था पुगेकैले पेरुको प्रतिक्रियावादी सरकारले गोञ्जालोलाई रिहाई नगरेको बताउनुभयो । उहाँले गोञ्जालोको जीवर रक्षा गर्नु विश्भरका कम्युनिष्ट पार्टीको दायित्व भएको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले ८९ वर्षको उमेर पुग्दा पनि जेलमै राख्नु पेरु सरकारको अमानवीय कार्य भएको बताउनुभयो। उहाँले तत्कालिन फुजिमोरी सरकारले अमेरिकाका आडमा पेरुभियाली जनताको लागि संघर्ष गर्ने गोञ्जालोलाई आजीवन काराबास राख्ने सजाय दिएको भन्दै रिहा गर्न माग गर्नुभयो ।

    नेपालामा जनयुद्ध सुरु गर्नुअघि पेरु कम्युनिस्ट पार्टीबाट आफूहरुले प्रेरणा लिएको गजुरेलको भनाई थियो । उहाँले पेरुको जनयुद्ध रणनीतिक रक्षाबाट सन्तुलनमा पुगेर प्रत्याक्रमणको तयारीकै क्रममा गोञ्जालोलाई गिरफ्तार गरिएको बताउनुभयो।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देव गुरुङले पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध संसारका क्रान्तिकारीको लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको बताउनुभयो । अमेरिकी साम्राज्यवाद कमजोर भएमात्रै गोञ्जालो रिहाई हुन सम्भव भएको भन्दै गुरुङले साम्राज्यवाद विरोधी मोर्चा शसक्त बनाउनु पर्ने गुरुङले बताउनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले गोञ्जालो संसारका क्रान्तिकारीहरुको प्रेरणाको स्रोत भएको बताउँदै रिहाईको लागि पहल गर्नु दायित्व भएको बताउनुभयो ।

    कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोञ्जालोको रिहाईको लागि गीत गाउनुभएको थियो ।

    सन् १९९२ सेप्टेम्बर १२ मा पेरु सरकारले गोञ्जालोलाई राजधानी लिमाबाट गिरफ्तार गरेको थियो ।

    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.