शिव पन्थी, प्युठान ।
स्वर्गद्वारी नगरपालिका–४ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ। बुधबार भएको भेलाले राजमोको वडा समिति पुनर्गठन गरेको छ ।
बिरमान विकको अध्यक्षतामा ९ पूर्ण २, वैकल्पिक र २ सल्लाकार गरी १३ सदस्यी वडा समिति चयन भएको हो । समितिको उपाध्यक्षमा चुमानसिंह केसी, सचिव द्रोण रावल र कोषाध्यक्षमा हुमा घर्ती चयन हुनु भएको छ ।
सदस्यहरूमा रामबहादुर रावल, बिष्णु विक, पावर्ती खड्का, टेकबहादुर बिक, मनिका सुनार चयन हुनुभएको छ । वैकल्पिक सदस्यमा दुई स्थान हाललाई रिक्त राखिएको छ । त्यस्तै, विष्णु योगी, बुद्धिराम श्रेष्ठलाई सल्लाकारमा चयन गरिएको छ ।
भेला चुमानसिंह केसीको अध्यक्षतामा र जिल्ला उपाध्यक्ष ईमानसिंह खड्काको प्रमुख आतिथ्यताबाट शुरु भएको थियो । विष्णु विकको सञ्चालनबाट अघि बढेको कार्यक्रमको स्वागत डोरणबहादुर रावलले गर्नुभएको थियो ।
राजमो जिल्ला सदस्य इन्द्रबहादुर खड्का, थम्मनबहादुर बूढा, नगर सदस्य, शिव पन्थीले भेला सफताको शुभकामना दिनुभएको थियो । जिल्ला सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष गिरबहादुर गुरुङले नवनिर्वाचित समितिलाई बधाई दिनु भएको थियो ।