• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सबै उस्तै छ


  •   बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
  • मिनबहादुर राना ##
    महारानीको देशबारे
    एकादेशको कथा जस्तै सुनेको थिएँ
    केकन होला… लागेको थियो
    तर
    उस्तै हो माटो, उस्तै हो खोला र पानी उस्तै हो
    सुखदुख, हाँसो रोदन जीवनको मदानी उस्तै हो
    भाषा फरक भए पनि तमासा उस्तै हो

    Advertisement

    घाम उही हो, छायाँ उही हो
    आफन्त र साथीभाइको माया उही हो

    उस्तै हो
    देख्नलाई त केही कोही गोरा छन् कोही काला छन्
    कोही गोरा भएर पनि अँध्यारा छन्
    कोही काला भएर पनि उज्याला छन्

    कोही धेरै कमाउने र कहिल्यै नरमाउनेहरू छन्
    कोही सधै सबै गुमाउने र सधैँ रमाउनेहरू छन्

    उही हो सहरका झिलिमिली रहर
    उस्तै छन् गाउँका सुनसान डहर

    अरू बेला ठुला ठुला कुरा भुक्ने र
    परेको बखत् लुक्ने हाम्राहरू उस्तै छन्
    दिन परे ज्यान जाने र
    लिन परे लाज नलाग्ने राम्राहरू पनि उस्तै छन्

    हरेक मानिसको भोक र प्यास उस्तै छ
    सबैमा भविष्यको अत्यास उस्तै छ

    केही घर बिर्सेका र केही थर बिर्सेका
    केही देश बिर्सेका र केही भेष बिर्सेका
    एक हुल चराहरू छन्
    हरेक सास र गासमा
    यो कुहिरेको देशबाट कुहिरे भिर सम्झेर
    खोला, खर्क, बारी र तारी खेत सम्झेर
    टिलपिल टिलपिल हुने एक हुल बिचराहरू छन्
    गरिबले त
    मन खोलेर हाँस्न, कहाँ पो पाउँछ र ?
    थाँतथलो छोडेर हिँडेकालाई
    कसैले सुन्ने गरी काँस्न कहाँ पो ठाउँ छ र ?

    गर्नुसम्म दुःख गरेर यस्सो कोठेबारी र
    यत्रो सानो बालुवाको थुप्रो त हो बनाएको
    संसारै सकारे जस्तो गर्छन्
    चरामुसाको जीवन जिएर
    केकन लखारे जस्तो गर्छन्

    खुबै गरेकाले
    पसिना ढुङ्गा र धातुसित साट्ने त हो
    तोलाएक सुन लगाएको कानले
    सुनजस्तै कुरो सुन्न खोजे कस्तो हुन्थ्यो
    धान्न सकेको फुली भिरेको नाकले
    सुनको गन्ध थाहा पाए कस्तो हुँदो हो
    सुनका दाँतहालेको मुखले
    सुनकै वचन गरे कस्तो हुन्थ्यो
    सुनका दाम्ला बेरिएका कण्ठले
    कर्कश क्यार क्यारलाई बाँधे कस्तो हुँदो हो
    बेरुवाले बेरिएका हात
    सुनौला कामका लागि फुके कस्तो हुँदो हो
    उस्तै हो
    सुनमा पत्थर जसरी जचेको छ
    मान्छेको मन पनि उसैगरी पत्थर भएको छ
    खान र पिउनमा मस्तहरूले कमाएर के गर्ने
    गर्ने खाने मर्ने जाने त रहेछ ?
    लक्ष्यविहीनहरू जहाँ पनि उस्तै रहेछन्

    यहाँ पनि र त्यहाँ पनि
    एउटा कुरो त अझ दुरुस्तै छ
    हुनेहरू ढोकामा पाले राखेर
    आनन्द निदाउन निदको टप्लेट खाएका हुन्छन्न्
    नहुनेहरू जहाँ जसरी पनि आनन्द निदाएका हुन्छन्

    (हाल प्लमस्टिड, लन्डन)

    बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.