• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रगतिशील लेखक सङ्घद्वारा आनन्देव भट्टप्रति श्रद्धाञ्जली


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले प्रलेसका पूर्व अध्यक्ष तथा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् चिन्तक आनन्ददेव भट्टप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    साहित्यका एवम् चिन्तक भट्टको २०७८ भदौ १४ गते राती ३ बजे निधन भएपछि प्रलेसले श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनमा धैर्यतापूर्वक शोकको सामना गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेको छ ।

    अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा भदौ १४ गते जारी शोक वक्तव्यमा आनन्ददेवका कृति र जीवनवृत्तको सङ्क्षिप्त विवरण दिनुका साथै उहाँ आफ्ना काम र कृतिमार्फत जीवित रहिरहनुहुने विचार व्यक्त गरिएको छ ।

    यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ
    “प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष, वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् चिन्तक आनन्ददेव भट्टको आज मिति २०७८ भदौ १४ गते बिहान काठमाडौँको कालिकास्थानस्थित उहाँको निवासमा निधन भएकोमा प्रगतिशील लेखक सङ्घ, नेपाल गहिरो शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दुःखको यस घडीमा प्रलेस उहाँकी जीवनसँगिनी सुशीला भट्ट र परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक यस शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दछ ।

    उहाँको निधनबाट प्रगतिशील सांस्कृतिक आन्दोलन, सिङ्गो समाज र राष्ट्रलाई अपूरणीय क्षति भएको छ । राजनीति, प्राध्यापन र सिर्जनाका क्षेत्रबाट समाजका निम्ति महŒवपूर्ण योगदान गर्नुभएका उहाँका “०९७ साल” (२०१५), “अब हिमाल बोल्छ” (२०१५), “गुराँस” (२०१५), “ओमार खैयामलाई जवाफ” (२०१६), “जोवनकै थुम्कोबाट” (२०१६), आमा बोलाउँछिन्” (२०१६), “तिमीलाई देख्दा” (२०१७), “साहिँली मैया” (२०१८), “युरी एलेक्सएभिच गागरिन” (२०१९) कविता सङ्ग्रह र काव्य, “दृष्टिविन्दु” (२०४८), केही आत्मपरक निबन्ध (२०४९), “धरतीदेखि आकाशसम्म” (२०७४), निबन्ध सङ्ग्रह, “समालोचनाको बाटोमा” (२०१९), “हाम्रा प्रतिभाहरू” (२०१९), “प्रतिभा पहिचान” (२०४७), “जनताको साहित्य” (२०४८), “व्यावहारिक समालोचना” (२०४८), “समय साहित्य” (२०६७) समालोचना सङ्ग्र्रह, “जगत्को सृष्टि र सञ्चालन प्रक्रिया” (२०४६), दर्शन, “राजनैतिक सहमति” (२०४४) र “स्वतन्त्रता र कम्युनिस्टहरू” (२०४८) राजनीति, “भाषिक अधिकार” (२०४४), “नेपालको भाषानीति” (२०४४), “नेपाली र नेपालका अन्य भाषाहरूमाझको सम्बन्ध” (२०४४) भाषा तथा “जनताको शत्रु” (२०२०) र “समय र जीवन” (२०७४) अनुवाद कृति प्रकाशित छन् ।

    उहाँले प्रगतिशील प्राध्यापक सङ्गठनको अध्यक्ष, नेपाल बुद्धिजीवी परिषद्को उपाध्यक्ष, नेकपा (एमाले) को संस्कृति विभागको सदस्य र निष्ठावान् राजनीतिकर्मीका रूपमा समेत नेपालको सामाजिक रूपान्तरणमा विशिष्ट योगदान गर्नुभएको छ ।

    उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको क्रान्तिकारी र निष्ठापूर्ण जीवनले हामीलाई सदा प्रेरित गरिरहने छ र उहाँ आफ्ना असल काम र कृतिमा जीवित रहिरहनुहुने छ ।”

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.