काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाको बारेमा पीतपत्रकारिता गर्ने मिडियाले माफी मागेको छ ।
सांसद पियारी थापा र रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुनसँग जोडी कपोलकल्पित समाचार छापेको सन्दर्भमा प्रेस काउन्सिलमा उजुरी दर्ता भएपछि सो मिडियाले माफी मागेको हो ।
सो मिडियाका प्रधान सम्पादक माधवप्रसाद तिवारी भौतिक रूपमै प्रेस काउन्सिलमा पुगी कपोलकल्पित समाचारबारे माफी मागेका हुन् ।
“२०७८ असार ९ गते तहाँ मिडियाका प्रधान सम्पादक स्वयम् काउन्सिलमा उपस्थित भई पत्रकार आचार संहिता निर्देशिका, निर्देशन अवज्ञा गर्ने मनसाय नभएको र आगामी दिनमा आचार संहिता पालनामा प्रतिबद्ध रहने, खण्डन आएको खण्डमा आफ्नो मिडियाले प्राथमिकताका साथ स्थान दिने, विगतमा केही त्रुटि भएको भए क्षमायाचना गर्दै काउन्सिलमा पत्रको जवाफ दिई सम्बन्धित विषयमा सम्बोधन गर्ने भनी सहमति जनाएको” गत २०७८ साउन ३२ गते समाचारबाट पीडित पियारीलाई प्रेस काउन्सिलले पठाएको पत्रमा यसबारे भनिएको छ– “मिति २०७८ साउन ५ गते लिखित प्रतिबद्धतासमेत पेस भएको” छ ।
अनलाइन सञ्चार माध्यम दैनिकी डट कमले गत २०७८ वैशाख १९ गते “गण्डकीकी पियारीको प्यारो कथा” शीर्षकमा कपोलकल्पित समाचार प्रकाशन गरेको थियो । त्यसका विरुद्ध पियारी थापा र हेमराज पुनको तर्फबाट बेग्ला बेग्लै निवेदन प्रेस काउन्सिलमा दर्ता गरिएको थियो ।

यो पनि…..
गण्डकी प्रदेश सांसद पियारी थापाद्वारा भ्रामक समाचारको खण्डन