काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका अधिकांश गीतहरुमा जीवन शर्मासँगै सुमधुर महिला स्वर दिने गायीका हुन्– लक्ष्मी गुरुङ ।
कास्की जिल्ला भदौरेमा जन्मिनु भएका गुरुङ विस २०४७ सालदेखि रक्तिम परिवारमा आवद्ध भएर जागरणका गीत तथा संगीतको सेवा गर्दै आउनु भएको छ । सवैको प्रिय गायीकाको रुपमा स्थापित गुरङको स्वर रक्तिम जनगिती यात्रा भाग ४ वाट निरन्तर रुपमा गुन्जिरहेको छ ।
छिल्लो समयमा स्वास्थ्यको कारणले गीतहरु रेकर्ड गर्न सक्नुभएको छैन । झण्डै ४ दर्जन गीतहरु गाइसकेका लक्ष्मी गुरुङका केहि प्रतिनिधी गीतहरु भने यो मेरो जिवन, नेपाली माटोमा फुलेको फुल, परदेशीको सपना, सामान्तले नौ जाल वु्न्छ आदी हुन ।
हाल वुटवल वस्दै आउनु भएका गायीका गुरुङ अहिले रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय सल्लाहकारमा हुनुहुन्छ ।
गत श्रावण ३० गते सांस्कृतिक संस्थानको सुर साधना अन्तर्गत जनवादी गायक हेमराज आश्रमको एकल साँझको अवसरमा गायीका गुरुङलाई सम्मानितसमेत गरिएको थियो ।