• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

जनमोर्चाले निष्काशन गरेका व्यक्तिहरुसँग संयुक्त कार्यक्रम गर्नु कमजोरी : गजुरेल


  •   बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाबाट निष्काशित व्यक्तिहरुसँग संयुक्त कार्यक्रम गर्नु कमजोरी भएको स्वीकार गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष सिपी गजुरेलले सुदूरपश्चिममा भएको कमजोरी सच्याएर २२ दलीय मोर्चा कायम राख्ने बताउनुभएको छ ।

    Advertisement

    हिजो (२३ भदौ) कैलालीको अत्तरियामा नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माले) ले एमसीसीविरुद्ध संयुक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट निष्काशित व्यक्तिहरुलाई समेत सामेल गरेका थिए ।

    सो विषयमा राजमो सुदूरपश्चिमका अध्यक्ष नन्दराज भट्टले आफ्नो पार्टीको आन्तरिक मामिलामा वैद्य र विप्लव नेतृत्वले खेल्न खोजेको आरोप लगाउनुभएको थियो । देजमो अध्यक्ष जगुरेलले भने स्थानीयस्तरमा समन्वयको अभावले समस्या आएको भन्दै त्यस्ता कमजोरी फेरि दोहोरिन नदिने उल्लेख गर्नुभयो ।

    यो पनिः पार्टीको आन्तरिक मामिलामा नखेल्न वैद्य, विप्लवलाई राजमो प्रदेश अध्यक्ष भट्टको ‘सुझाव’

    बिहीबार युगदर्शनसँग कुरा गर्दै देजमो अध्यक्ष गजुरेलले सुदूरपश्चिममा स्थानीय समितिबाट कमजोरी भएको र अब त्यसलाई सच्याएर अघि बढ्ने बताउनुभयो ।

    ‘२२ दलीय मोर्चामा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा पनि छ । हामीले एमसीसीलगायत राष्ट्रियताका विषयमा देशभर निरन्तर सहकार्य गरेका छौँ’ उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा हिजो साथीहरुबाट कमजोरी भएको छ । हाम्रैबीचमा समन्वय नहुँदा त्यस्तो भएको हो । त्यो कमजोरी सच्याउनुपर्छ ।’

    नेता गजुरेलले केन्द्रीय तहमा पार्टीहरुबीच समझदारी कायमै रहेकाले कुनै एक ठाउँको कारणले २२ दलीय मोर्चामा समस्या नआउने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘एमसीसीविरुद्ध अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था छ । २२ दलीय मोर्चाका बीचमा केन्द्रमा भएको समझदारी अनुसार नै हामी अघि बढ्छौं । कुनै एक ठाउँको कारणले हाम्रोबीचमा समस्या आउँदैन ।’

    अध्यक्ष गजुरेलले एमसीसीलाई संसदमा टेबुल नै हुन दिन नहुने बताउनुभयो । संसदबाहिरबाट त्यसको सशक्त प्रतिवाद गर्ने र सांसदहरुलाई पनि त्यहाँ भित्रबाट विरोध गर्न आग्रह गरिने उहाँले बताउनुभयो । संसदमा टेबुल भए एमसीसी पास हुनसक्ने उहाँको आशंक थियो ।

    ‘राजनीतिक रुपमा त एमाले र कांग्रेस धेरै टाढा पुगेका छन्, तर मालिक एउटै भएकोले उनीहरुलाई एकैठाउँमा मिलाइदिन सक्छ’ गजुरेलले भन्नुभयो, ‘संसदमा एमसीसी टेबुल भए त्यो पास हुन सक्छ । त्यसकारण टेबुल नै हुन नदिने प्रयास गर्नुपर्छ ।’

    यो पनिः एमसीसी विरुद्ध संघर्षका लागि तयार रहन २२ दलीय मोर्चाको आह्वान

    बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.