काठमाडौँ । विवेकशील साझा पार्टी पनि सङ्घीयता खारेजीको मुद्दामा सहमत भएको छ ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता खारेजी गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
मिश्रले एक दस्तावेज सार्वजनिक गर्दै स्थानीय निकायको पुनःसंचना गर्दै सुदृढ बनाउनुपर्ने र सङ्घीयता खारेज गर्नुपर्ने माग गर्नुभएको हो ।
उहाँले सङ्घीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गर्नुभएको छ ।
स्मरणीय छ, राष्ट्रिय जनमोर्चाले नेपालका लागि सङ्घीयता अभिशाप हुने भन्दै खारेजीका लागि दबाब दिँदै आएको छ भने संसद सचिवालयमा सङ्घीयता खारेजीको प्रस्ताव दर्ता गरेको छ । राजमोले स्थानीय तहलाई थप सुदृढ र अधिकार सम्पन्न बनाउनुपर्ने माग गर्दै आएको छ ।
मिश्रको सचिवालयबाट पठाइएको १० हजार पाँच सय शब्द लामो दस्तावेज (मार्ग परिवर्तन ः विचारभन्दा माथि देश) को पूर्ण पाठ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको सचिवालयले जनाएको छ ।
यस्तो छ, मिश्रको दस्तावेज