काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा विप्लव पक्षसहितका २२ दलीय राजनीतिक पार्टी तथा सङ्घसंस्थाहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने प्रयत्नका विरुद्ध सङ्घर्ष गर्न आह्वान गरेको छ ।
Advertisement
२२ दलीय मोर्चाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलद्वारा २०७८ भदौ २२ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो आह्वान गरेको हो ।
सो गठबन्धनले चाँडै नै एमसिसी विरुद्धको कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।
