तिलकप्रसाद सुवेदी/परासी ।
Advertisement
राष्ट्रिय जनमोर्चाद्वारा घोषित भदौ २२ गते देशव्यापी राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको विरोध कार्यक्रम आज सुनवलमा सम्पन्न भयो ।
राजमो नवलपरासीद्वारा आयोजित कार्यक्रमको अध्यक्षता जिल्लाध्यक्ष किसनबहादुर अधिकारीले र सञ्चालन कुलराज गौतमले गर्नुभएको थियोे । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम राना, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, अखिल नेपाल किसान महासङ्घ नवलपरासीका जिल्लाध्यक्ष जितबहादुर पौडेल, नेकपा (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटाले बोल्नुभएको थियो ।
वक्ताहरूले एमसिसी राष्ट्रघाती भएको, यो अमेरिकी साम्राज्यवादले नेपाललाई आधार बनाए छिमेकी मुलुक चीनलाई घेरामा पार्ने हिन्दप्रसान्त रणनीतिअन्तर्गत रहेको, यो नेपालको संविधानभन्दा माथि रहने बताउनुभयो ।