काठमाडौं । सरकारले चीनसँगको सिमा समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
Advertisement
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले हुम्ला जिल्लाको नाम्फा गाउँपालिकामा रहेको नेपाल–चीन सीमा समस्याबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो ।
‘हुम्ला जिल्लाको नाम्फा गाउँपालिकाको नाम्फा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेको समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविज्ञ रहेको समिति गठन गर्ने’ सरकारको प्रवक्ता कार्कीको भनाई थियो ।