काठमाडौं । वागमती प्रदेशका नेकपा (एमाले) वागमतीका १२ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा खुलेका छन् । ५५ जना सांसद रहेको सो प्रदेशका १२ जना सांसदहरुले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।
नेकपा एमालेबाट प्रदेश सभा सदस्य भएका उनीहरुले पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा पुगेर नेकपा एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएका हुन् ।
प्रदेश सांसद लक्षमण लम्सालका अनुसार प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार
कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन् । अन्य दुई जनाले भोलि या पर्सि सनाखत गर्नेछन् ।
मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।