काठमाडौँ । नेकपा (मसाल) ले बारा जितपुर–सिमरा–१४ निवासी बलराम सापकोटाको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ भदौ ११ गते जारी शोकवक्तव्यमा पार्टीको तर्फबाट सापकोटाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
यस्तो छ, शोकवक्तव्य
“बारा जिल्ला जितपुर–सिमरा नगरपालिका–१४ जोर्लाई निवासी कामरेड बलराम सापकोेटा (का. सलाम) को २०७८ भाद्र ८ गते ६९ वर्षको उमेरमा मृत्यु भएको छ । का. सापकोटाको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
उहाँ हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।”