काठमाडौँ । जनता–समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मत तरिकाले पारित गरेको छ ।
Advertisement
जसपाका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर सो विधान पारित गरेको हो ।
बैठकमा दुई दर्जन सांसदको उपस्थिति रहेको भट्टराई–यादव पक्षको दाबी गरेको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा जसपाका २० जना सांसद सत्तापक्षको कुर्सीमा बसेको थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने विपक्षको कुर्सीमा बसेको थियो ।
प्रतिनिधि सभामा जसपाका ३२ सांसद छन् । राष्ट्रिय सभामा तीन सांसद छन्।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउने जसपाका एक सांसदले बताएका छन् ।