काठमाडौँ । नेकपा (एमाले) का सांसद डा. भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
Advertisement
उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।
नेकपा (एमाले) मा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ ।
संसद सचिवालय पुगेर उनले आफ्नो सांसद पदबाट राजीनामा दिएको जानकारी हुन आएको छ ।
नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका डा. रावल एमालेमा पछिल्लो समयमा देखिएको विवाद समाधान गर्न गठित कार्यदलमा माधव नेपाल पक्षबाट सदस्य रहेका छन् ।
रावल कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको बताइएको छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।